बैदेशिक पोष्ट
२०८२ मंसिर १९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

देउवा सरकारको राजदूत फिर्ता बोलाउने निर्णयले भूपू गोर्खाको वार्ता अन्यौल

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ९, २०७८ ०९;५३ बिहान प्रकाशित
देउवा सरकारको राजदूत फिर्ता बोलाउने निर्णयले भूपू गोर्खाको वार्ता अन्यौल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेसँगै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी पनि फिर्ता हुने भएका छन् । लामो समयदेखि चल्दै आएको गोर्खा मुद्दालाई अन्तिम रुप दिन लागिपरेका राजदूत रेग्मीको फिर्ता बोइलाइनुले यहाँस्थित भूतपूर्व गोर्खाहरु अन्यौलमा परेका छन् ।

समान पेन्सनलगायतका माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि एक महिनासम्म आन्दोलन गरेपछि राजदूत रेग्मीको पहलमा नेपाल सरकार र बेलायत सरकारबीच वार्ताको प्रक्रिया अघि बढिसकेको छ । आउँदो डिसेम्बर १४ मा वार्ताको मिति तय भइसकेको अवस्थामा राजदूतलाई फिर्ता बोलाउनुले गोर्खा मुद्दालाई ठूलो क्षती पुग्ने भूपू गोर्खाहरुको ठहर छ ।

बेलायतस्थित तत्कालीन नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको संयोजनमा करिब १४ महिना लगाएर प्राविधिक समितिले तयार पारेको समस्या समाधानार्थ १३ बुँदे प्रतिवेदन गत २२ मार्च २०१८ मा नेपाल र बेलायत सरकारलाई औपचारिकरुपमा हस्तान्तरण गरिए पनि बेलायतले उक्त प्रतिवेदन कार्यान्वयनमा चासो नदेखाएपछि पुनःआमरण अनसन पश्चात हुन लागेको यो वार्ता बिथोलिएमा नेपाल सरकार जवाफदेही हुनुपर्ने भूपू गोखाहरुले बताएका छन् ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले शुक्रबार विज्ञप्ति जारी गर्दै भूपू गोर्खाको मुद्दाको टुंगो नलागुञ्जेल राजदूत रेग्मीलाई फिर्ता नगर्न नेपाल सरकारसमक्ष माग गरेका छन् । राजदूतको पहलमा वार्ता सम्बन्धि कार्य अगाडी बढिसकेको र वार्ता मितिसमेत तय भइसकेकोले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयले अन्यौलको वातावरण सृजना गरेको र वार्ता नै नहुने हो कि भन्ने शंका पैदा गराएको छ । गोर्खाहरुको मुद्दामा बेलायत र नेपालका सरकारहरूबीच ‘निर्णायक’ हुने आशा गरिएको वार्ता शुरु हुनै लाग्दा राजदूत फिर्ता गरिनु ठूलो घात हुने भएकोले राजदूत रेग्मीलाई तत्कालका लागि थमौती गर्न गोर्खाहरुले माग गरेका छन् ।

गेसोद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई दशक भन्दा बढी समयदेखि बेलायतले गोर्खालीमाथि गरेको विभेदलाई सधैको लागि अन्त गर्न अग्रसर राजदूत रेग्मीलाई पुनः बेलायतका लागि राजदूतको लागि निरन्तरता दिन नेपाल सरकारसंग अनुरोध छ । भूपू गोर्खाको मुद्धामा राजदूत रेग्मीले छोटो समयमा निकै ठूलो उपलब्धि हासिल गरेको र वार्ताको एजेन्डामा काम भैरहेको सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । वार्ता सकारात्मक ढंगले अगाडि बढिरहेको बेला आएको यो अप्रत्यासित घट्ना आफूहरुका लागि दुःखदायी भएको उनीहरुको ठहर छ ।

राजदूत रेग्मीले पनि लामो समयदेखि चल्दै आएको गोर्खाको समस्याको स्थायी समाधान हुने धारणा व्यक्त गरेका छन् । ‘नेपाल सरकार, बेलायत सरकार र भेट्रान्सबीचमा पनि धेरै विमति छैन भन्ने लाग्छ मलाई । तसर्थ लामो समयदेखि बल्झिएर रहेको समस्या फेरी नदोहोरिने गरि अन्त हुने सम्भावना देख्छु,’ रेग्मीले भने । आधारभूत रूपमा गोर्खाहरूका चारवटा विषय पेन्सन, क्षतिपूर्ति, कल्याणकारी, स्वास्थ्य लगायतका विषय सबै समेटिने उनको विश्वास छ ।

‘बेलायत सरकार एकदम सकारात्मक छ । यो मुद्दा सफल भए नेपाली दूतावासका लागि पनि गौरवको विषय हुनेछ । आउँदो डिसेम्बर महिनाभित्रै दुई देशबीच शुरु हुने वार्ता फलदायी हुने हामी आशामा छौँ’ राजदूत रेग्मीले भने ।

बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै १७ दिनको रिले अनसनपछि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले १३ दिनसम्म आमरण अनसन बसेका थिए । १३ दिनको अनसनपछि बेलायत सरकारका ‘भेट्रान मिनिस्टर’ लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनसनस्थल पुगेर सत्याग्रहीहरुलाई जुस पिलाएर अनसन तोडाएपछि वार्ताद्वारा समस्या समाधान गर्ने सहमति भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!