मध्यभोटेकोसी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।
अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात ९० करोड रुपैयाँको आइपिओ खुल्नेछ। त्यसमध्ये मध्यभोटेकोसी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ।
त्यस्तै म्यूचुअल फण्डहरुका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। यसैबीच कम्पनीले आयोजना प्रभावित र जिल्लाबासीका लागि यसअघि खुलाइएको आइपिओ आज बाँडफाँड गरिएको छ।
मध्यभोटेकोसी गाउँपालिका वडा नं. १ र ५, बाह्रबीसे नगरपालिका वडा नम्वर ५, ६, ७ र ८ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि १८ लाख कित्ता सेयर बाँडफाँड भएको छ। ५० देखि ४ सय कित्तासम्मका लागि आवेदन दिने प्रभावितमध्ये १२ हजार ९८ जनाले ५० देखि १८० कित्तासम्म पाएका छन्।
त्यस्तै १९० देखि ४ सयसम्म आवेदन दिएका तीमध्येकै २ हजार ३१३ जनाले ३१३ जनाले थप १० कित्ताका दरले अर्थात १९० कित्ताका दरले पाएका छन्।
र प्रभावितबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि ४२ लाख कित्ता सेयर बाँडफाँड भएको छ।
१० देखि ४ सय कित्तासम्म आवेदन दिने ९४ हजार ८६५ जनाले १० देखि ४० कित्तासम्म पाएका छन्। त्यसपछि ५० देखि ४ सयसम्म आवेदन दिनेमध्येबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले अर्थात ५० कित्ताका दरले सेयर पाएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-