बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बढ्न थाले पर्यटक, उक्सेला पर्यटन क्षेत्र?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, बिजनेश
अशोज १२, २०७८ १५;१६ मध्यान्ह प्रकाशित
बढ्न थाले पर्यटक, उक्सेला पर्यटन क्षेत्र?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य सारेको थियो। तर कोभिड महामारीका कारण उक्त योजना स्थगित गर्नुपर्‍यो। त्यस वर्ष दुई लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भ्रमणमा आएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ।

सन् २०१९ को तुलनामा ८० प्रतिशतले नेपाल घुम्न आउने पर्यटक संख्यामा गिरावट आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ। पछिल्लो समय जनजीवन सामान्य बन्दै गए पनि पर्यटन क्षेत्रले गति भने लिन सकेको छैन।

सन् २०२१ अगस्टसम्म (आठ महिनामा) ६६ हजार नौ सय ६६ पर्यटक नेपाल भित्रिएको तथ्यांक छ। सामान्य अवस्थामा मासिक एक लाख बढी पर्यटक नेपाल आउँथे।

तथ्यांक हेर्दा पछिल्लो अगस्ट महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा भने सामान्य सुधार आएको देखिन्छ। अगस्टको तुलनामा मे, जुन र जुलाइमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या निकै घटेको थियो।

विभागका अनुसार मे महिनामा नेपाल आउने पर्यटक संख्या एक हजार चार सय ६८ थियो। जुनमा एक हजार एक सय ४३ पर्यटक आएका थिए। त्यसैगरी जुलाइमा दुई हजार नौ सय ९१ पर्यटक आए। अगस्टमा सो संख्या बढेर पाँच हजार नौ सय १७ पुगेको हो।

लकडाउन सुरू भई अन्तर्राष्ट्रिय उडानहरू बन्द हुँदा पर्यटक आगमन रोकिएको थियो। यसले गर्दा पनि पर्यटकको संख्यामा गिरावट आएको थियो। पर्यटक आगमन कम हुँदा होटल, ट्रेकिङ, होमस्टे, लगायत पर्यटन व्यवसाय चलानयमान हुन सकेका थिएनन्। विस्तारै अन्तर्राष्ट्रिय उडान खुल्न थालेसँगै पर्यटक संख्या बढेको देखिएको छ।

कोरोनाका कारण डेढ वर्षदेखि थला परेको पर्यटन क्षेत्रले अब विस्तारै लय समात्नेमा सरोकारवालाहरू आशावादी देखिन थालेका छन्। सरकारले कोभिडविरूद्धको खोप लगाएर आउनेलाई सहज रूपमा घुमफिरका लागि खुला गरेसँगै पर्यटन क्षेत्रले लय समात्नेमा व्यवसायीहरू आशावादी भएका हुन्।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल पर्यटकीय गतिविधिलाई सहजै अगाडि बढाउन सरकार, निजी क्षेत्र तथा सबै सरोकारवाला निकायले हातमालो गर्नु आवश्यक रहेको औंल्याउँछन्। पर्यटन व्यवसायलाई उद्योगका रूपमा विकास गर्न सके छिट्टै फड्को मार्ने उनले बताए।

‘अब हामी बाह्य पर्यटकमा मात्रै निर्भर हुने होइन, आन्तरिक पर्यटन प्रवर्द्धनमा हेलचेक्र्याइँ गर्ने हो भने देशको समग्र अर्थतन्त्र तहसनहस हुन्छ,’ उनले भने।

राष्ट्र बैंकले समेत कोभिडका कारण पर्यटक आगमन ठप्प हुँदाको असर मुलुकले प्राप्त आयमा परेको औंल्याएको छ। राष्ट्र बैंकका अनुसार सेवा क्षेत्रबाट मुलुकले प्राप्त गर्ने आय आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा ७२ अर्ब ८५ करोडले घाटा भएको छ।

आर्थिक वर्ष २०७६/७६ भ्रमण आय ६० अर्ब ८९ करोड रहेकोमा ०७७/७८ मा ७ अर्ब २७ करोड रूपैयाँ देखिएको छ। यो आवमा भ्रमण आयमा ५३ अर्ब ६२ करोड (८८.१ प्रतिशत) गिरावट आएको तथ्यांकले देखाउँछ।

महामारीका कारण हवाइ क्षेत्रमा मात्र ३७ अर्ब रूपैयाँ बराबरको आम्दानी गुमेको देखिएको छ। यसबाहेक ट्राभल, टूर, होटेल, पर्वतारोहण लगायत पर्यटकीय गतिविधिमा निकै ठूलो असर छ।

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा प्रतिमहिना दस अर्ब रूपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरेको छ। बोर्डका सिइओ डा. धनन्जय रेग्मीले पर्यटक आगमनका लागि सरकारले बाटो खुला गरेकाले अब व्यवसायीले पनि सकारात्मक सन्देश प्रवाहमा ध्यान दिनुपर्ने बताए।

‘अहिले नेपाल एक आकर्षक पर्यटकीय गन्तव्य हो भनेर चिनाउने मौका हो। हामीले जतिसक्दो सकारात्मक सन्देश प्रवाह गर्न सक्यो, पर्यटन क्षेत्र उति नै चलायमान हुन्छ। यो क्षेत्र उक्सन समय लाग्दैन,’ उनले भने।

सरकारले आन्तरिक पर्यटन चलायमान राख्न भनेर गत वर्ष कर्मचारी पर्यटन बिदा कार्यक्रम सुरू गरेको थियो। तर यो कार्यान्वयन नहुँदै सेलाउनु दुःखद भएको सरोकारवालाले औंल्याएका छन्। यो कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र पर्यटकीय गतिविधि चलायमान हुने भए पनि सरकारले ध्यान नपुर्‍याउँदा त्यसै सेलाएको बोर्डको भनाइ छ।

प्रतिस्थापन विधेयकमा भने यो कार्यक्रम राखिएको पनि छैन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त कार्यक्रम लागू गर्न कार्यविधि समेत तयार गरिसकेको छ। तर बजेट नभएका कारण उक्त कार्यक्रम कार्यान्वयन हुन नसकेको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए।

‘हामीले यो विषयमा छलफल गर्न पाएका छैनौं। भर्खरै बजेट पारित भएको छ। अब हामी यो विषयमाथि छलफल गर्छौं,’ उनले भने। नेपालमा मात्रै नभएर विश्वका हरेक क्षेत्र कोभिडको चपेटामा रहेकाले संयमित भएर अगाडि बढ्नुपर्ने सचिव कोइरालाले औंल्याए।

‘महामारीको त्रासद अवस्थाबाट हाल केही सामान्य अवस्थामा आइपुगेका छौं। अझै पनि सामान्य भइसकेको छैन। विश्वका धेरै मुलुकले पर्यटकका लागि खुला गरेका छैनन्,’ उनले भने, ‘हामीले सुरक्षाका मापदण्ड अपनाउँदै पर्यटकीय गतिविधि अगाडि बढाउने निर्णय गरिसकेका छौं। अब विस्तारै पर्यटन क्षेत्र लयमा फर्कने हाम्रो विश्वास छ।’

पूर्वाधार निर्माण लगायत पर्यटन प्रवर्द्धनका लागि आवश्यक काममा व्यवसायीसँग सरकार हातेमालो गर्न तयार रहेको उनी बताउँछन्। अब सहर केन्द्रित मात्रै नभएर हुम्ला, जुम्ला, कर्णाली लगायत विकट स्थानमा पर्यटकीय गतिविधि अगाडि बढाउनुपर्नेमा उनको जोड छ।

सरकारले पर्यटकका लागि अनअराइभल भिसा खुला गरिसकेको छ। पर्यटन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरेसँगै पर्यटक प्रवर्द्धन सहज पुग्ने सरकारको विश्वास छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!