बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन पहल गरिरहेका छौं– सचिव गौतम

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १२, २०७८ २०;३० मध्यान्ह प्रकाशित
कोरोना संक्रमणबाट ओमानमा ५ नेपालीको मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपालीहरूको श्रम गन्तव्य मुलुक ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सम्झौताका लागि मस्यौदा तयार गरी ओमान सरकार समक्ष पेश गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए।

‘आवश्यक कुराहरू समेटिएर आएपछि त्यो मस्यौदा क्याबिनेटमा पठाउँछौं। स्वीकृत भएपछि हामी छिट्टै ओमानसँग दुई पक्षीय सम्झौता गर्छौं,’ सचिव गौतमले भने।

नेपाली श्रमिकको हकअधिकार तथा सुरक्षाका विषयलाई समेटेर सम्झौता गरिने उनको भनाइ छ। ओमानसँग लामो समयदेखि श्रम सम्झौता गरिने कुरा उठे पनि प्रक्रिया भने अघि बढ्न सकेको थिएन।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित तुल्याउन अन्य गन्तव्य मुलुकसँगको श्रम सम्झौतालाई समेत प्राथमिकतामा राखिएको उनले बताए। सरकारले वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त संस्थामार्फत् ११० र व्यक्तिगत श्रम स्वीकृतिमार्फत् १७२ मुलुक खुला गरेको छ। तर हालसम्म विभिन्न ९ वटा मुलुकसँग मात्रै श्रम सम्झौता तथा समझदारी भएको छ।

कतार, संयुक्त अरब इमिरेट्स (युएई), गणतन्त्र कोरिया (दक्षिण कोरिया), बहराइन, जापान, इजरायल, जोर्डन, मलेसिया र मोरिसस गरी नौ मुलुकसँग श्रम सम्झौता/समझदारी भइसकेको हो।

नेपालले सन् २००५ मा कतारसँग पहिलोपटक श्रम सम्झौता गरेको थियो। त्यसपछि जापानसँग सन् २००९ मा जिट्को मोडलमा कामदार पठाउन सम्झौता गरेको थियो। सन् २०१९ मा जापानसँग पुनः विशिष्ट दक्षता भएका श्रमिक लैजान सहकार्यको समझदारी (एमओसी) भएको छ।

तर सम्झौता कार्यान्वयन भने हुन सकेको छैन। सम्झौताअनुसार कामदार पठाउने निर्देशिकाकै विषयमा टुंगो लाग्न सकेको छैन। त्यसमाथि छलफल भइरहेको र छिट्टै टुंगो लाग्ने सचिव गौतमले जानकारी दिए।

त्यस्तै बहराइनसँग सन् २००८ मा, जोर्डनसँग सन् २०१७ मा, मलेसियासँग सन् २०१८ मा र अफ्रिकी मुलुक मोरिसससँग सन् २०१९ मा सम्झौता भएको हो।

इजरायलसँग नेपाली कामदार पठाउने गरी सन् २०१५ मा संयुक्त कार्यक्रम भएकोमा २०७७ असोज १४ (३० सेप्टेम्बर २०२०) मा कृषि लगायत विभिन्न क्षेत्रमा नेपाली कामदार लैजाने गरी श्रम सम्झौता भएको छ। सम्झौपछि पहिलो चरणमा केयरगिभरमा कामदार लैजाने प्रक्रिया अगाडि बढिसकेको छ। इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। यसका लागि एक हजार छ सय श्रमिकको रोस्टर बनाएर पठाइसकेको सचिव गौतमले बताए।

संयुक्त अरब इमिरेट्ससँग सन् २००७ मा समझदारी गरिएकामा सन् २०१९ मा नवीकरण गरिएको छ। दक्षिण कोरियासँग सन् २००७ मा भएको श्रम समझदारी नवीकरणका लागि पहल भइरहेको सचिव गौतमले बताए।

‘श्रमिकको हकहितका विषय समेटिने गरी दक्षिण कोरियासँगको सम्झौता हामी छिट्टै नवीकरण गर्छौं,’ उनले भने। कोरियासँग भएको समझदारी प्रत्येक दुई/दुई वर्षमा नवीकरण गरिने व्यवस्था छ।

सरकारले आप्रवासनबाट हुने पारस्परिक लाभ अभिवृद्धि गर्न तथा यसको उचित व्यवस्थापनका लागि गन्तव्य मुलुकसँगको द्विपक्षीय श्रम सम्झौतालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। तर श्रमिकका थुप्रै आकर्षक गन्तव्य मुलुकसँग सम्झौता/समझदारी हुन सकेको छैन। भएका पनि उचित कार्यान्वयन हुँदैनन्। कतिपय गन्तव्य मुलुकमा शून्य लागतमा कामदार जान पाउने सम्झौता भए पनि लाखौं रकम बुझाएर श्रमिक जान बाध्य छन्।

नेपालबाट वैदेशिक रोजगारमा जानेको संख्या निकै ठूलो छ। वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा आर्थिक वर्ष २०५०/०५१ देखि हालसम्म करिब ६० लाख युवा श्रम स्वीकृति लिएर विदेशिएका देखिन्छ। सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारको यकिन तथ्यांक भने राख्न सकेको छैन।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!