बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारी: भदौमा धनुषाबाट तीन हजार विदेशतिर

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १३, २०७८ ०८;२७ बिहान प्रकाशित
खोप खोज्दा खोज्दै भिसा नै सकिने डर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– भदौ महिनामा नेपालको सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार २ सय ७१ जना र सबैभन्दा कम मनाङबाट जम्मा २ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको दोस्रो महिनामा भदौमा नेपालबाट विदेश गएका ३६ हजार ४० जनामध्ये धनुषाका ३ हजार २ सय ७१ जना र मनाङबाट २ जना मात्रै विदेशिएका हुन् ।

विदेशिने युवाको आँकडाको पहिलो नम्बरमा धनुषा रहँदा दोस्रो नम्बरमा सिराह रहेको छ । सिराहबाट भदौ महिनामा २ हजार २ सय ८२ जना विदेशिएका छन् । जसमध्ये १ हजार ६ सय ६५ जना नयाँ र अन्य पुनः श्रमस्वीकृति लिएर जाने रहेको विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी विदेशिएको धनुषाबाट नयाँ २ हजार ५ सय १७ जना रहेका छन् । भदौ महिनामा धेरै विदेशी जानेको तेस्रो नम्बरमा महोत्तरी रहेको छ । यहाँबाट पनि एक महिनाको अवधिमा २ हजारभन्दा बढी विदेशिएका छन् । एक महिनाको अवधिमा १ हजार ५ सय ८४ जना नयाँसहित २ हजार १ सय १६ जना महोत्तरीबाट विदेश गएका हुन् ।

त्यस्तै सर्लाहीबाट पनि भदौ महिनामा १ हजार ३ सय ३४ जना विदेश गएको तथ्यांकले देखाएको छ । जसमा १ हजार ५० जना नयाँ श्रम स्वीकृति लिएर र बाँकी पुनः श्रम स्वीकृति लिएर जाने रहेको देखिएको छ । त्यस्तै झापाबाट पनि यो एक महिनाको अवधिमा १ हजार ३ सय २२ जना विदेश गाएका छन् । त्यसमध्ये नयाँ ७ सय ५१ जना रहेको देखिएको छ । यता सुनसरीबाट पनि एक महिनाको अवधिमा एक हजारभन्दा बढी युवा विदेशिएका छन् । यहाँबाट एक महिनाको अवधिमा १ हजार २ सय ७३ जना विदेश गएको विभागको तथ्यांकले देखाएको छ । विदेश गएकामध्ये आधाभन्दा बढी नयाँ रहेका छन् । सुनसरीबाट विदेश जानका लागि नयाँ ७ सय ६४ जनाले श्रम स्वीकृति लिएको देखिएको छ ।

त्यस्तै एक महिनाको अवधिमा नयाँ र पुराना गरी मोरङबाट १ हजार २ सय ३४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा नयाँ ७ सय ५३ र बाँकी पुनः श्रम स्वीकृति लिने रहेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । भदौ महिनामा सप्तरीबाट पनि एक हजारभन्दा बढी व्यक्ति विदेश जानका लागि श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ । सप्तरीबाट १ जहार २ सय २५ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । जसमा ८ सय ७९ जना नयाँ रहेका छन् ।

यसैगरी, भदौ महिनामा मनाङबाट सबैभन्दा कम २ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा एक जना पुनः र एक जना नयाँ श्रम स्वीकृति लिने रहेको देखिएको छ । त्यस्तै मुगु र डोल्पाबाट ५–५ जना विदेशिएका छन् । यता हुम्लाबाट ६ जना, मुस्ताङबाट १० जना र बझाँङबाट १३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै बाजुरा र कालीकोटबाट १५–१५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । भदौ महिनामा नेपालबाट ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । जसमा नयाँ २४ हजार ६ सय ९२ र पुनः श्रम स्वीकृति लिने ११ हजार ३ सय ४८ जना रहेको तथ्यांकले देखाएको छ ।

आधा श्रमिक अदक्ष
भदौ महिनामा विदेश गएका नेपालीमध्ये आधाभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । विभागको तथ्यांकअनुसार भदौ महिनामा विदेश गएकामध्ये ५४.६८ प्रतिशत अदक्ष श्रमिक रहका छन् । ३६ हजार ४० जना मध्ये १९ हजार ७ सय ९ जना अदक्ष श्रमिक रहेको देखिएको छ । गत आर्थिक वर्ष ०७७÷७८ मा विदेश गएकामध्ये ४८.२२ प्रतिशत अदक्ष श्रमिक रहेका थिए । भदौ महिनामा केही न केही न केही सीप भएर विदेश जानेको संख्या १३ हजार ६ सय २५ जना रहेको छ । जुन ३७.८० प्रतिशत हुन आउँछ । यो प्रतिशत गत आर्थिक वर्षमा ४२.२४ प्रतिशत रहेको थियो । त्यस्तै अर्धसीप भएर विदेशिनेको संख्या २ हजार ७ सय ७१ जना रहेको छ । जुन ७.४१ प्रतिशत हो । यस्तो संख्या गत आर्थिक वर्षमा ९.३४ प्रतिशत रहेको थियो ।

त्यस्तै नेपालबाट भदौ महिनामा विदेश गएकामध्ये व्यवसायिक श्रमिकको संख्या ०.०७ प्रतिशत मात्रै रहेको छ । यस्तो सीप भएका जम्मा २७ जना नेपाली विदेश गएका छन् । यो संख्या गत आर्थिक वर्षमा ०.१४ प्रतिशत रहेको थियो । नेपालबाट विदेश जानेमध्ये उच्च सीप भएका श्रमिकको संख्या न्यून रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । भदौ महिनामा ०.०२ प्रतिशत अर्थात ८ जना उच्च दक्षता भएका नेपाली विदेशमा रोजगारीका लागि गएका छन् । यस्तो संख्या गत आर्थिक वर्षमा ०.०३६ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!