बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापान रोजगारीमा बेवास्ता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १३, २०७८ ११;२६ बिहान प्रकाशित
जापानमा कामदार पठाउनेमा भियतनाम अग्रस्थानमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : सर्वाधिक चर्चाको विषय बनेको जापान रोजगारी अझै अन्योल छ। श्रम समझदारी भएको तीन वर्ष भइसक्दा पनि अझै कार्यान्वयन हुन नसकेको हो।

जीटूजी (सरकार टुु सरकार) लैजाने समझदारी बने पनि तीन वर्षसम्म श्रमिक जापान जान पाएका छैनन्। आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी सरकारको बेवास्ताकै कारण अझै अनिश्चित बनेको छ। जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अवलम्बन गरेको थियो तर २०२१ सकिनै लाग्दासम्म पनि एकजना नेपाली कामदार जान पाएका छैनन्।

सरकारले कुन मोडेलबाट कामदार पठाउने भन्ने विषयमा स्पष्ट हुन सकेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले श्रमिक जापान पठाउनेसम्बन्धी निर्देशिका स्वीकृति हुन बाँकी रहेको बताए।

मन्त्रालयले निर्देशिका बनाएर अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयबाट राय लिएको थियो। मन्त्रिपरिषद्को समितिमा लामो समय अड्किएर पुनः मन्त्रालयमा फर्र्किएको छ।

सचिव गौतमका अनुसार सरकार परिवर्तनको बेला परेकाले समितिबाट मन्त्रालयमै फर्र्किएको बताए। ‘अब छिट्टै मन्त्रिपरिषद्बाट स्वीकृति हुनेछ’ उनले भने। जापान रोजगारीका लागि भाषा परीक्षा र सीप परीक्षण जापानले गर्नेछ। जापान फाउन्डेसनलगायतले रोजगारीसम्बन्धी सम्पूर्ण प्रक्रिया सञ्चालन गर्दै आएका छन्।

सरकारले निर्देशिका बनाउन ढिलाइ गरेकाले श्रमिक जापान जान नपाइएको बताइएको छ। कार्यविधि बन्नासाथ श्रमिक कामदार जान पाउनेछन्। जापान फाउन्डेसनले धेरै चरणमा भाषा परीक्षा सञ्चालन गरिसकेको छ। उत्तीर्ण भएका कोही पनि जापान जान नपाएका हुन्। जापानले परीक्षणको रूपमा फिलिपिन्स र भियतनामबाट कामदार भित्र्याइसकेको छ।

नेपाल र जापानबीच २०७५ चैत ११ गते श्रमिक आपूर्तिसम्बन्धी समझदारी भएको थियो। तर समझदारीपश्चात् दुई देश सम्मिलित उच्च प्राविधिक टोलीबीच बैठकसमेत बस्न सकेको छैन। जापान रोजगारीका लागि जापानका धेरै निजी कम्पनीले सहजीकरण गर्न चासो व्यक्त गरेका थिए। भाषा परीक्षा र सीप परीक्षणसँगै उनीहरूले रोजगारदाता र कामदारको म्याचिङ गराउन चाहे पनि जापान नै अन्योल हुँदा प्रक्रिया अघि बढ्न नसकेको बताइन्छ।

जापानले १४ क्षेत्रमा रोजगारी खुला गरेको छ। कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको हो। खाद्य र पेयपदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा काम गर्न जापानले खुला गरेको छ।

नेपालका लागि नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा अन्य क्षेत्रको तुलनामा बढी अवसर पाइने सम्भावना भए पनि जापान रोजगारी सुचारु गर्न पहल भएको छैन। जापानमा श्रम गर्न चाहने नेपालीले जापानी भाषा र सीप परीक्षा अनिवार्य पास गर्नुपर्छ। भाषा र सीप सिकेर जापान जाने नेपाली श्रमिकले त्यहाँ काम गर्दा जापानी नागरिकसरह सेवासुविधा पाउँछन्। जापानमा मासिक दुई लाखभन्दा बढी पारिश्रमिक पाइन्छ। जापानले सन् २०१९ मै पाँच वर्षभित्र नेपालसहित नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान घोषणा गरेको थियो। पछिल्लो समयमा कोभिडका कारण पनि प्रभावित भएको जानकारहरू बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!