बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सहुलियत कर्जामा आकर्षण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
अशोज १३, २०७८ ११;३३ बिहान प्रकाशित
सहुलियत कर्जामा आकर्षण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट पाइने सहुलियत कर्जामा आकर्षण बढेको छ। ब्याज अनुदानमा दिइने सहुलियतपूर्ण कर्जा उपयोग गर्ने ऋणी लाख नाघेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार १ लाख ११ हजार ४ सय ७१ जनाले सहुलियत कर्जा लिएका छन्। ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी महिला उद्यमीले प्राप्त गरेका छन्।

१० शीर्षकमा यस्तो कर्जा दिँदै आएकोमा बैंक तथा वित्तीय संस्थाबाट २०७८/०७९ को पहिलो महिनामा मात्रै महिला उद्यमशीलता कर्जा लिने महिलाको संख्या ४ हजार ७ सय ७१ थपिएको छ। उक्त संख्यामा सहुलियत कर्जा लिने महिला थपिँदा साउनसम्म ६० हजार ३ सय २२ जना पुगेका छन्। उनीहरूले ५५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ सहुलियत ऋण लगेका छन्।

महिला उद्यमशीलता शीर्षकमा बिनाधितो ६ प्रतिशत ब्याज अनुदानमा प्रतिव्यक्ति १५ लाखसम्म ऋण पाइन्छ। बिनाधितो लिन पाउने सुविधा भए पनि बैंकहरूले धितोबिना ऋण दिन आनाकानी गर्ने गरेको महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष रीता सिंह बताउँछिन्।

आमा नेपाल (ढाका तथा अल्लो) सञ्चालक सिंह भन्छिन्, ‘अझै वास्तविक महिला उद्यमी सहुलियतपूर्ण कर्जा सुविधाबाट बञ्चित छन्।’

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बिना धितोमा जोखिम बढी हुने भएकाले बैंकले धितोमा कर्जा रुचाएको तर्क गर्छन्। कतिपय लघुउद्यमीको वित्तीय विवरण निश्चित ढाँचामा नहुने र पारदर्शी नभएका कारण साना लगानीकर्ता महिलालाई कर्जा दिन नसकिएको बैंकरहरू बताउँछन्।

ऋणी संख्याको आधारमा दोस्रो स्थानमा रहे पनि व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसाय शीर्षकमा कर्जा उपयोग गर्ने ऋणीको संख्या बढी छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनसम्म ४८ हजार ४ सय ९८ जनाले १ खर्ब १२ अर्ब ७४ करोड ६६ लाख सहुलियत ऋण पाएका छन्। कृषिमा बिना धितोमा भन्दा बढी धितो कर्जामा लगानी भएको छ। यो शीर्षकको कर्जा ५ प्रतिशत ब्याज अनुदानमा ५ करोडसम्म पाउन सकिन्छ। यसभन्दा बढीको कर्जा २ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ।

सहुलियतअन्तर्गत सबैभन्दा कम सीटीभीटीबाट अनुमति लिएका संस्थाबाट तालिम लिनेहरू छन्। दुई जनाले यसको ३ लाख ७० हजार मात्रै ऋण लिएका छन्। बैंकरहरू भने सो शीर्षकमा माग कम भएको बताउँछन्। युवा स्वरोजगार कर्जा ९ जनाले मात्र उपयोग गरेका छन्। उनीहरूको ३१ लाख ऋण लिएका छन्।

‘शिक्षित युवा स्वरोजगार कर्जा’ शीर्षकमा हालसम्म १ सय ४५ जनाले ६ करोड ३४ लाख रुपैयाँ ऋण लिएका छन्। यसमा प्रमाणपत्र धितो राखेर विद्यार्थीले कर्जा लिन पाउने व्यवस्था छ। यस्तो ऋणमा उत्कृष्ट प्रोजेक्ट योजना र विश्वास नभएसम्म पत्याउन गाह्रो हुने बैंकरहरूको तर्क छ। शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीले कर्जा दिँदा जोखिम हुन सक्ने उनीहरू बताउँछन्।

‘विदेशबाट फर्केका युवा परियोजना कर्जा’ शीर्षकमा हालसम्म ८ सय ५९ जनाले कर्जा लिएका छन्। उनीहरूले ६० करोड ७७ लाख ऋण उपयोग गरेका छन्। शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म लिन पाइने व्यवस्था छ।

दलित समुदाय व्यवसाय विकास कर्जा १ हजार १५ जनाले ६० करोड ६७ लाख रुपैयाँ लगेका छन्। त्यस्तै १ सय २२ जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लाभ लिएका छन्। उनीहरूले २ करोड ८९ लाख रुपैयाँ कर्जा लगेका हुन्। २ सय ३३ जनाले भूकम्प पीडितले निजी आवास निर्माण गर्न ५ करोड ४२ लाख रुपैयाँ कर्जा लिएका छन्।

२ सय ६६ जना कपडा उद्योगीले २ अर्ब २७ करोड २८ लाख सहुलियत कर्जा लिएका छन्। सहुलियतपूर्ण कर्जाको ब्याजदर बैंकले आधार दर (बेस रेट) मा २ प्रतिशत थपेर मात्र ब्याज निर्धारण गर्नुपर्छ। यसरी जोडेर आएको ब्याजमा अनुदानको घटाउँदा बाँकी ब्याजदरमात्रै ऋणीले बुझाउनु पर्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!