बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली कमजोर:अधिकांशको गन्तव्य भारत

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १३, २०७८ ११;३९ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा रहेका ७० प्रतिशत श्रमिक भन्छन्– फेरि त्यही मेनपावरबाट विदेश जान्नँ !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सुर्खेत, असोज १३ गते । वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली प्रदेश ज्यादै कमजोर र प्रदेश १ र २ सशक्त देखिएका छन् । प्रदेशगत आधारमा वैदेशिक रोजगारीबारे गरिएको एक अध्ययनअनुसार नेपालको कुल वैदेशिक रोजगारीमा सुदूपश्चिमको प्रतिशत २.६ प्रतिशत र कर्णालीको ३.२ प्रतिशत रहेको छ । प्रदेश १ र प्रदेश २ बाट भने क्रमशः २४.४ प्रतिशत र २४.२ प्रतिशत रहेको छ ।

सेन्टर फर माइग्रेस एन्ड इन्टरनेसनल रिलेसन्सले गरेको अध्ययनअनुसार तेस्रो मुलुकमा वैदेशिक रोजगारीका लागि गएकामा बागमती, गण्डकी र लुम्बिनीका क्रमशः १५ प्रतिशत, १३ प्रतिशत र १६ प्रतिशत रहेका छन् । सुर्खेतमा एक कार्यक्रम गरी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्णालीबाट धेरैजसो भारतमा रोजगारका लागि जाने गरेको देखाएको छ । भारतमा मात्रै करिब ७० प्रतिशत रोजगारीमा रहेको पाइएको छ ।

अध्ययनमा संलग्न विभूति किरण घिमिरेले कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या न्यून रहेको पाइएको बताउनुभयो । भारतसँग खुला सिमाना, भिसाको आवश्यकता नपर्ने, आउन जान सहज हुने कारणले कर्णालीका ७० प्रतिशत र सुदूरपश्चिमका ९० प्रतिशत भारत जाने गरेको उहाँको भनाइ छ ।
कर्णालीमा ठूला उद्योग कलकारखाना नभएकाले भारततिर रोजगारी खोज्न जाने गरेको पाइएको उहाँले बताउनुभयो । उहाँले श्रम स्वीकृति लिएर जानेहरू ३.२ प्रतिशत रहे पनि लुकीछिपी जाने पनि हुनसक्ने उल्लेख गर्नुभयो । भारतमा जानेहरू पनि धेरैजसो उत्तराखण्ड, काश्मीर, जम्बुलगायतका ठाउँमा जाने गरेका छन् । श्रम स्वीकृति लिनेमा धेरैजसो सुर्खेत र सल्यानका रहेका छन् ।

कर्णाली प्रदेशका हुम्ला, डोल्पाका बासिन्दा रोजगारीका लागि उत्तरी चीनतर्फ, जुम्ला, मुगु, कालीकोटका बासिन्दा खुद्रा तथा सडक व्यापार गर्न भारततर्फ, सुर्खेत, दैलेख, जाजरकोट र रुकुम पश्चिमका बासिन्दा शुद्ध भारततर्फ र सल्यानका केही भारत र युरोपतर्फ जाने गरेको पाइएको छ । कर्णालीबाट रोजगारीका लागि जानेमध्ये करिब ६० प्रतिशत अदक्ष कामदारका रूपमा जाने गरेको अध्ययनमा जनाइएको छ ।

तेस्रो मुलुकमा गएका पनि धेरैजसो खाडी मुलुकमा जाने गरेका छन् । अध्ययनकर्ता घिमिरेले नेपालको वैदेशिक रोजगारसम्बन्धी नीतिगत खाकाले भारततर्फ हुने श्रम आप्रवासनलाई नियमन नगर्ने हुँदा भारतमा रोजगारी सहज भए पनि जोखिमपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार कर्णालीबाट युरोप, अमेरिका जानेको सङ्ख्या नगण्य रहेको छ । भारत गएकाहरूलाई पनि कोभिडले गर्दा नराम्ररी प्रभावित बनाएको पाइएको उहाँले जनाउनुभयो ।

श्रम तथा रोजगार कार्यालय सुर्खेतका सूचना अधिकारी निर्मला रेग्मीले कर्णालीबाट धेरैजसो युवा मजदुरीका लागि भारत नै बढी जाने गरेको बताउनुभयो । उहाँले दुबई, कतार, साउदी, बहराइन र मालदिभ्सजस्ता देशमा यहाँबाट बढी जाने गरेको पाइएको उल्लेख गर्नुभयो । सुर्खेतस्थित कार्यालयले पुनः श्रम स्वीकृति मात्रै दिने हुँदा निकै कम मात्रमा पुनः स्वीकृतिका लागि आउने गरेको उहाँको भनाइ छ ।

कार्यालयमा सुर्खेत, दैलेख र सल्यानका बढी आउने गरेको, जुम्ला, कालीकोटबाट कम र जाजरकोट, रुकुम क्षेत्रबाट आउँदै नआउने गरेको जानकारी उहाँले दिनुभयो । भारततर्फ जोखिमयुक्त रोजगारी गर्न जानेलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले विभिन्न रोजगारीका कार्यक्रम ल्याएर स्वदेशमै राख्न सकिने उहाँको भनाइ छ ।

पार्टनरसीप इम्पावरमेन्ट सेन्टर नेपालका अध्यक्ष वसन्त विश्वकर्माले कर्णालीबाट धेरैजसो युवा कामको खोजीमा भारत जान लागेपछि प्रदेश सरकारलाई रोजगारमूलक कार्यक्रम ल्याउन ज्ञापनपत्र बुझाएको बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारमा जानेमा धेरैजसो दलित समुदायका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!