नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि थप ३० अर्ब रुपैयाँ बजार पठाउँदैछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को समस्या विकराल बनेसँगै बैंक एक हप्ताका लागि थप ३० अर्ब रुपैयाँ रिपोको रुपमा वितरण गर्न लागेको हो ।
बैंकद्वारा जारी सूचनाअनुसार बुधबार दिउँसो ३ बजे देखि एक हप्ताका लागि ३० अर्ब रुपैयाँ अर्थात् तीन हजार करोड रुपैयाँ जारी गर्न लागेको हो । इच्छुक ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले ३ ः १५ बजेसम्म रिपोका लागि आवेदन दिन सक्नेछन् । आवेदन सुविधा बैंकको वेभसाइटमा उपलब्ध छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलनको दर ह्वातै घटेसँगै बजारमा तरलताको अभाव देखिएको छ । तर निक्षेप संकलनको दर बढाउनकै लागि बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक ब्याजदर अफर (प्रस्ताव) गरेपनि अपेक्षित निक्षेप आउन सकेको छैन । गत असोज १ गतेदेखि बैंकहरुले निक्षेपको ब्याजदर अधिकतम १० प्रतिशतसम्म अफर गरेका छन् ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-