बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अफगानिस्तानका नेपाली : उद्धारको मिति सर्दै, तनाब थपिँदै

काबुलमा रहेका नेपाली भन्छन्– ‘डेढ महिना भइसक्यो, उद्धारको पर्खाइमा छौं

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १३, २०७८ १३;३२ मध्यान्ह प्रकाशित
सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नयाँ दिल्ली — अफगानिस्तानमा अलपत्र ३४ नेपालीको उद्धारका लागि तीन सातादेखिको प्रयास अझै सफल हुन सकेको छैन । दिल्लीस्थित नेपाली दूतावासले विभिन्न माध्यमबाट उद्धार प्रयास भइरहेको जनाए पनि परिणाम देखिएको छैन ।

अफगानिस्तानको काबुल ।
दूतावासले असोज २ गते नै उनीहरू काठमाडौंमा पुग्ने जनाएको थियो । त्यसपछि पनि मिति तोक्ने काम मात्र भइरहेको छ । कान्तिपुरको सम्पर्कमा आएका दुई नेपालीले गत सोमबार आफूहरू उद्धारको प्रतीक्षामा दिन बिताइरहेको बताए । ‘एक महिना भयो, ३४ जना एकै ठाउँबसेका छौं । आईडीजीले आश्रय दिएको छ,’ एक जनाले भने, ‘दिनदिनै आज/भोलि उद्धार हुनेछ भनेर खबर आउँछ । तर मिति सर्दै गएकाले तनाव बढेको छ । परिवारका मानिस पनि तनाबमा छन् ।’

अफगानिस्तानमा यूएन एजेन्सीलाई सुरक्षाकर्मी परिचालन गर्ने आईडीजी बेलायतको एक निजी कम्पनी हो । त्यसले नेपालबाट सयौं मानिसलाई अफगानिस्तानको यूएन एजेन्सीमा सुरक्षाकर्मीका रूपमा परिचालित गरेको छ । तर, अलपत्र भनिएका ३४ जना भने दलालमार्फत भिजिट भिसामा काबुल पुगेका हुन् । विद्रोही तालिवानले काबुलसहित अफगानिस्तानलाई नियन्त्रणमा लिएदेखि त्यहाँ तनाब बढेको छ ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जामा लिएको थियो । त्यसको केही समयदेखि ती नेपालीहरू विभिन्न स्थानमा लुकेर बसेका थिए । अवैध तरिकाले त्यहाँ पुगेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासको पहलमा आईडीजीले संरक्षण दिएको हो ।

दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख रामप्रसाद सुवेदीले नेपालीहरूलाई आईडीजीले राम्रो सहयोग गरिरहेको बताए । यूएन एजेन्सीमा कार्यरत ८३ जना नेपाली बिदामा आउने र उनीहरूका लागि आईडीजीले विमान चार्टर्ड गर्ने भएकाले ती ३४ जनालाई पनि त्यसैमा ल्याइदिन आग्रह गरिएको उनको भनाइ छ । ‘तर, विमान चार्टर्डमै कहिले समस्या हुने, कहिले उडानको अनुमति त कहिले आकाशको प्रयोगका लागि अनमुति वा ल्यान्डिङ अनुमतिमै विभिन्न समस्या आइरहेकाले उनीहरू फर्किने तिथि निश्चित हुन सकिरहेको छैन,’ उनले भने ।

दूतावासका अनुसार पहिलोचोटि दुबई हुँदै काठमाडौं ल्याउने तयारी गरिएकोमा दुबईले सबैलाई क्वारेन्टाइनमा बस्नुपर्ने बताएपछि रोकिएको थियो । त्यसपछि अफगानिस्तानकै काम एयरलाई दिल्ली हुँदै काठमाडौं ल्याउने प्रक्रिया आईडीजीले बढाएको थियो । तर, अफगानिस्तानको एयरलाइन्सलाई अझै दिल्लीमा अवतरणको अनुमति दिइएको छैन । ‘आईडीजीले अन्य विकल्पमा पनि छलफल गरिरहेको छ तर अझै विमान चार्टर्ड र उडानको रुट निश्चित नभएकाले समस्या भएको हो,’ सुवेदीले भने । ३४ मध्ये तीन जनाको मात्रै भिसा अवधि बाँकी रहेको उनले जानकारी दिए ।

दूतावासले भिसा अवधि सकिएकाहरूका सम्बन्धमा तालिवान एजेन्सीसँग आईडीजीमार्फत नै कुरा गर्ने प्रयत्न गरिरहे पनि सफल हुन सकेको छैन । तालिवान सरकारसँग दिल्लीस्थित अफगानी दूतावासको पनि सम्पर्क राम्रो नरहेकाले समन्वयमा समस्या आइरहेको दूतावासका अधिकारीहरू बताउँछन् ।

काबुलस्थित यूएन एजेन्सीमा कार्यरत नेपाली सुरक्षाकर्मीमध्ये ८३ जना बिदा स्वीकृत गराएर नेपाल आउने तयारीमा छन् । त्यसबाहेक १७ जना भारतीयसमेतलाई काबुलबाट बिदामा पठाउन आईडीजीले विमान चार्टर गर्न खोजेको छ । तिनमा ३४ जना नेपाली थपिएपछि विमानमा १ सय ३४ जना आउने भएका छन् । यूएनमा कार्यरत सुरक्षाकर्मीलाई बिदामा घर पुर्‍याउने तथा बिदा सकिएपछि काममा लगाउने जिम्मेवारी आईडीजीकै हो ।

अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि त्यहाँबाट ९ सय ४० जना नेपालीको विभिन्न माध्यमबाट उद्धार गरी नेपाल ल्याइएको दूतावासले जनाएको छ । काबुलमा रहेका अमेरिका, बेलायत, क्यानाडा, जापान, जर्मनी र अस्ट्रेलियाका दूतावासमा कार्यरत नेपालीको उद्धार सम्बन्धित देशले नै गरिदिएका थिए । अफगानिस्तानमा रहेको यूएन मिसन र युनिसेफमा कार्यरत ४ सय ६७ मध्ये ४३ जना अहिले बिदामा नेपाल आएका छन् ।

यूएन मिसनबाट पहिले नै बिदामा आएका ४३ जनालाई आईडीजीले अफगानिस्तान फर्काउन खोजेको छ । तर नेपाल सरकारले अफगानिस्तानको अहिलेको परिस्थिति हेरेर उनीहरूलाई फर्किने अनुमति दिएको छैन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!