इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्दै हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन बनायो । जवाफमा चेन्नईले सो लक्ष्य १९.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।
चेन्नईका लागि ओपनरद्वय रुतुराज गाइकवाड र फाफ डु प्लेसिसले उत्कृष्ट सुरुवात गरे । गाइकवाडले ४५ तथा डु प्लेसिसले ४१ रनको योगदान दिए । अम्बाती रायडू र महेन्द्रसिंह धोनीले नटआउट रहँदै क्रमशः १७ र १४ रन बनाउँदै टोलीलाई जीतसम्म पुर्याए । धोनीले २० औँ ओभरको चौथो बलमा ९६ मिटर लामो छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए । हैदराबादका लागि जेसन होल्डरले ३ विकेट लिए ।
पहिले ब्याटिङ गरेको हैदराबादका लागि ऋद्धिमान साहाले सर्वाधिक ४४ रन बनाए । अभिषेक शर्मा र अब्दुल सामादले समान १८–१८ रनको योगदान दिए । प्लेयर अफ द म्याच चुनिएका जोस हेजलवुडले चेन्नईका लागि ३ विकेट लिए ।
जीतपछि चेन्नईको ११ खेलबाट १८ अङ्क पुगेको छ । लिग राउन्डपछि टोली शीर्ष २ मा रहने सम्भावना बलियो बनेको छ । उता ११ खेलमा नवौँ हार बेहोर्दै हैदराबाद अङ्क तालिकामा पुछारमा रहेको छ । उसको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।
नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश
नेपाल पुलिस क्लब छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ]त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस सेमिफाइलनमा प्रवेश गरेको हो ।
राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जीत निकाल्यो । यस जीतसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यसअघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–२०,२५–१० र २५–१७ मा पराजित ग-यो ।
नेपाल भलिबल सङ्घले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । जसमा च्याम्पियनसिपबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच टोली आगामी चैतमा आयोजना हुने क्लब लिगका लागि छनोट हुनेछन् ।
जारी प्रतियोगिताको महिला तथा पुरुष विजेताले रु चार लाख प्राप्त गर्दा उपविजेताले रु दुई लाख पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-