बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसिया त खुल्यो तर सहज छैन मलेसियामा रोजगारी, नेपालीलाई यस्ता छन् मलेसिया रोजगारको समस्याहरू

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १५, २०७८ ०९;३२ बिहान प्रकाशित
मलेसियाबाट कोरोना अवधीभर ५९ हजार ६३२ जना नेपाली श्रमिक स्वदेश फर्किए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तीन वर्षअघि उत्पन्न सिण्डिकेट विवादका कारण रोकिएको मलेसियाको रोजगारी खुलेको छ । २०७५ सालमा सिण्डिकेट विवादपछि म्यानपावर कम्पनीहरूले नेपाली कामदार मलेसिया पठाउन सकेका छैनन् ।

मलेसियाले ३२ हजार विदेशी कामदार लिने निर्णय गरेसँगै नेपालमाथि लगाएको प्रतिबन्धसमेत फुकुवा गरेको छ । नेपालबाट सुरक्षा गार्ड, उद्योग, कम्पनी र अन्य क्षेत्रमा मलेसिया सरकारले कामदार लिने घोषणा गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

श्रमिकको अभाव भएपछि मलेसियाले केही संख्यामा विदेशी श्रमिक लिन लिएको नीतिभित्र नेपालसमेत परेको मलेसियास्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रणका लागि निश्चित मापदण्ड अध्यागमन कार्यालयको माइट्राभल पासरमाई इन्ट्री, मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने, कोभिडको परीक्षण गरिएको नेगेटिभ रिपोर्ट उड्नुभन्दा ४८ घण्टा अगाडि पेस गर्नुपर्ने मापदण्ड राखेको छ ।

यसैगरी, मलेसिया पुगेपछि तोकिए अनुसार क्वारेन्टाइन बस्नुपर्नेछ । भिसा लगायतका विषयमा कुनै कुरा बुझ्नु परेमा वेभसाइटमा सूचना हेर्न सकिने दूतावासले जनाएको छ ।

प्रक्रिया पुरानै
मलेसियामा सिण्डिकेटका कारण बन्द हुनुअघिकै प्रक्रियाबाट कामदार पठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियाको रोजगार खुल्यो भन्ने सुनिए पनि मलेसियाका तर्फबाट आधिकारिक जानकारी भने नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

मलेसिया सरकारसँग भएको श्रम सम्झौता अनुसार तत्काल पुरानै प्रक्रियाबाट कामदार पठाउनुपर्ने अवस्था रहेको सचिव गौतमले बताए । ‘मलेसिया सरकारसँग भएको श्रम सम्झौता र तत्काल २०७५ सालअघिकै प्रक्रियाबाट कामदार पठाउने हो । लामो समयपछि रोजगारी खुलेको छ ।

जसका कारण पहिला कामदार पठाउन सुरु गर्नुपर्छ’, उनले भने, ‘मलेसियामा विगतमा देखिएका समस्या श्रम सम्झौताअनुसार समाधान गर्न विषयमा छलफल हुन्छ । कामदारको सेवाशुल्क रोजगारदाता कम्पनीले बेहोर्ने श्रम सम्झौता उल्लेख छ ।’

मलेसिया र नेपालबीच १२ कात्तिक २०७५ मा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । नेपाल र मलेसियाबीच भएको त्यो सम्झौता १७ वर्षको थियो । नेपालका तर्फबाट तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

श्रम सम्झौतामा मलेसिया जाने कामदारको करार अवधि भने तीन वर्षबाट दुई वर्ष कायम गरिएको छ । भिसा शुल्क, हवाई टिकट, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच, लेबीलगायत खर्च सम्बन्धित रोजगारदाताले नै बेहोर्ने गरी समझदारी भएको थियो ।

५ लाख रोजगारी गुम्यो
२०७५ सालमा बायोमेट्रिक, भीएलएन, जीएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षण र अन्य प्रक्रियाका नाममा ठगी गरेको भन्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बन्द गरिदिएका थिए ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण र अन्य प्रक्रियाको काम गर्दै आएका ३७ वटा सिण्डिकेटवाला संस्थामा प्रहरीले छापा मारेर केही सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

सरकारले सिण्डिकेट विवादपछि गरेको श्रम सम्झौताअनुसार मलेसिया कामदार पठाउन पहल नगर्दा ५ लाखभन्दा बढी डिमाण्ड गुमाउनुपरेको मलेसिया कामदार पठाउँदै आएका रोजगारी व्यवसायीहरूले जानकारी दिएका छन् ।

तीन वर्षयता मलेसिया कामदार पठाउने प्रक्रिया ठप्पजस्तै छ । ठूलो संख्यामा मलेसियाली रोजगारदाता कम्पनीले नेपाली कामदार चाहियो भनेर गरेको माग समेत गुमाउनुपरेको नेपाल वैदेशिक रोजगार महासंघका पूर्वउपाध्यक्ष रामप्रसाद भन्ताना बताउँछन् ।

सिण्डिकेट विवादपछि मलेसिया कामदार पठाउन नपाउँदा करिब ५ लाखभन्दा धेरै माग गुमाउनुपरेको पूर्वउपाध्यक्ष भन्तानाले बताए । मलेसियामा ४ सयभन्दा बढी म्यानपावर कम्पनीले कामदार पठाउँदै आएका थिए । अहिले मलेसियामा ५ लाखभन्दा धेरै कामदार रोजगारीमा कार्यरत रहेको मलेसियास्थित नेपाली दूतावासको अनुमान छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!