काठमाण्डौको गौशालामा नेपाल लाईफ रिक्रुमेण्ट एजेन्सी प्रा.लि. का सञ्चालक शंकर लामाले जिल्ला काभ्रे बेथानचोक गा.पा. ६ बस्ने आशिष थापालाई वैदेशिक रोजगारको लागि पोर्चुलग पठाई एग्रिकल्चरमा काम लगाई दिन्छु भनि विश्वास दिलाई आशिष थापाको सक्कल राहदानी, नागरिकता, फोटो, ब्यालेन्स सर्टिफिकेट, बैंक स्टेटमेण्ट समेत लिई वैदेशिक रोजगारको लागि पोर्चुगल नपठाई शंकर लामाले आशिष थापाको नागरिकता लगायतका सक्कल कागजातहरु पेश गरी मोबाईल बैंकिङको PIN Code नियन्त्रण गरी आशिष थापाको NIC Asia बैंकमा रहेको खाताबाट रु. ४,००,०८०।- प्रदिप श्रेष्ठको नामको ग्लोबल बैंक र सिद्धार्थ बैंकको खातामा ट्रान्सफर गरी लिई ठगी गरेको सम्वन्धमा पिडित आशिष थापाको यस महाशाखामा जाहेरी दरखास्त पर्न आएकोमा यस महाशाखाबाट खटिएको टोलीले मिति २०७८।०६।१४ गते दिउँसो जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्चरबाट तपसिलमा उल्लेखित ठेगाना भएका शंकर लामालाई पक्राउ गरी निजलाई ठगी सम्वन्धि कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
पक्राउ परेका व्यक्तिको विवरण
१. नामथरः शंकर लामा
ठेगानाः- जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ८ बगा
हाल भक्तपुर सल्लाघारी
उमेर :- ३३ बर्ष
मितिः २०७८।०६।१५ गते ।
प्रतिक्रिया लेख्नुहोस्:-