बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सम्पत्ति हडप्न विवाह गर्दै पतिहरुलाई विष खुवाइ मार्ने ७५ वर्षीया महिला पक्राउ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
अशोज १६, २०७८ ०९;१४ बिहान प्रकाशित
सम्पत्ति हडप्न विवाह गर्दै पतिहरुलाई विष खुवाइ मार्ने ७५ वर्षीया महिला पक्राउ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सीएनएन । ७५ को उमेरमा इसाओ काकेहीको स्वास्थ्य अवस्था राम्रो थियो । अचानक उनी प्रेममा पनि परे । २०१३ मा उनले ६७ वर्षीया विधवा चिसाको काकेहीसँग उत्साहजनक सम्बन्ध सुरु गरे । जापानी मेलमिलाप एजेन्सी मार्फत उनीहरुको भेट भएको थियो र दुई महिनामै उनीहरु विहे गरि सँगै बस्न थाले ।

सुरुवातमा इसाओको जीवनमा हर्षोउल्लास छायो । नयाँ वर्ष मनाउन भनेर उनीहरु परम्परागत खानेकुरा बनाइरहेका थिए । तर नयाँ वर्ष नहुँदै उनको निधन भयो । यसरी डिसेम्बर २८ मा उनी ‘ब्ल्याक विडो किलर’ का नामले चिनिने चिसाको काहेकीका चौथा र अन्तिम शिकार बने ।

हाल ७४ वर्ष पुगेकी चिसाको यतिबेला आफ्ना तीन पतिहरुको हत्या र एकलाई हत्याको प्रयासको अभियोगमा जेलमा छिन् । उनले ६१ वर्षको उमेरमा २००७ देखि आफ्ना पार्टनरलाई मार्न सुरु गरेकी हुन् तर प्रमाण नजुटेका कारण छुटिरहेकी थिइन् । इसाओको मृत्युपछि मात्र पुलिसलाई शंका लागेर अनुसन्धान गर्दा उनी दोषी पाइएकी थिइन् ।

जापानको सार्वजनिक प्रशारक एनएचकेले भनेको छ, “उनले ‘म्याचमेकिङ एजेन्सी’ प्रयोग गरि बूढा मानिसहरुलाई शिकार बनाउँथिन् । पहिले सबैको विश्वास जित्दै एकपछि अर्को गरेर सबैलाई विष खुवाएर हत्या गरिन् । योजनाबद्ध र हत्या नै गर्ने बलियो उद्देश्यको यो अपराध वास्तवमै भयानक छ । ”

यो घटनाले जापानमा बुढेस्कालमा एक्लो जीवन बिताइरहेकाहरु प्रेम जालमा फस्ने प्रति अधिक संवेदनशील रहेकामा सबैको ध्यानाकर्षण गराएको छ । त्यस्तै कतिले चाहिँ मायाको नाममा बूढी भइसकेकी महिलाले किन पुरुषहरू मार्दै हिँडेको होला भनेर बहस पनि गरेका छन् ।

चिसाकोको व्यक्तिगत जीवन सम्बन्धी एकदम कमै जानकारी सार्वजानिक गरिएको छ । जापानमै जन्मिएकी उनका पहिलो पतिको विवाहको २५ वर्षपछि १९९४ मा रोग लागेर मृत्यु भयो । यसपछि २००७ मा आएर उनी ७८ वर्षीय तोसिआकी सुएहिरोसँग सम्बन्धमा बाँधिसकेकी हुन् । सुएहिरो उनका पहिलो शिकार थिए । उनले खाना अघि नियमित औषधि सेवन गर्ने गर्दथे र त्यही मौका पारेर चिसाकोले सजिलैगरि त्यसलाई विषाक्त रसायन ‘साएनाइड’ सँग साटिदिएकी हुन् ।

त्यो विष सेवन गरेको १५ मिनेटमै उनी सडकमा अचेत अवस्थामा ढले । एम्बुलेन्स आइपुग्दा उनको सास रोकिनै लागिसकेको थियो । तर समयमै अस्पताल पुर्याएपछि उनी बाँचे । यसरी विष सेवनबाट बाँच्न सफल उनी चिसाकोका एक मात्र पति हुन् ।

तापनि यस घटनाले उनको आँखाको ज्योति सधैँका लागि गुम्यो र एक वर्षपछि उनको मृत्यु भयो । यसको केही समयमै चिसाको अर्को शिकारको खोजी गरिरहेकी थिइन् ।

मासानोरी होन्डा ७१ को उमेरका भएपनि हट्टाकट्टा थिए । २०११ मा उनको डाइबिटिज मध्यम स्तरमा पुगेको थियो । उनी विभिन्न खेलकुदका क्लबहरुमा सहभागी भइरहन्थे । उनी पनि चिसाकोसँग सम्बन्ध गाँस्न चाहन्थे । यसरी एक दिन चिसाकोसँग खाना खाइसकेपछि मोटरसाइकलमा हिँडेका होन्डा सवारी चलाउँदा चलाउँदै अचेत हुन पुगे र दुई घण्टापछि अस्पतालले उनलाई मृत घोषित गर्यो ।

पछि प्रमाण हेर्दा मात्र थाहा भयो कि चिसाकोले होन्डाको मृत्यु भन्दा दुई महिना अगाडिदेखि नै डेटिङ एजेन्सी मार्फत अन्य पुरुषहरूसँग गोप्य भेट गरिरहेकी रहिछन् ।

त्यस्तै उनका अर्का शिकार बने मिनोरु हिओकी जो फोक्सोको क्यान्सरपछि एक्लोपनाबाट गुज्रिरहेका थिए । २०१३ को जुलाइमा उनी रेडिएसन थेरापीबाट पूर्ण रुपमा ठीक भए । स्वस्थ भइसकेपछि ७५ वर्षीय उनी प्रेम सम्बन्ध राख्न खोजिरहेका थिए ।

त्यही क्रममा २०१३ अगस्ट सम्म उनी चिसाकोप्रति मोहित भइसकेका थिए । चिसाकोलाई इमेल पठाउँदै उनीसँग सम्पूर्ण जीवन बिताउन चाहेको बताइरहेका थिए । उनीहरु एकअर्काको घरमा रात बिताउँथे भने सधैँ सँगै खाना खाएको देखिन्थ्ये । तर सेप्टेम्बर २० मा डिनरका लागि जाँदा दोस्रो श्रीमान जसरी नै उनको औषधिमा पनि चिसाकोले साएनाइड पिल मिसाइन् । त्यत्तिकैमा हिओकी अचानक बेहोस् भए र एम्बुलेन्स आउँदासम्म उनी सास फेर्न नसक्ने भएका थिए ।

छोराछोरी भएपनि एम्बुलेन्सका कर्मचारीलाई चिसाकोले कोही परिवार छैन र फोक्सोको क्यान्सरबाट अझै ठीक भएका छैनन् भनेर ढाँटिन् । त्यसो भन्दै उनले डाक्टरहरुलाई थप उपचारको प्रक्रिया अपनाउनै दिइनन् जसकारण दुई घण्टामै उनको मृत्यु भयो ।

यसरी समयसँगै चिसाको झन झन साहसी बन्दै गइन् । हिओकीको मृत्यु भएको २ महिनामै उनले आफ्नो अन्तिम निशाना, इसाओसँग विवाह गरिन् । र विवाहको एक महिना नहुँदै अर्को पुरुषसँग पनि गोप्य रुपमा सम्बन्ध राख्न थालेको प्रमाणमा देखिएको छ ।

इसाओसँग विवाह भएको केही हप्ता मात्र भएको थियो, पत्नीसँग आनन्दले डिनर खाइरहेका उनलाई अचानक ह्दयघात भयो । एम्बुलेन्स पनि चिसाकोले नै बोलाइन् तर एक घण्टामै तिनको पनि मृत्यु भयो । उनको मृत्युपछि नै पुलिसलाई कसरी चिसाकोका सबै प्रेमीको दुर्भाग्यपूर्ण मृत्यु भइरहेको छ भनेर शंका भयो । र अनुसन्धान गर्दै जाँदा उनका सबै षड्यन्त्रहरुको खुलासा भयो ।

जापानमा पोसमार्टम एकदम दुलर्भ अवस्थामा मात्र गरिन्छ । त्यसकारण पनि उनका पूर्वप्रेमीहरुको मृत्युबारे कसैलाई थाहा भएको थिएन । तर इसाओको मृत्यु धेरै नै शंकास्पद मानिएपछि पोस्टमार्टका लागि वारेन्टी प्राप्त भयो । यसको नतिजामा उनको मुटु, रगत अनि पेटमा अधिकतम मात्रामा विषाक्त साएनाइड फेला पर्यो ।

यसपछि अगस्ट २०१४ मा अनुसन्धानकर्ताहरुले इशओको अपार्टमेन्टमो फालेको एउटा प्लास्टिक ब्यागमा साएनाइड फेला पारे । त्यो प्लास्टिकको रङ हेर्दा महिनौँदेखि गाढिएको जस्तो देखियो । प्रिन्टिङ फ्याक्ट्रीमा काम गर्ने हुँदा चिसाकोले त्यहीँबाट साएनाइड ल्याउने गर्थिन् । यसको दुई महिनापछि चिसाकोलाई पक्राउ गरियो ।

तर उनलाई होन्डा, हिओकी र सुएहिरोलाई साएनाइडको क्यापसुल दिएर मारेको स्वीकार गर्न महिनौँ लाग्यो । यी चारको हत्या बाहेक चिसाकोले अन्य पुरुषहरुलाई पनि मारेको पुलिसलाई शंका छ । तर अपर्याप्त प्रमाणका कारण पुष्टि गर्न सकिएको छैन ।

ती चार पुरुषहरु फरक फरक शहरमा बस्थ्ये र उनीहरुको जागिर पनि फरक थियो । उनीहरु सबैमा एउटै मात्र समान कुरा भनेको अधिकतम मात्रामा सम्पति र सबै बूढा भइसकेका अनि एक्लै बस्दै आएका थिए । यसले नै उनीहरुलाई चिसाकोको उपयुक्त निशाना बनाइदियो ।

उनले पहिलो हत्या चाहिँ ऋण तिर्नबाट जोगिनका लागि गरेको अदालतको भनाइ छ । किनकी सुएहिरोलाई उनले ४ करोड ८० लाख येन दिनु थियो । त्यसैले ऋण नतिर्न उनले हत्या गरेको बताइएको छ ।

त्यस्तै उनले होन्डाको मृत्युपछि पनि १ लाख ४५ हजार डलर भन्दा धेरै प्राप्त गरेकी थिइन् । अन्य पुरुषहरुबाट कति रकम लिइन् भन्ने चाहिँ स्पष्ट खुलाइएको छैन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!