जापानको आप्रवासन एजेन्सीले देशमा रहेका नेपाली सहित बिदेशी नागरिकहरुमा कोरोना भाइरस बिरुद्धको खोपलाई थप गति दिन सहयोग गर्ने भएको छ । विशेषज्ञहरुका अनुसार जापानमा रहेका बिदेशीहरुमाझ खोप कार्यक्रम ढिलो गतिमा अघि बढिरहेको छ । किनभने भाषाको अवरोध र खोपका लागि नगरपालिकाहरुले उपलब्ध गराएको कागजात नपाउँदा तथा पाएपनि खोप लगाउने समय सुनिश्चित गराउन असमर्थ रहँदा चाहेर पनि धेरै बिदेशीहरु खोप लगाउनबाट बञ्चित भइरहेका छन् ।
टोकियो स्थित विदेशी नागरिक सहायता केन्द्रले अक्टोबर दोस्रो साताबाट टोकियो, ओसाका तथा नागोयामा खोप लगाउनको लागि सहयोग गर्नेछ । यो केन्द्रले नेपाली सहित १८ भाषामा खोप लगाउने प्रक्रियामा सहायता प्रदान गर्नेछ ।
आप्रवासन सेवा एजेन्सीले स्थानीय नगरपालिकाहरुलाई यस्ता बिदेशीहरुको बारेमा सूचित गर्नेछ जसको नाममा खोप लगाउने पत्र जारी भएको छैन तर उनिहरुलाई खोप कार्यक्रममा सहभागी गराउन सकियोस् ।
प्रतिक्रिया लेख्नुहोस्:-