विदेशबाट नेपाल फर्कदा LCD वा LED टिभी लिएर आउदै हुनुहुन्छ भने टिभी लिएर आउदा कति कर तिर्नु पर्छ यो लिस्ट हेर्नुस तपाइका लागि निकै उपयोगी हुनेछ।
हुनत टिभी नेपालमा पनि पाइञ्छ, एलसीडी एलइडी हरेक किसम, ब्रान्ड र साइजको टेलीभिजन हाम्रै सहरको पसलमा पाइञ्छ तर विदेश बात टीभी लिएर आउदा केहि सस्तो पनि र बिदेशमा काम गर्दा किनेको भनेर आत्मियता हुने सम्झना हुने हुनाले अधिकासं नेपाली हरुले विदेशबाट आउदा टिभी लिएर आउने गरेका छन्। बिशेष गरि खाडी देशमा काम गरेर आउने धेरै जस्तो नेपाली दाजुभाइहरुले टिभी ल्याउने गरेका छन्। सरकारले पनि १ बर्ष बढी बिदेशमा काम गरेर फर्कने नेपालीलाई यस्तो सुबिधा मा कर फ्री गरेको छ।
विदेश बाट आउदा अधिकांसले टिभी लिएर आउने गरेका छन् तर भन्सार सुल्कको बारेमा भने थाहा नहुनसक्छ। सरकारले विदेशबाट फर्कने नेपालीका लागि टिभीको साइज अनुसार लाग्ने दस्तुर फरक फरक तोकेको छ।
तपाइँ १ वर्ष भन्दा बढी समय बिदेशमा काम गरि फर्कनु भएको छ भने तपाइले ३२ इञ्च सम्मको टिभी एकपटक बिना भन्सार ल्याउन सक्नुहुन्छ। १ बर्ष भन्दा कम समय काम गरेर फर्कनेले भने ३२ इन्चकै टिभी ल्याउदा पनि सरकारले तोके अनुसार भन्सार तिर्नु पर्ने हुन्छ। ३२ इञ्च देखि ६५ इञ्च सम्मको टिभीको लागि लाग्ने दस्तुर भन्सारको वेब्साइटमा उल्लेख गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-