बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘अन अराइभल’ भिसाले बढे पर्यटक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
अशोज १७, २०७८ २०;५७ मध्यान्ह प्रकाशित
‘अन अराइभल’ भिसाले बढे पर्यटक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डाै – नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो ।

विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अन अराइभल भिसा’ को व्यवस्था गरेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको सेप्टेम्बर महिनामा विदेशी पर्यटक आगमन झन्डै दोब्बरले बढेको छ । सेप्टेम्बर महिनामा झन्डै १० हजार पर्यटक आएका छन् भने अघिल्लो अगस्ट महिना पाँच हजार हाराहारी पर्यटक आएका थिए । बोर्डको विवरणमा सेप्टेम्बर महिनामा नौ हजार नाै सय ७४ विदेशी पर्यटक नेपाल आएका छन् । त्याे महिना नेपालबाट ६ हजार नाै सय ४२ विदेशी बाहिरिएका छन् । यो सङ्ख्या हवाई मार्ग भएर नेपाल भित्रिएका पर्यटकको मात्रै हो । अघिल्लो महिना पाँच हजार नाै सय १९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

सरकारले विदेशी पर्यटकका लागि गरेको नयाँ व्यवस्थाले यस क्षेत्रमा प्रभाव परेको र विदेशी पर्यटक आगमनमा झिनो रूपमा भए पनि सुधार आएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशी पर्यटकका लागि अन अराइभल भिसाको व्यवस्थाले यसको आकर्षण सकारात्मक छ, पर्यटकको आगमन बढेको देखिन्छ, यसरी हेर्दा आउँदा याममा विदेशी पर्यटक बढ्ने देखिन्छ ।’

सन् २०२१ को नौ महिनामा ७६ हजार नाै सय १३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या यस वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्मको हो ।

कोभिड महामारीले विदेशी पर्यटक आगमनमा ह्रास आयो । सन् २०२० को सेप्टेम्बरमा जम्मा पाँच सय ४८ पर्यटक नेपाल आएका थिए । कोभिड १९ सङ्क्रमण सुरु हुनुअघि सन् २०१९ को सेप्टेम्बर महिनामा मात्रै ९२ हजार ६ सय चार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड महामारीको सबैभन्दा धेरै असर देशकाे पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकिरहेको अवस्थामा पछिल्लो सरकारी व्यवस्थाले पर्यटक आगमनमा सकारात्मक सुधार आएको बोर्डको बुझाइ छ । महामारीकै बीच झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आएका थिए ।

अघिल्लो महिनाको तुलनामा विदेशी पर्यटकको सङ्ख्या दोब्बर बढ्नुले नेपालको पर्यटनमा सुखद भएको विश्लेषण गरिएको छ ।

यही असाेज ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी पर्यटकका लागि अन अराइभल भिसाको व्यवस्था गर्नाका साथै खोपको मात्रा पूरा गर्ने पर्यटकलाई होटल क्वरेण्टीनकाे व्यवस्था हटाएको थियो ।

बोर्डका निर्देशक लामिछानेले अन अराइभल भिसाको प्रभावले अघिल्ला महिनाको तुलनामा पर्यटक बढेको बताउनुभयो । यो व्यवस्थालाई सरकारका निकायबीच प्रभावकारी समन्वय गरेको खण्डमा आउँदा याम पर्यटनका लागि सुखद हुने उहाँको भनाइ छ । नेपालले यो सन्देशलाई अन्तर्राष्ट्रिय स्रोत बजारमा व्यापक रूपमा फैलाएको खण्डमा पर्यटक आगमन बढ्ने व्यवसायीको भनाइ छ ।

नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईँ पनि विदेशी पर्यटकको आगमन सहज तुल्याउनका लागि सरकारले गरेको पछिल्लो व्यवस्थाले सकारात्मक प्रभाव परेको बताउनुहुन्छ ।

अन्तरसरकारी निकायबीचको समन्वयलाई प्रभावकारी बनाएर गन्तव्य प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणमा जुटेको खण्डमा नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने उहाँको भनाइ छ । ‘खोप लगाएर आएका पर्यटकको सहज आगमनका लागि गरिएको व्यवस्था स्वागतयोग्य छ, पर्यटकका लागि हिजो भइरहेको क्वरेण्टीनकाे व्यवस्थालाई निरन्तरता दिइनुपर्‍याे, यसले नेपालको सकारात्मक सन्देश जान्छ’, उहाँले भन्नुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटक आगमन पर्यटकका लागि सरकारले गरेको नयाँ व्यवस्थाले विश्व बजारमा सकारात्मक सन्देश गएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

बोर्डका अनुसार सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!