बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लण्डनबाट देश र जनताको पक्षमा काम गर्न काँग्रेसलाई आर.के.त्रिपाठीले लेखे यस्तो पत्र

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १७, २०७८ २१;१० मध्यान्ह प्रकाशित
लण्डनबाट देश र जनताको पक्षमा काम गर्न काँग्रेसलाई आर.के.त्रिपाठीले लेखे यस्तो पत्र
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लण्डन । वि.सं. २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीले देखाएको आशा अनुरुप स्थायी सरकारको लागि भन्दै जनताहरुले करिब दुई तिहाइ मत दिए, काँग्रेसलाई प्रतिपक्षमै रहन जनादेश दिए । तर नेकपाले नेपालमा स्थायी सरकार दिन सकेन, अन्तिममा देश काँग्रेसको नेतृत्वमा पुगेको छ ।

यस अवस्थामा लण्डन अन्डरग्राउन्डका सिनियर इन्जिनीयर, जनसम्पर्क समिति यूकेका पूर्व महामन्त्री, एनआरएनए यूकेका पूर्व महासचिव, तथा सामाजिक अभियन्ता, लेखक एवं बुद्धिजिवी समेत रहेका लेखक आ.के.त्रिपाठीले समसामयिक विषयवस्तुमा लण्डनबाट नेपाली काँग्रेसलाई एक पत्र लेखेका छन् । पढौं उनले लेखेको पत्र ।

‘नेपाल राष्ट्र र जनतालाई सर्वोपरि ठानी नेताहरूले काम गरून ‘

लोकतन्त्रको मूल्य, मान्यता विधिको शासनविपरित देश दुनियाँ मारेर, बाह्यशक्तिसँग अस्वाभाविक सम्बन्ध राखेर आफ्नो राष्ट्र र जनताप्रति गम्भीर प्रकृतिका धोखाधडी गर्ने हाम्रो राजनीतिक नेतृत्वको असफलताका कारण देशको अस्तित्व नै धरापमा पर्ने हो कि भन्ने डर हामी सबै देश विदेशमा भएका राष्ट्र भक्ति नेपालीहरूलाई लाग्ने स्वभाविककै हो ।

आजको अवस्थाबाट राष्ट्रको रक्षा गर्न र वास्तविक जनपक्षीय, नीति र विधिमा आधारित न्यायपूर्ण प्रजातान्त्रिक राज्य व्यवस्था स्थापना गर्ने हो भने इमान्दार नेताकार्यकर्ता आआफ्नो पार्टीमा विद्रोह गर्न सक्नु पर्छ ।

यो राष्ट्रलाई विवेकशील कम भ्रष्ट मानिसहरूको देश बनाउने हो भने आफ्ना नेताहरूले गरेका राजनीतिक, सामाजिक र आर्थिक अपराधको लेखाजोखासहित कारबाहीको प्रक्रिया अगाडि बढाउनु आवश्यक पर्छ।

अक्षम राजनीतिक नेतृत्वका पछि लागेर आफ्नो राष्ट्रिय दायित्व पूरा गर्न सकिँदैन भन्ने जानेर पनि लोकतन्त्रभित्र आफूलाई जिवित राख्न नसक्नेहरूले राष्ट्र र समाजलाई अग्रगामी बाटोमा लैजान सक्छन् भनेर पत्याउने कुनै राजनैतिक र सैद्धान्तिक आधार छैन ।

अलोकतान्त्रिक दलीय राजनीतिका कारण सिंगो नेपाल, एकताबद्ध नेपाल, सबै जातजाति, भाषाभाषिका नेपाली जनता अटाउने नेपाल यति बेला जोखिम अवस्थामा छ ।

आफूलाई म नै जान्ने, म नै ठूलो,भन्ने अहंकारी नेताहरू,केही व्यक्तिहरू यो कुरा मान्न तयार छैनन् । सबै क्षेत्रमा लथालिंग अवस्था दलगत स्वार्थी राजनीतिक नेृतृत्वले गर्दा भएको हो भन्न सकिएन भने देशप्रतिको गद्धारी हुनेछ भन्ने कुरा जान्न नसक्नेहरू लाजै नमानिकन मेरो इतिहाँस ठूलो, तलाई केहि थाहा छैन भन्दै समाजमा छाँटिएर हिँड्दै छन ।

हाम्रो राजनीतिक नेतृत्वले परचक्रिहरूका सामु लम्पसार भएर दिएको गम्भीर प्रकृतिको राष्ट्रिय धोखाधडीलाई नेपाली जनताले धैर्यतापूर्वक हेरिरहेका छन् ।

राष्ट्रको अस्तित्व समाप्त हुँदा आफू सम्मानित जीवन बाँचिरहन्छौँ भन्ने कसैले ठानेको छ भने त्यो मूखर्ता शिवाय अरु केही पनि हुनेछैन ।लोकतन्त्रमा देश बलियो हुनुपर्छ ।मुठ्ठीभर मानिस धनी बन्नुलाई मात्र लोकतन्त्र हो भनेर मान्न सकिँदैन । आफ्नो देशप्रति इमान्दार बन्न नसक्ने लम्पटहरूले नयाँ नेपाल बनाउने गफ गर्न अब किमार्थ सुहाउँदैन ।

चेतनशील प्राणी जगतका मानिसका जीवनसँग खेल्ने राजनीतिक आवरणभित्रका अपराधीहरूलाई मालिक मान्नैपर्ने जनतालाई बाध्यता पनि हुँदैन । राष्ट्र र राज्यलाई कुनै एक दल, व्यक्ति वा कुनै समूहको माग पूरा गरिदिने संस्थाको रूपमा बुझ्ने राजनीतिक चेतनाले मात्र राष्ट्र हाँक्न सकिँदैन । राष्ट्र भनेको बृहत कुरा हो जुनकुरा हाम्रा राजनीतिक दलका नेताहरूले जान्न सकेका छैनन् । जनताका समस्या के के हुन्, समाधानको तरिका कस्तो अपनाउने, भन्ने विचार प्रवाह गर्न नसक्नेहरूले राष्ट्र हाँक्ने नैतिक अधिकार राख्न सक्दैनन्।

यस्तो असभ्य राजनीतिक संस्कार बोकेका नेताहरूले देशलाई ठूलो द्वन्द्वमा फसाउने खतरा टरेको छैन। सबै सचेत नेपालीले इमान्दारीपूर्वक सोचौँ ? के यस्तै सभ्यता भएका मानिसहरूबाट यो देशको प्रगति र जनताको उन्नति होला ? भारतलाई गाली गरेर नथाकेका हामीले इतिहाँस देखि गर्दै आएका गल्तिलाई सच्याउने कामको थालनी कहिल्यै गरेनौ।

हामीलाई अरुले तयार गरेर दिएको खाने बानी बस्यो तर आफ्नो खान आफै बनाउने काम हामीले कहिल्लै सिकेनौ र सिक्ने कोसिश पनि गरेनौ।

खै त हामीले पाठ सिकेको ? खै त आफुलाई आत्मनिर्भर बनाउने कोसिस गरेको ? एकातिर जनतालाई यस्ता आश्वासन दिऔ, जो कुनै पनि हालतमा पुरा गर्न योग्य छैनन्र्को । तर्फ हिजो सम्म जनताको झुपडीको गुन्द्रुक र ढिडो खादै गर्दा दिएका बाचाबचन पूरा गर्ने सुरुवात गर्नुको साटो सत्तालिप्त भएर जनताप्रतिको आस्था र बिश्वास माथि तुसारापात गर्यौं र गुन्द्रुक ढिडोको स्वाद पाँचतारे होटेलमा लिन थाल्यौं नकी जनताको झुपडीमा ।

जनतालाई जात जाति, भाषाभाषि, क्षेत्र वर्ग र समुदाउको समूहमा विभाजित गरि भोट तान्ने कोसिस गर्यौं। सत्तामा पुग्ने सपना साकार त भयो तर जनताको लागि दिएका तिनै आश्वासन अहिले आएर निल्नु न ओकल्नुका भए। अबपनि बिगत हेरी हामी सबै सुध्रिएनौ भने शहीदहरुको रगतले हामी परिवर्तनकारी ,क्रान्तिकारी,राष्ट्रवादी भन्नेहरुलाई सराप लाग्नेछ।

कम्युनिस्टहरूको पार्टी र सरकारलाई मात्र असफल भनिरहँदा नेपाली कांग्रेस पार्टीले २०४८ देखि शासनमा रहँदा हामी कहाँ चुक्यौं ? हामीले कहाँ गल्ती गर्‍यौँ ? भनि गहिरो समिक्षा गर्नुपर्ने बेला आएको छ । म सोच्दै जादा के निर्णयमा पुगे भने नेपालका कम्युनिष्ट पार्टी र त्यसले नेतृत्व गरेको सरकारको असफलता चोर औँलाले देखाउँदैमा देश समृद्ध हुँदैन र जनता सुखी हुँदैनन् ।

नेपाली कांग्रेसलाई समयले फेरि मौका दिएको छ । हामी अर्काको गल्तीलाई देखाएर आफ्नो कमजोरी नलुकाउ । नैतिकताको ख्याल हरेक पलपलमा गर्दै आफूले के गर्दा राम्रो के गर्दा नराम्रो स्वविवेक प्रयोग गरौं।

आफ्नो आत्मालाई कहिल्यै नढाटौं।हाम्रो मुद्धा अझै ज्यूँ का त्यूँ छन्। त्यसलाई पार लगाउन अपरिहार्य छ।अदूरदर्शीहरु परेर चेत्छन्, दूरदर्शीहरु पढेर र देखेर चेत्छन् । हामी विगतको परिणाम देखेर चेत्ने कि फेरि एकचोटी पराजय भोगेर चेत्ने ? त्यसैले हाम्रो युगिन दायित्वलाई सार्थक बनाउन नेतृत्व रहेका सबै नेतागणमा मेरो उल्लेखित सुझावसहित सचेत भएर काम गर्न अनुरोध छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!