बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भाटभटेनीलाई रु ५० हजार जरिवाना, सुपर मार्केटदेखि खुद्रा पसलसम्म ठगीमा परे उपभोक्ता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, बिजनेश
अशोज १८, २०७८ ०७;२५ बिहान प्रकाशित
भाटभटेनीलाई रु ५० हजार जरिवाना, सुपर मार्केटदेखि खुद्रा पसलसम्म ठगीमा परे उपभोक्ता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपालीको महान् चाड दसैँतिहार नजिकै आइसकेको छ । दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरुको मनोमानी बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो । बजार अनुगमनका क्रममा ठूला व्यापारिक केन्द्रका रुपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्तालाई ठगी गरेको पाइएको छ ।

आज बिहान भक्तपुरको सूर्यविनायक क्षेत्रमा भएको अनुगमनमा सेल्सबेरीमा खरिद बिल नै नराखी आफैँले मूल्यसूची टाँसेर सामान बिक्री गरेको पाइएको छ । दैनिक उपभोग्य सामानमा समेत पसलैपिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ । अनुगमन टोलीले विभिन्न सामानहरुको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ भने नापतौलमा फरक परेको पाइएको छ । नापतौलको अनुमतिसमेत नलिएको पाइएपछि तीन दिनभित्र कार्यालयमा उपस्थित भई सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको छ ।

सूर्यविनायककै मानन्धर हार्डवेयरमा उपभोक्तलाई नाफा छुट नदिई बिक्री गरेको पाइएको छ । हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको छ । सूर्यविनायककै चम्पकेश्वर हार्डवेयरको अनुगमनमा सात वर्षदेखि नापतौलको अनुमति नै नलिई सामान बिक्री गरेको पाइएको छ । आवश्यक बिल बिजकसमेत नराखेको पाइएको छ ।

सूर्यविनायकको दीपु इम्पेक्समा अनुगमन गर्नाका साथै चुनदेवीस्थित चुनदेवी स्टोरमा गरिएको अनुगमनमा टोलीले कारबाही गरेको छ । चुनदेवी स्टोरको सञ्चालक निलिमा कार्माचार्यलाई तत्कालै रु १० हजार जरिवाना गरेको छ । स्टोरले बिल बिजक देखाउन नसकेको, अत्यधिक फोहर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको, कालो बजारी गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

यसअघि प्रशासनको नेतृत्वमा मध्यपुरथिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटको अनुगमनमा भाटभटेनीले खरिद बिलबिजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्री वितरण गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु कालोबजारी गरेको पाइएको थियो भने चिनीमा कालो बजारीसम्बन्धी ऐनले तोकेको खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मुनाफा लिएर वस्तु बिक्री वितरण गरेको पाइएको छ । ऐनले यसो गरेमा कालोबजारी गरेको ठहर्ने व्यवस्था गरेको छ ।

भाटभटेनीले चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको छ । भाटभटेनीले ७१ रुपैंया ५० पैसामा खरिद गरेको चिनी रु ८९ मा बिक्री वितरण गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ भने बोतलको पानी रु २६ मा खरिद गरेर रु ४५ मा बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ग्राहक अफरका नाममा बिस्कुटका प्याकेट टुटेको फुटेकोसमेत बिक्रीका लागि राखेको, तरकारी र फलफूलमा उपभोक्तालाई ठगी गरेको, तरकारीका प्याकेटमा मूल्य राखे पनि तौल नराखेर प्रतिकेजी मूल्य कति हो ? उपभोक्तालाई जानकारी नदिई बिक्री गरेको पाइएको छ ।

भाटभेटेनीमा उपभोग्य सामानमा मिति नाघेका वस्तु र उपभोग्य वस्तु एकै स्थानमा भण्डार गरेर बिक्री गरेको, बिस्कुट र चकलेटमा प्याकेटमा अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गरेको पाइएको छ । भाटभेटेनीको प्राङ्गणमै रहेको केएफसी चिकेन र पिजा हन्टले स्थानीय नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाइएको छ । तेलमा पनि बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । भाटभटेनीले कालोबजारी गरेको र उपभोक्ता ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले रु ५० हजार जरिवाना गरेको सहायक प्रजिअ केशरीले जानकारी दिनुभयो ।

उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बजारमा अनियमितता बढेको बताउनुभयो । उहाँले भाटभटेनीमै पनि अनियमितता रहेको, ऐन विपरीत नाफा ८० देखि ३०० प्रतिशतसम्म राखेको पाइएको उहाँले जानकारी दिनुभयो । खाद्यान्न, तेल, घीउ, चिनी लगायतमा २५ देखि ८० प्रतिशतसम्म बढी मूल्य लिएको र लत्ताकपडामा ३०० प्रतिशत, चामलमा बोरामै रु ३०० देखि ४०० समेत बढी मूल्य लिएको पाइएको थापाले जानकारी दिनुभयो । यहाँ हर्बल मिसावट चिनीमा आधा किलोको रु १५८ लिएको बताउनुभयो । चाडबाडको मुखमा सरकारी निकाय डिडिसीले समेत तेल र घीउमा रु १०० वृद्धि गरेको पाइएको उहाँको भनाइ छ ।

हार्डवेयरहरुले डण्डीदेखि सिमेन्टसम्ममा उपभोक्तालाई ठगी गर्ने पाइएको बताउनुभयो । कम्पनीसँग छुट र बोनस लिने तर उपभोक्तालाई छुट नदिई उल्टै ढुवानी, लोड अनलोडको चार्ज भन्दै बढी मूल्य लिएर ठगी गर्ने गरेको पाइएको छ । सिमेन्टमा एक बोरामा रु ४५ ठगी गरेको पाइएको उहाँले बताउनुभयो ।् केही समय अगाडि सूर्यविनायकको शक्ति ब्रान्डको पाउरोटीमा किरा परेको भेटिएको स्मरण गर्दै अनुगमनलाई नियमित गरी कारबाहीको थालनी नगर्दा व्यापारीको मनोबल बढ्ने गरेको उहाँको भनाइ छ । अनुगमन गर्ने तर कारबाही नगरी फर्कने प्रवृत्ति नै गलत भएको उहाँको भनाइ छ ।

आजको अनुगमनकै क्रममा सूर्यविनायकस्थित दीपु इम्पेक्सका सञ्चालक दिनेबहादुर धौबञ्जारले चाडबाडको मुखमा चिनी, खाने तेल, चामल र दालमा अत्यधिक मूल्य वृद्धि भएर आएको बताउनुभयो । नेपालको चिनीलाई निरुत्साहित गरी भारतीय चिनीको आयात बढ्दा बजारमा मनोमानी भएको बताउँदै उहाँले भारतबाट आयात गरिएका धेरै म्याद गुज्रेका खाद्यान्नमा नेपालका डिलरले नयाँ स्टिकर टाँसेर पुनः बजारमा पठाउने गरेको पाइएको बताउनुभयो ।

पसललाई मात्रै दोष दिन नमिल्ने भन्दै उहाँले डिलरबाटै उपभोक्ता ठगिने गरेको र बजारको महँगी वृद्धि नियन्त्रणमा सरकारी निकायले चासो नदिँदा बजारमा बेथिति बढेको बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!