बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारको पीडा : आठ वर्ष अघि मलेसिया गएका खडकबहादुर बाकसमा फर्किए

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १८, २०७८ १३;३३ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारको पीडा : आठ वर्ष अघि मलेसिया गएका खडकबहादुर बाकसमा फर्किए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाका खडक बहादुर शाही, मलेसिया गएको आठ वर्षपछि शव बनेर गत शनिबार नेपाल आइपुगे।

सजीव भएर मलेसियामा आठ वर्षसम्म लगातार काम गरेका उनी निर्जीव बनेर बाकसमा प्याक भई आफ्नो देश, घर र परिवार भएको ठाउँमा आइपुगे। निर्जीव उनलाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनकी श्रीमती र एक युवा(मृतकका दाईका छोरा) आएका थिए।

शाहीको शव लिन आएका ती युवा भन्दै थिए, ‘बित्ने (खड्क बहादुर शाही) मेरो साइलो बुबा हो। उहाँ (निराशमुद्रामा बसेकी महिलालाई देखाउँदै) को श्रीमान् हो। घर जाजरकोट हो। बितेको १० दिन भयो, मृतक ४७ वर्षको हुनुहुन्थ्यो। उहाँको दुई छोरी र एक छोरा गरी ३ जना बच्चाहरु छन् । सानो छोरा १३ वर्षको छ। बहिनीहरु २०–२२ वर्षका छन्।’

ती युवाका अनुसार मृतक शाही मलेसियामा बसुन्जेल एक पटक पनि नेपाल आएका रहेनछन्। उनी भन्छन्, ‘मलेसियामा ८ वर्ष भयो काम गरेको, त्यतिन्जेलसम्म उहाँ एक पटक पनि नेपाल आइदिनु भएन। उहाँ सोझो मान्छे, कम्पनीले पनि माया गरेर राख्यो, पैसा पनि अलिअलि बढाउँदै गयो।’

ती युवाका अनुसार मलेसियाको एक कम्पनीमा हेल्परको रुपमा काम गर्दै आएका मृतक शाही पढ्दै नपढेका सोझा रहेछन्। जसले गर्दा मृतक शाहीलाई कम्पनीले पनि मनपराएर काममा तलब बढाउँदै राखेको रहेछ।

उनी भन्छन्, ‘उहाँले आठ वर्षसम्म घरमा महिनैपिच्छे पैसा पठाइराख्नु भएको थियो। तर त्यो आठ वर्षसम्म एकपटक पनि नेपाल आउनु भएन। यो पटक फिनिस गरेर यही चैतमा आउने भन्नु भएको रहेछ। सोचेजस्तो कहाँ हुँदो रहेछ र?, अहिले बाकसमा आइपुग्नु भयो।’

केही दिन अघि हर्टहट्याक भएर बितेका शाहीले मलेसियामा कमाएर पठाएको पैसाले छोराछोरीहरुले भने राम्रो शिक्षादिक्षा लिइराखेका रहेछन्।

ती युवा भन्छन्, ‘अहिले साइलो ममी(मृतककी श्रीमती) जाजरकोमा हुनुहुन्छ। पुर्खेउली घर जाजरकोट भएपनि उहाँले छोराछोरीलाई सुर्खेतमा राखेर बार्डिङ स्कुल पढाउनु भएको थियो। बहिनी(मृतककी जेठी छोरी)लाई स्टाफ नर्स पढाउनु भयो। भाइलाई बोर्डिङ स्कुल पढाइराख्नु भएको थियो। स्टाफ नर्स पढाउन नै १०–१२ लाख लागिहाल्छ। अर्की छोरी आईकम दोस्रो वर्षमा अध्ययन गर्दैछिन्। छोरा सात कक्षामा पढ्छ।’

‘अबका दिनमा भने बच्चाहरुको भविष्यलाई बुवाको मृत्युले धक्का लाग्ने भयो’, गुनासो गर्दै उनी भन्छन्, ‘बच्चाहरु सुर्खेतमा बसेर बढ्छन्। कोठाभाडा ६ हजार थियो, रासन आदि गरेर १५÷२० हजार महिनाको गइहाल्छ। त्यसमा स्कुलको फिस जोड्दा ४०÷५० हजार मासिक खर्च भइहाल्छ। यो सब आजसम्म उहाँ(मृतक)ले नै गरिराख्नु भएको थियो ।’

एकछिन स्तब्ध हुँदै निराशमुद्रामा बसिराखेकी मृतक शाहीकी श्रीमतीलाई बोलाउँदै उनले भने, ‘सानो ममी अनार खाने?’

नखाने संकेतको प्रतिक्रिया पाएलगत्तै उनी जिज्ञासुसँग गुनासो गर्दै भन्छन्, ‘काकी र म प्लेनमा काठमाडौं आजै आइपुगेका हौं। काकीले १० दिन भइसक्यो खाना खानै मान्नु भएको छैन। के गर्ने यो त आन्तरिक पीडा हो।’

सोही दिन मृतक शाकीसँगै मोरङस्थित लेटाङका २५ वर्षीय पुस्कर निरौला पनि शव बनेर बाकसमा आइपुगेका थिए। उनको निर्जीव शरीर लिन विमानस्थलमा उनका साथीभाई, दिदीबहिनी आँखाभरी आँसु लिएर टोलाइराखेका थिए।

पुस्करको शव बुझ्न बसेका दुई छिमकी दाई आँसु झार्दै भन्दै थिए, ‘यो १७ महिना अघिमात्र मलेसिया गएको थियो । छोरी पनि सानी छिन्, छोरीको अनुहार पनि हेर्न नपाई बित्यो।’

उनीहरुका अनुसार मृतक पुस्करको घरमा आमा, बुबा, दाई, दिदीबहिनी, श्रीमती र एक सानी छोरी छन्। मृतक पुस्कर मलेसिया गएको केही दिनमै उनको छोरीको जन्म भएको रहेछ।

उनीहरु भन्दै थिए, ‘१७ महिनाको सानी छोरी छिन्। यसले छोरी नै नदेखिकनै मर्यो। उ मलेसिया गएपछि बच्चा जन्मेको हो। उ गएको पनि त्यस्तै १७ महिना नै भएको थियो। नानी जन्मिनुभन्दा अलिकति अगाडि गएको हो । केही बिरामी थिएन, हेल्दी मान्छे थियो। छाती हल्का दुख्यो भन्थ्यो रे, हट्हट्याक पनि भएको होइन। आज ९ दिन भयो बितेको।’

विमानस्थलमा गत शनिबार बिहान मलेसियाबाट आर.ए.को फ्लाईटबाट ७ जनाको शव र ६ जनाको अस्तु(खरानी) एकैपटक आइपुगेको थियो। वैदेशिक रोजगारका क्रममा मलेसियामा मृत्यु भएका १३ जना नेपालीहरुको शव र अस्तु एउटै फ्लाईटबाट त्यो दिन काठमाडौं आइपुगेको थियो।

सोही शव र अस्तु आफन्त वा सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउन वैदेशिक रोजगार बोर्डका काउन्सिलर कृष्ण चौलागाई पनि विमानस्थल पुगेका थिए। उनी आफन्तलाई शव जिम्मा लगाउनुको साथसाथै शवलाई गाडीमा लोड गर्ने लगायतका काममा सघाइराखेका थिए।

सोही क्रममा जिज्ञासा राख्दा उनले भने, ‘कतिपयले शव ल्याएको बाकसलाई बाधेको लक खोल्न जान्दैनन्, त्यसैले म आफै लागेर खोलिदिन्छु। हामीले गर्न सक्ने जति सबै गरिदिन्छौं। बोर्डले शव वाहनमा शवको सम्बन्धित दुई जना व्यक्तिलाई पनि गाडीमा सँगै जान पाउने व्यवस्था गरेको छ।’

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएर नेपाल आएका शवहरुलाई बोर्डले निःशुल्क घर अथवा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्याउँदै आएको छ।

चौलागाईका अनुसार विमानस्थलमा गत हप्ताको दुई वटा अस्तु भने अझै कोही पनि लिन आएका छैनन्। उनी भन्छन्, ‘शव तत्काल लाने गर्छन् तर अस्तु लान भने आउछु आउछु भन्छन् तर ढिलो आउछन् । अस्तु सड्ने बिग्रिने कुरा पनि भएन, त्यसैले होला।’

चौलागाईका अनुसार कोभिडले देश ठ्याप्प भएको बेला भने बोर्डले अस्तु पनि आफन्त वा सम्बन्धित ठाउँमै पुर्याइदिने गरेको थियो। उनी भन्छन्, ‘त्यसबेला जोजो आउन सक्नु हुन्न थियो उहाँहरुले भनेको ठाउँमै अस्तु पनि पठाइदिने गर्यो र सक्नेले आफै आएर लानु भयो। तर, अहिले अस्तु लिने भने आफै आउने गर्नुहुन्छ।’

एकैपटक आएका शवहरुले गर्दा व्यस्त देखिएका उनी मृतकका आफन्तलाई सम्झाउँदै भन्दै पनि थिए, ‘स्थानीय पालिकाबाट मृत्यु दर्तालगायत सबै बोर्डमा इमेल(एमबीसीको पेपर, मृत्यु दर्ता) गरिदिनु भयो भने तपाईहरुले पाउनु पर्ने पैसाको लागि काठमाडौं धाउनु पर्दैन।’

चौलागाई बोर्डको एउटा कागज(ब्रोसर) मृतकका सम्बन्धित व्यक्तिलाई दिदैँ भन्दै थिए, ‘यसमा फोन गर्नु होला । तपाईंहरुले इन्स्युरेन्सको पैसा पनि लिन काठमाडौं धाउनु पर्दैन, नजिकैको शाखाबाट लिए हुन्छ । र, पाउनेजति सबै रकम तपाईंहरुको खातामा जान्छ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!