दोहा : एह्तेराज एप अब अन्तर्राष्ट्रिय सिम बाट पनि सुचारू गर्न सकिने भएको छ ।
कतारको स्वास्थ्य मन्त्रालयले अक्टोबर ६ देखि लागू हुनेगरी जारी गरेको परिमार्जित यात्रा नीति नियम अनुसार एप अन्य देशको सिम कार्ड बाट पनि एक्टभेट गर्न सकिने भएको हो । यसअघि एप कतारी सिम कार्ड बाट मात्र सुचारू गर्न सकिन्थ्यो ।
मन्त्रालयको अनुसार हवाई तथा स्थल मार्ग भएर कतार फर्कने सबै यात्रुले कतार आइसकेपछी अनिवार्य रुपमा एह्तेराज एप एक्टिभेट गरेको हुनुपर्नेछ । हमाद विमानस्थल र अबु सम्रा पोर्टमा मोबाइल र सिम कार्ड खरिद गर्न पनि सकिनेछ । कूटनीतिज्ञ, प्रशासनिक कार्ड होल्डर र औपचारिक भ्रमणमा आउने भिआईपी लाई एपको आवश्यक पर्दैन ।
प्रतिक्रिया लेख्नुहोस्:-