काठमाडौं : आइएमई लिमिटेड र नागरिक लगानी कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीहरुले नागरिक पेन्सन योजनामा सहभागी गराउने सम्झौता भएको छ । समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल हस्ताक्षर गरे ।
वैदेशिक रोजारीमा रहेकाहरुलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको प्रावधिक सयोगमा कोष र रेमिटयान्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्धता गर्ने सफ्टवेयर निर्माण गरेको बताईएको छ ।
समझदारी अन्तरगत बैदेशिक रोजागारीमा गएकाहरूले रकम जम्मा गरि सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी सक्ने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-