काठमाडौं : दुबईबाट काठमाडौं आएको नेपाल एअरलायन्सको जहाज यतिबेला नेपाली आकाशमा फनफनी घुमिरहेको छ। बिहान ९:४५ बजेको अवतरण समय तय गरेको आरए २३० जहाज तराईको आकाशमा तीन फन्को घुमेपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरणका लागि सीधा आएको देखिन्छ।
काठमाडौं आइपुगेपछि पनि अवतरण हुन नसकेपछि विमान पुन तराईतिर फर्केको र अहिले त्रिभुवन विमानस्थलमा अवतरणका लागि आउँदै गरेको देखिन्छ।
कहिलेकही मिस एप्रोच हुँदा जहाजले टर्निङ प्वाइन्ट मिलाएर अवतरण गर्नुपर्ने हुनाले जहाज घुमेको विमानस्थलका एक कर्माचारीले बताए। ‘कहिलेकही मिस एप्रोच हुन्छ। एक छिन आकाशमा टर्निङ मिलाएर सीधा लाइन बनाउन घुमाएको हो। खासै त्यस्तो समस्या हैन,’ ती कर्मचारीले भने।
अपडेट : आरए २३० जहाज १०:४५ मा त्रिभुवन विमानस्थलमा अवतरण भएको त्रिभुवन विमानस्थलले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-