कैयौं बर्षदेखि बेवारिसे अवस्थामा रहि आएका मलेसियाको पुचुङ भन्ने ठाउँमा बाटोमा फेला परेका पाँचथर सुबाङ ४ निवासी नेपाली श्रमिक भिम बहादुर सोहाङ लाई उद्दार गरि स्वदेश फर्काइएको छ।
मलेसियामा रहेका नेपाली राजदूतावाससंगै विभिन्न समाजिक संघसंस्था सामाजिक कल्याण संघ जनउद्दार केन्द्र मलेसिया , अनुसन्धानकर्ता (रिसर्चर) रमेस कुमार पजियार थारु र भिमकै आफन्तहरुको साथ सहयोगमा सकुशल स्वदेश फर्काइएको हो।
नेपाली श्रमिक भिम बहादुर लामो समयदेखि आफ्नो घरपरिवारसंग सम्पर्क बिहिन भैइ मलेसियामा अबैधानिक रुपमा बस्दै आएका थिए । केही हद सम्म मानसिक बिरामी रहेका उनी बेवारिसे अवस्थामा बाटोमा बसिरहेको अबस्थामा फेला परेको जनउद्वार केन्द्रलाई खबर पुगेपछी जनउद्दार केन्द्रकै पहलमा अनुसन्धानकर्ता रमेश कुमार पजियार थारुले सोहाङ लाई उनी बसिरहेको ठाउँबाट ल्याएर खाना बस्न लगाएत बन्दोबस्त गरेर स्वदेश फिर्ता गराउन सहजीकरण गरेका थिए ।
सोहाङ लाई हवाइ टिकट र अवैधानिक बसे बापत्त अध्यागमन बिभाग (इमिग्रेशन) लाई बुझाउनुपर्ने जरिवाना रकम आरएम ५ सय रिगेट भने जनउद्दार केन्द्र लगायत मलेसियामानै कार्यरत रहनु भएका भिम बहादुरको आफन्तहरुलेनै आर्थिक रकम संकलन गरेर सहयोग गरेका थिए।
रमेश कुमार पजियार थारु बिगत कैयौं बर्षदेखि मलेसिया युनिभर्सिटी र जापान को सोफिया युनिभर्सिटी विश्वविद्यालयको लागी विभिन्न तबर तरिकाले मलेसियामा कार्यरत रहेका नेपाली संगै अन्य देशको विदेशी श्रमिक हरुका समस्याबारे अनुसन्धान गरि सहयोग गर्ने र श्रमिकको उद्दार गर्ने कार्य गर्दै आईरहनु भएको छ।
त्यस्तै जनउद्वार केन्द्र संस्था पनि मलेसियामा नेपाली श्रमिकहरुका समस्या सम्बोधन गर्ने र श्रमिक सहयोग , उद्दार गर्दै आईराखेको वैधानिकता प्राप्त एकमात्रै नेपाली संस्था हुन।
प्रतिक्रिया लेख्नुहोस्:-