बैदेशिक पोष्ट
२०८२ मंसिर १९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियाको “टप ग्लोब”मा एक नेपाली श्रमिकको विषाक्त मदिराको कारण निधन भएको पुष्टि

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज २९, २०७८ १०;१४ बिहान प्रकाशित
मलेसियाको टप ग्लोबस कम्पनिमा एक नेपाली श्रमिकको ड्युटीमै मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोब निर्माता कम्पनी “टप ग्लोब”मा कार्यरत एक नेपाली श्रमिकको निधन मेथानोल विषाक्तता मिसावट मदिराको सेवनको कारण भएको पुष्टि भएको छ ।

विषाक्तता मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली मजदुर सजल चन्द्र शीलरहेका छन् । सेप्टेम्बर १८मा ती मजदुरलाई शाह आलम अस्पतालमा भर्ना गरिएको थियोे भने उनको १० दिनपछि सेप्टेम्बर २८मा निधन भएको आप्रवासी कामदार र श्रम अधिकार कार्यकर्ता एन्डी हलले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

एन्डी हलका अनुसार, उक्त विषाक्तता मेथानोल मिसावट मदिरा सेवनपछि अस्पताल भर्ना भएका ती श्रमिकको शरिरका बहु अंगहरुले विस्तारै काम गर्न छोडेपछि निधन भएको हो ।

मलेसियाबाट प्रकाशित मलेसियाकिनीले घटना बारे रिपोर्ट प्रकाशन गरेपछि यस सम्बन्धमा मलेसियाको व्यावसायिक सुरक्षा र स्वास्थ्य विभागले अनुसन्धान थालेको फोकसएममा उल्लेख छ ।

घटनापछि उक्त कम्पनीले मेथानोल विषाक्तताको जोखिम बारे जागरूकता बढाउन सकारात्मक अभियानहरुसहित कार्यक्रम थालेको बताएको छ । साथै दुईदिन अघिमात्रै उक्त कम्पनीमा चितवन घर भएका पुष्प तामाङको पनि निधन भएको थियो । उनको निधनको कारण बारे अझैसम्म केेही खुलेको छैन

विषाक्त मदिराको कारण मलेसियामा सेप्टेम्बरमामात्रै ३ नेपालीसहित ३३ को निधन

मलेसियाको विभिन्न सात राज्यहरुमा विषाक्त मदिराको कारण ३३ जनाको ज्यान गएको छ । विभिन्न समयमा विभिन्न देशका ३३ जनाको मेथानोल नामक विषाक्त मिसावट पदार्थ मिसावट मदिराको कारण कूल ३३ जनाको ज्यान गएको मलेसियन स्वास्थ्य मन्त्रालयले एक बक्तव्य जारी गरी जनाएको थियोे

मलेसियाको स्वास्थ्य मन्त्रालय अन्तर्गतको रोग नियन्त्रण डिभिजनले गएको १ सेप्टेम्बर देखि अन्तिमसम्मको समयावधिमा मात्रै मेथानोल विषाक्तताको कारण ५५ जनामा समस्या देखिएको सूचना प्राप्त भएको मन्त्रालयका स्वास्थ्य महानिदेशक डाक्टर तान श्री नूर हिशम अब्दुल्लाहले जानकारी दिएका थिए ।

त्यस्तै बक्तव्यमा भनिएको छ “उक्त विषाक्त मेथानोलको कारण सेलांगर राज्यमा २५ जना, पेराक राज्यमा १३ जना, पहांग राज्यमा ५ जना, पेनांग राज्यमा ६ जना, क्वालालम्पुर क्षेत्रमा ४ जना र जोहोरबारु र नेगेरी सेम्बिलान राज्यमा एकएक जनामा उक्त विषाक्त मदिराले असर गरेको छ ।

साथै, उक्त विषाक्त मदिराका कारण स्वास्थ्य समस्यामा परेका ५५ जना मध्ये २६ जना मलेसिया नागरिकहरु थिए भने बाँकी २९ विदेशी नागरिक रहेको बताएको छ । जसमा कूल ३३ जनाको मृत्यु भएको बताएको छ ।

निधन हुने ३३ जनामध्ये १८ मलेसिया नागरिकहरु र १५ विदेशीहरु नागरिकहरु रहेका छन् । ज्यान गुमाउने १५ विदेशीहरुमा म्यानमारका ७ नागरिक, भारतीय ५ नागरिक र नेपाली नागरिक ३ जना रहेको जारी प्रेस बक्तव्यमा उल्लेख छ ।

मेथानोल के हो ?, यसको खतरा कति ?

मदिरामा इथानोल र मेथानोल पदार्थ पाईन्छ । इथानोल भन्दा मेथनोल पदार्थ शरिरका लागि अत्याधिक हानिकारक हुन्छ । यद्यपि दुवै रक्सी (इथानोल र मेथानोल) को गन्ध, स्वाद लगभग उस्तै-उस्तै हुन्छ। गन्ध र स्वादवाट दुवै रक्सीमा फरक छुट्याउन सकिंदैन।

मेथानोल को मूल्य इथानोलको भन्दा अपेक्षाकृत सस्तो छ ।त्यसैले धेरै कालोबजारीहरुले मदिराजन्य पदार्थ तथा सेनिटाईजर जस्ता उत्पादनमा समेत मिसावट गर्दै आएका छन् । जो मानव स्वास्थ्यमा ठुलो क्षति पुर्याउने गर्दछ ।

“मेथानोल विषाक्तता मिसावट मदिरा सेवन गरेको खण्डमा मानिसलाई पेट दुख्ने, विषाक्त रक्सीको सेबन पछि टाउको दुख्ने, पेट दुख्ने, छाती दुख्ने, अत्यधिक पसिना आउने, वान्ता हुने वा वान्ता होला जस्तो हुने, चक्कर आउने, छिटो छिटो सांस चल्ने जस्ता समस्याहरु हुन्छ।

साथै यसको सेबनले शरीरको भित्रि अंगहरु (जस्तै: मस्तिस्क, मृगौला आदि) क्षतिग्रस्त हुनजान्छ भने मानिसको मृत्यु सम्म पनि हुन्छ ।

त्यस्तै, यसको सेबनले मान्छे अन्धो हुनु, मृगौला फेल हुनुको साथै यसले नसा सम्बन्धि अनेकौ समस्याहरु निम्त्याउछ र यसको अत्यधिक सेबन भयो भने मान्छेको मृत्यु हुन जान्छ। जसले गर्दा परिवारको साथै पुरै समाज प्रभावित हुन्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!