बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियामा युवा,युवती बेपत्ता हुनुको कारण: रक्सी,युवती,यौन अड्डा,क्यासिनो।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ३, २०७८ ०८;०२ बिहान प्रकाशित
मलेसियामा युवा,युवती बेपत्ता हुनुको कारण: रक्सी,युवती,यौन अड्डा,क्यासिनो।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मलेशिया नेपालीहरुको प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक गन्तव्य देश हो। रोजगारीकै लागी लाखौँ नेपाली मलेशिया आउने जाने गरिरहन्छन् । रोजगारीको लागी मलेसिया पुगेका केहि नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न घटना क्रम र अध्ययनहरुले देखाएका छन्।

वैदेशिक रोजगारीको क्रममा रोजगारदाता कम्पनी छाडी अवैधानिक बन्नु , विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली युवा,युवतीहरु परिवारको सम्पर्कमा नआएका बुझिएको छ।

आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । यो त उजुरी परेकाको मात्र संख्या हो । अन्य उजुरी नपरेका धेरै नेपालीका परिवार अझै आफ्ना आफन्त कुरेर बसिरहेका छन्।

मुस्लिम देश भएर पनि मलेशियामा कानुन निकै खुकुलो छ । यहि खुकुलो कानुनको फाईदा उठाएर मलेशिया पुगेका केहि नेपालीहरु मोजमज्जा र रस-रमाईलोमा भुल्ने गरेका छन् । विशेष गरि विदेशी कामदारहरु लक्षित गरेर संचालन गरिएका होटल, दोहोरी, क्लब, मिनी क्यासिनो, यौन अड्डा लगायतका कारण धेरै नेपाली युवाहरु कुलतको दलदलमा फसिरहेका छन् । मलेशियाको केएल, केलांग, पेनांग, पेराक, जोहोरबारु लगायतका शहरहरुमा नेपाली श्रमिकहरुलाई नै लक्षित गरेर हजारौं होटल रेष्टुराँ र मसाज सेन्टर संचालन गरिएका छन्।

यि होटल रेष्टुराँ तथा क्लबहरुमा युवाहरुलाई आकर्षित गर्नकै लागी महिला कामदारहरु राखिएका हुन्छन् । परिवार र श्रीमती छोडेर जवानीमा विदेश भाशिनेहरु यिनै महिला कामदार संग जिस्कने र रमाईलो गर्न पाउने आसमा ति होटल रेष्टुरा पुग्नेगरेका छन् । नेपालीहरुद्वारानै संचालित यस्ता होटल रेष्टुराँहरुमा युवाहरुलाई आकर्षित गर्नको लागी नेपाली युवतीहरु नै प्रयोग हुनेगरेको पाईएको छ। वेटरका रुपमा कार्यरत यस्ता युवतीहरु कमाई बढाउन यौन धन्दामा संलग्न हुनेगरेको पाईएको छ।

विशेष गरेर नाच्नको लागी भन्दै मलेशिया पुर्याईएका र कम्पनी छोडेर ईलिगल भएका नेपाली युवतीहरु यस्ता धन्दामा लाग्ने गरेका छन् । आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको छ ! , ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक जस्ता ठाउँ यौन व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, क्वालालम्पुर कोताराया, पेनांग, जोहर, बतुपाहक लगायत ठाउँहरुमा यौन व्यवसाय चलाइएको पाइन्छ।

सुरु सुरुमा महिनाको एकदुई पटक यस्ता ठाउँमा पुग्ने नेपाली युवाहरु बिस्तारै यसको लतमा फस्न पुग्छन । कमाएको पैसा यस्तै काममा सकिन थालेपछि उनीहरु बिस्तारै परिवारको सम्पर्कमा आउन छोड्छन् । घरमा फोन गर्दा पैसा माग्ने, पैसा कता खर्च गरिस् भन्दै सोधखोज हुने भएपछी घरमा फोन गर्ने छोड्ने र उतै बेपता हुने क्रम बढ्दो छ।

अझ मलेशियामा संचालन गरिएका यौन कोठीहरूमा धाउने नेपालीहरुको कहानी छुट्टै छ । कमाएको पैसा सबै यस्ता कोठीहरूमा सिध्याउने नेपाली युवाहरु मलेशियामा हजारौ छन् । यस्ता कोठीहरूमा तिगा-पोलो (३० रिंगेट ) देखि बार्गेनिंग सुरुहुने नेपालीहरु नै बताउँछन् । यिनै कोठीहरूमा भुलेर घर बर्सने नेपाली मलेशियामा थुप्रै छन्।

अर्को कारण मलेसियन,ईन्डोनेशियन,भियतनाम, थाइल्यान्ड लगायतको देशको युवतीसंगको प्रेम : :
नेपालीहरु रोजगारीको लागी मलेशिया गए जस्तै रोजगारीकै लागी मलेशिया आउने ईन्डोनेशियन , भियतनामी , थाइल्यान्डका युवतीहरुको संख्या ठुलो छ । विशेष गरि हल्का सामान उत्पादन हुने कम्पनीहरुमा यी देशहरुका युवतीहरु कार्यरत छन् ! तिनै ईन्डोनेशियन , भियतनामी, थाइल्यान्ड लगायत स्थानीय मलेसियन युवतीहरु संग काम गर्ने नेपाली युवाहरु प्रेमको दलदलमा फसेर घर बिर्सनेगरेको मलेशियाकै शाहालाममा रहेको पानासोनिक कम्पनीमा कार्यरत मकवानपुरका पूर्ण गोलेले बताए।

आफु संगै काम गर्ने धेरै नेपाली युवाहरु ईन्डोनेशियन युवतीहरु संग प्रेममा परेर लिभिंग टुगेदरमा बसिरहेको उनको भनाई छ । यसरी बस्न थालेपछि कमाएको तलब उतै सकिने र पैसा पठाउन नसकेपछि घरमा सम्पर्क टुट्ने गरेको छ । केहि नेपालीहरु यिनै ईन्डोनेशियन , भियतनामी , थाइल्यान्ड र स्थानीय युवती संगको प्रेमको द्वन्दको कारण पनि बेपता हुनेगरेका छन्।

मलेशियामा रहेका भारतीय मुलका मलेशियन युवाहरु र नेपाली युवाहरुको युवती रोजाई जुद्धा बेलाबखत नेपालीहरुले ज्यान गुमाउने र बेपत्ता हुने क्रम पनि बढेको छ। आफुले मनपराएका युवतीलाई नेपाली युवाले मनपराएको वा जिस्काएको थाहा पाएमा भारतीय मुलका मलेशियन ( तामिल) हरुले गौडा ढुकेर आक्रमण गर्ने गरेको घटना मलेशियन कम्पनीहरुमा सामान्य जस्तै हो।

घरपरिवारको रोजीरोटी र सुन्दर भविष्य निर्माण गर्न विदेशिएका नेपाली युवाहरु यस्तो दलदलमा फस्दा घरमा रहेका परिवारका सदस्यहरुलाई निकै ठुलो पिडा हुने गरेको छ । परिवारले आफ्नै तरिकाले खोजबिन गरिरहेपनि विदेशी भूमिमा हराइरहेको कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजीकार्यमा चुनौती हुने गरेको छ । यस्तै कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठयारो हुने गरेको छ।

गलत प्रेम सम्बन्धका कारण बिच्चलीमा नेपाली युवतीहरु:
मलेशियामा कार्यरत नेपाली युवाहरु मात्रै हैन , नेपाली युवतीहरुको सङ्ख्या पनि अत्याधिकनै छ्न। यहाँ कार्यरत नेपाली युवतीहरु नेपाली युवाहरुसंगै बाङ्लादेश , पाकिस्तान , भारत , म्यानमार , मलेसिया लगायत विदेशी मुलका युवाहरुसंगको गलत प्रेम सम्बन्धले जेल पर्नेदेखि विभिन्न कानुनी सजायको भागिदार हुने गरेको तथ्यांक दूतावासमा सुरक्षित छ्न।

नेपाली युवतीहरुले जोशमा होस् गुमाउँदा साथै विभिन्न किसिमको लहैलहैमा लाग्दा र कुलतमा फस्दा बिच्चलीमा पर्ने गरेको तथ्य पाइएको छ। विशेषगरि म्यानुफ्याक्चरिङ र हलुका सामान उत्पादन हुने कम्पनीहरुमा काम गर्ने नेपाली युवतीहरुको सङ्ख्या अत्याधिक हुने गर्दछन्। कामकै क्रममा विदेशी युवाहरूसंग कुराकानी गर्दागर्दै प्रेम सम्बन्धमा पर्ने गरेको र कतिपयले त कम्पनी छाडी अवैधानिक बनि लिभिङ टुगेदरमा बस्ने युवतीहरुको सङ्ख्या पनि उच्च रहेको छ।

साथै अवैध प्रेम सम्बन्धले गर्भवती भैइ गर्भधारण गराउने र कतिपयले त आफैंले बच्चा जन्माएर मार्ने गरेको पाइएको छ। आफैंले जन्म दिएर बच्चा मारेकै घटनामा मलेशियामा दुईजना नेपाली युवती पक्राउ परेर जेल सजाय समेत भोगेको घटना ताजै छ्न। अहिले पनि एकजना नेपाली युवतीले रुममै बच्चा जन्माएर मारेर पोको पारि पलास्टिक ब्यागमा राखेको आरोपमा पक्राउ परेर जेल सजाय भोगिरहेका छ्न्। कतिपय त्यस्तो युवतीहरुलाई त रोजगारदाता कम्पनीहरुलेनै सुरक्षित साथ बेलैमा नेपाल फर्काइदिने गरेको बताईन्छ्।

मलेशियामा रहेका नेपाली युवा,युवतीहरु आफै सचेत नभएसम्म यस्ता घटनाहरुमा कमि नआउने देखिन्छ। यदि तपाई पनि मलेशियामा कार्यरत हुनुहुन्छ भने यस्ता कुराहरु बाट बचेर बस्नुहोला र सुरक्षित साथ बस्नुहोला। बेलैमा आफ्नो देश फर्किनुहोला।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!