अवैध रुपमा जुवा खेलमा संलग्न भएका भियतनामीहरु जापानमा अपहरण लगायतका आपराधिक घटनामा संलग्न हुन थालेका छन् । जुवा खेलेर हारेको रकम भूक्तान नगरेपछि भियतनामीहरुद्वारा नै बन्धक बनाइएको घटनाहरु बढ्न थालेको प्रहरीले बताएको छ । यसरी अपहरण गरिनुमा उनीहरुलाई जुवा खेल्नको लागि लिएको सापटी वा ऋण तिर्न बाध्य पार्नु भएको पाईएको छ । अपहरणकर्ताहरुले भियतनामका आफन्तहरुबाट भएपनि आफ्नो रकम असुल्न फिरौती माग्न बाध्य पार्न थालेको पाइएको छ ।
यस्ता घटनाहरु गत बर्ष कोरोना भाइरस संक्रमण फैलिए पछि धेरै बढेको छ । धेरै भियतनामी जो जापान आए पछि आर्थिक कठिनाइहरुमा थिए, प्राविधिक प्रशिक्षार्थिहरुको रुपमा यस्ता घटनाहरुमा संलग्न रहेको ठानिएको छ ।अन्वेषकहरु भन्छन् धेरै पीडितहरु कोभिड-१९ महामारीको बीच जापानमा आफ्नो जागिर गुमाए पछि प्राय आर्थिक कठिनाईको सामना गरिरहेका थिए । तब धेरै भियतनामीहरु बीच जुवा खेलमा संलग्न हुन थाले । जुवामा लत परेकाहरुले भियतनामीहरुबाटै ऋण वा सापटी लिएरै भएपनि जुवा खेले । जसमा धेरैले लिएको ऋण जुवामै गुमाए ।
मे ९ तारिख साँझ आइची प्रिफेक्चुरल प्रहरी अन्वेषकहरुले ६ जना भियतनामी पुरुषहरुलाई बन्धक बनाएर राखिएको अवस्थामा ईचिनोमियाको एउटा अपार्टमेन्टमा भेट्टाएका थिए । सबैले भने कि उनीहरुसंग ऋण छ र उनीहरु मध्ये केहिलाई उनीहरुका आफन्तहरुलाई भियतनाममै ऋण तिर्न धम्की दिइएको थियो । ६ जना पीडित मध्ये एकले कथित रिंग लीडरबाट ९००,००० येन ऋण लिएको खुलाएका छन् ।
प्रहरी कार्यालयले घटनामा आठ जना भियतनामी पुरुषलाई पक्राउ गरेको छ । अक्टोबर १२ मा नागोया जिल्ला अदालतले उनीहरु मध्ये तीन जनालाई दोषी ठहर सहित कैद सजाय सुनाएको छ । यस्तै केसहरु जापानका अन्य क्षेत्रहरुमा पनि घटेको पाईएको छ । जनवरीदेखि सेप्टेम्बरसम्म कम्तीमा ४२ भियतनामीलाई नाफा वा फिरौतीको लागी अपहरण गरेको शंकामा गिरफ्तार गरिएको प्रहरी तथ्यांक छ ।
राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार १० बर्षको अवधिमा २०१९ सम्म कुनै भियतनामी अपहरण आरोपमा गिरफ्तार परेका थिएनन् । तर २०२० मा १० जना भियतनामीहरु यस्तो आरोपमा पक्राउ परेका थिए । यस बर्ष जनवरीमा १२ भियतनामीहरुलाई शिजुओका प्रान्त प्रहरीले एक भियतनामी प्राविधिक अपहरण गरी २५ लाख येन फिरौती मागेको आरोपमा पक्राउ गरेको थियो ।
जुनमा, १२ भियतनामी हिरोशिमामा कथित रूपमा एक भियतनामी व्यक्ति बाट लगभग ३१ मान येन जबरजस्ती करणी गरेको र गिरफ्तार गरेको आरोपमा गिरफ्तारमा परेका थिए । जापानमा नेपाली समुदायमा पनि जुवा खेल्ने तथा देखासिकिमा कथित अनलाईन व्यापारको नाममा ऋण काढेर भनेपनि गरिने खर्च र लगानीले धेरैले करोडौं रुपैयाँसम्म गुमाएको पाईएको छ ।
राजधानी टोकियो क्षेत्रका ईकेबुकुरो, ओकुबो जस्ता क्षेत्रहरुमा सामुहिक रुपमा भेला भएर लाखौं खेलको जुवा खेलेको र जीत हारको चर्चा यहाँको नेपाली समुदायमाझ हुने गरेको छ । त्यसैले भियतनामीहरुमा मौलाएको जुवा खेल र विकसित आपराधिक बाटोबाट सिकेर बेलैमा सचेत हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-