बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरिया जाने रोष्‍टरमा समावेश नेपाली कामदारकालागि थप समय दिइने

भाषा परीक्षा गराउन सरकार अनिच्छुक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ६, २०७८ १०;२१ बिहान प्रकाशित
कात्तिक १० गते ५० जना कामदार कोरिया जाँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ- काेरियन भाषा परीक्षा पास गरी दक्षिण कोरिया जान नपाएका नेपाली कामदारको समय थपिने भएको छ । भाषा परीक्षा पास गरेर रोष्‍टरमा नाम रहेका नेपाली कामदारका लागि काेरिया राेजगारीमा जाने समय थपिने भएको हो ।

कोभिड-१९ को महामारी सुरु भएपछि नियमित रुपमा जानुपर्ने कामदार कोरिया जान पाएका छैनन् । यसअघि पनि रोष्‍टरमा नाम रहेका नेपाली कामदारको एक वर्ष समय थपिएको थियो । पुन: रोष्‍टरमा करिब ६ हजार नेपाली कामदारको संख्या रहेको राउतले जानकारी दिए । कामदारको समय ६-६ महिना थप गर्न लागिएको उनले प्रस्ट पारे । विविक कारणले रोष्‍टरमा रहेका कामदार जान नपाएमा समय थप गर्ने व्यवस्था पनि रहेको उनले जानकारी दिए ।

सन् २०१८- १९ मा भाषा परीक्षा पास गरेका कामदारको समय थप्‍न कोरिया सहमत भएको ईपीएस कोरिया शाखाले जनाएको छ । नियमित रुपमा कोरिया जान नपाएका र रोष्‍टरमा नाम रहेकाहरूको समय थप्‍न इच्छुक भएको शाखाका निर्देशक सुरेश राउतले इकागजलाई बताए । पछिल्लो समय विश्‍वभर कोभिड महामारी सुरु भएपछि भाषा परीक्षा पास गरेकाहरू कोरिया जान पाएका थिएनन् । कोरियाले पनि विदेशी कामदारलाई प्रवेशमा रोक लगाएको थियो ।

कोरियाले ईपीएस प्रणालीबाट १६ मुलुकबाट कामदार लाने गरेको छ । नेपालबाट भाषा परीक्षा गरेका कामदारहरूको संख्या कटौती नहुने राउतको दाबी छ । ‘कमिटेड कामदारलाई पठाइसकेपछि मात्र भाषा परीक्षामा उत्तिर्ण गरेकालाई लैजाने प्रक्रिया अगाडि बढाइन्छ,’ उनले भने ।

कोरियास्थित विभिन्‍न कम्पनीले कामदारको माग गरेमा जुनसुकै समयमा कामदार पठाउन सकिने राउतको भनाइ छ । कोरिया सरकारले कामदार लैजानकालागि सहजीकरण मात्र गर्छ । मुख्य कामदारको माग कम्पनीले गर्ने गरेको उनले जानकारी दिए ।

महामारी सुरु भएको करिब दुई वर्षपछि कोरियाले पहिलोपटक ‘कमिटेड’ कामदार लाने भएको छ । (कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक्ट लिएर आएकाहरू) । कोरियाको मानव संशाधन सेवाबाट प्राप्‍त निर्देशन अनुसार कमिटेड कामदारको भिसा प्राप्‍त भएकाहरू जान पाउने भएका हुन् । आगामी १० गते पहिलो चरणमा ५० जना कामदार लैजाने भएको हो ।

गत २ वर्षदेखि विविध कारणले करिब १० हजार नेपाली कामदार कोरिया जान नपाएर स्वदेशमा रोकिएका छन् । ईपीएस शाखाले पहिलो चरणमा कमिटेड कामदार पठाइसकेपछि र कोभिड नियन्त्रणको अवस्था हेरेर थप कामदार पठाउन पहल गर्ने भएको छ ।

कोरियाले निरन्तर कामदार लान थालेपछि नेपालले पनि त्यसअनुसार कति कामदार पठाउन सकिन्छ त्यस विषयमा निर्णय गर्ने भएको छ । राउतले कमिटेड कामदार लैजान थालेपछि मात्र नेपालको तर्फबाट गर्नुपर्ने काम गरिने बताए ।

भाषा परीक्षा अन्यौल
कोरियाले परीक्षार्थीको भाषा परीक्षा लिन आग्रह गरे पनि नेपालले परीक्षा सञ्‍चालनगर्न सकेको छैन । रोकिएका कामदार पठाउन कोरिया जान थालेपछि भाषा परीक्षा सञ्‍चालनगरिने निर्देशक राउतको भनाइ छ । भाषा परीक्षा सञ्‍चालनगरी परीक्षार्थी पास हुँदा थप कामदारको संख्या नेपालमा रोकिने भएको हो । कोभिड नियन्त्रण हुन नसकेकाले पनि परीक्षा सञ्‍चालनगर्न नसकेको हो । शाखाले अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने तयारी गरेको छ । यस अघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरिएको थियो ।

श्रम स्वीकृति प्राप्‍त गरी ६५ हजार नेपाली कामदार कोरिया गइसकेका छन् । नेपालीहरू कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन् । सन् २००७ देखि वैधानीक रूपमा भाषा परीक्षा गरी नेपाली कामदार कोरिया जान थालेका हुन् ।

सन् २०२० को मार्चदेखि कोभिडका कारण नेपाली कामदार जान पाएका छैनन् । अब भने कोरियाले ‘कमिटेड’ भिसा वाहक १ सय १९ जना कामदारलाई लाने भएको छ । यसअघि कोरियाले महामारीको बिचमा पनि भियतनाम, मंगोलिया लगायत विभिन्न मुलुकबाट कामदार लिन थालिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!