तपाई एक जना रोजगारदाताकहाँ मात्र फूल टाइम काम गर्नु हुँदैन केही फरक फरक रोजगारदाताकहाँ काम गर्नु हुन्छ र कयौं क्लाइन्टहरुसँग फ्रिलान्सरका रुपमा करार गर्नु भएको छ भने पनि वर्क भिसा पाउन सकिन्छ । यस प्रक्रियालाई प्रायः स्वयम प्रायोजन भनिन्छ । स्वयम् प्रायोजन भिसा भन्ने कुनै श्रेणी त छैन । तर तपाईले ‘इन्जिनियर/ मानविकी र अन्तरराष्ट्रिय सेवामा विशेषज्ञ’ जस्ता साधारण खालका वर्किङ भिसाका लागि आवेदन दिन सक्नु हुनेछ ।
यसका लागि तपाईले आफूले पहिला नै जापानमा आफूलाई टेवा दिन पर्याप्त हुने आम्दानी (मासिक कम्तिमा पनि २ लाख येन) कमाउँछु भन्ने देखाउन फरक फरक रोजगारदाता / क्लाइन्टसँग स्थिर खालको करारमा हस्ताक्षर गरेको छु भन्ने प्रमाणीत गनु जरुरी छ । तपाईले जापानमा कुनै कार्यालय नै नभएका विदेशी कम्पनीसँगको करार गर्नु भएको छ भने यसले काम गर्दैन । तर जापानी कम्पनीहरुबाटै पर्याप्त हुने आम्दानी सुरक्षित गरिसक्नु भएको छ भने चँहि तपाईले विदेशी कम्पनीका लागि पनि काम गर्न सक्नु हुन्छ ।
यसका लागि दर्ता प्रमाणपत्र, वित्तीय विवरण, जापानमा मुख्य रोजगारदाता / क्लाइन्टले तलबबाट कर कट्टा गरेको विवरण र मुख्य भिसा प्रायोजकको आवेदन फारममा उनीहरुले आफ्नो आधिकारिक छाप लगाइदिएको लगायत केही कागजपत्र पनि चाहिनेछ । तपाई जापानमै नयाँ व्यवसाय शुरु गर्ने योजनामा हुनु हुन्छ तर स्थिर खालका क्लाइन्टहरु भेट्नु भएको छैन भने तपाईले ‘लगानीकर्ता / व्यवसाय व्यवस्थापक भिसा’का लागि आवेदन दिनेबारे पनि विचार गर्न सक्नु हुन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-