काठमाडौं : वैदेशिक रोजगार बोर्डले बीमाको रकम मृतक कामदारको परिवारको बैंक खातामा पठाउने व्यवस्था गर्न लागिएको बताएको छ । मृतकको आश्रित परिवारलाई बोर्डले प्रदान गर्ने आर्थिक सहायता रकम आश्रित परिवारको बैंक खातामा पठाउने भएपनि बीमाको रकम लिन काठमाडौं नै धाउनु पर्ने बाध्यता थियोे ।
बोर्डले बीमाको रकम पनि बोर्डको आर्थिक सहायता पठाइने खातामा नै पठाउने गरी तयारी अघि बढाएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताएका छन् । वैदेशिक रोजगार ऐन अनुसार करार अवधि भित्र वा करार नाघेको एक वर्षभित्र वैदेशिक रोजगारमा गएको कामदारको श्रमिकको मृत्यु भएमा बोर्डले सात लाख रुपैयाँ पठाउने गरेको छ ।
बोर्डले बीमा रकम पठाउने विषयमा बीमा समिति, वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी बीमा गर्ने बीमा कम्पनी लगायतसँग छलफल गरिरहेको र बीमा कम्पनीहरूले बोर्डले रकम पठाउने खातामा नै बीमा रकम पठाउन सहमति जनाएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-