बैदेशिक पोष्ट
२०८२ माघ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यस्तो छ सुनील सेट्टीको नेपालमा सुटिङ र बसाइको सेड्युल

हलिउड वेभसिरिजबाट नायिका अनुबन्द गर्ने तयारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
कार्तिक १०, २०७८ १२;३६ मध्यान्ह प्रकाशित
यस्तो छ सुनील सेट्टीको नेपालमा सुटिङ र बसाइको सेड्युल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । बलिउड अभिनेता सुनील सेट्टी आउँदो फेब्रुअरीको तेस्रो साता नेपाल आउने भएका छन् । नेपाली कथानक चलचित्र ‘एक्स–९’ को छायांकनका लागि उनी नेपाल आउन लागेका हुन् । उनी ६ दिन नेपालमा रहनेछन् ।

चलचित्रमा उनको छायांकनको सिन सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा रहेको छ । बडिमालिका, खप्तड, बैतडीको पाटन र कैलालीका विभिन्न क्षेत्रमा सेट्टीको छायांकन हुनेछ ।

“चलचित्रका मुख्य भूमिकामा रहने कलाकारमध्ये उहाँ पनि एक हो । बलिउडको ठूलो फिगर भएका कारण मात्रै उहाँलाई हामीले समावेश गरेका होइनौँ । कथाको डिमान्डले नै उहाँ समावेश हुनुभएको हो,” एक्स–९ का निर्देशक मुकुन्द भट्टले भने, “स्क्रिप्टमा काम गर्दा को कलाकार फिट हुन्छ भन्ने थियो । अप्सनमा अरू पनि धेरै कलाकार थिए । तर, उहाँले अफर स्वीकार गरेपछि हामीले अप्सनमा जानै परेन ।”

आफूले स्क्रिप्ट सुनाउँदा सुनीलले सुरुमै मन पराएको मुकुन्द सुनाउँछन् । “मैले स्क्रिप्ट पिच गर्दा नै उहाँले यस्तो चलचित्र नेपालमा पनि बन्छ ? भनेर भन्नुभयो,” मुकुन्द भन्छन्, “मेरो चलचित्र एलसी हेर्नुभएको रहेछ । एलसी–२ पनि हेरिसकेकाले उहाँले एलसी–२ को सटको प्रशंसा पनि गर्नुभयो । त्यसैले यो प्रयास र प्यासनका लागि प्रभावित भएको भन्दै तपाईंसँग काम गर्न तयार रहेको बताउनुभयो ।”

चलचित्रका लागि १२ करोड रुपैयाँ अनुमानित बजेट लाग्ने मुकुन्द बताउँछन् । यद्यपि, उनले सुनीललाई दिएको पारिश्रमिक भने खुलाउन चाहेनन् । उनको सुटिङ सक्न करिब १२ दिन लाग्नेछ । नेपालबाहेक स्कटल्यान्डमा पनि सुनीलले छायांकन गर्नेछन् । घुमघाम र आउन–जान गरेर करिब २० दिन लाग्ने उनी सुनाउँछन् ।

नेटफ्ल्क्सि, अमेजन अथवा हटस्टारलगायत डिजिटल प्लेटफर्ममा चलचित्र रिलिजका लागि आफूले बलिउडको ठूलो अनुहारलाई लिएर चलचित्र बनाउन लागेको उनी बताउँछन् । यसका लागि हलिउडबाट नायिका लिने तयारी गरिरहेको उनले जानकारी दिए । वेब सिरिजमा काम गरिरहेकी नायिकासँग अनुबन्धका लागि तयारी भइरहेको उनको भनाइ छ ।

“यो सबै गर्नुका पछाडि हाम्रो मुख्य उद्देश्य नेपाली चलचित्रलाई इन्टरनेसनल बजारमा लैजाने हो । बलिउड र हलिउडका ठूला फिगरलाई लिइयो भने विश्वभरका दर्शकको पहुँचमा रहेका डिजिटल प्लेटफर्ममा जान सहज हुन्छ भन्ने पनि हो,” निर्देशक मुकुन्द भन्छन्, “अब पनि हामीले अन्तर्राष्ट्रिय बजारमा जान सकेनौँ भने ढिलो हुन्छ । कम्तीमा विदेशी बजारको ढोका खोल्यौँ भने यसपछिलाई सहज हुन्छ भन्ने हाम्रो उद्देश्य हो । यदि, हामी यो चलचित्रमा सफल भयौँ भने नेपाली चलचित्रले बजारका लागि फेरि पछि फर्किएर हेर्नु पर्दैन ।”

‘एक्स–९’ फेब्रुअरीबाट छायांकन हुनेछ । छायांकनका लागि अहिलेबाटै वर्कसप सुरु भइसकेको छ । एक्सन, जिम, एक्टिङको वर्कसपमा निर्माण युनिट जुटिसकेको छ ।

सुनीलको नेपाल आगमनलाई पर्यटनसँग पनि जोड्ने प्रयास गरिरहेको निर्देशक मुकुन्द बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्ने प्रस्तावको योजना बनिरहेको उनको भनाइ छ । “पर्यटन व्यवसाय सुस्ताइरहेको यो समयमा सुनीलको नेपाल भ्रमणलाई पर्यटनसँग पनि जोडेर हेर्न सकिन्छ । सगरमाथाको बेसक्याम्प, लुम्बिनी, जनकपुरजस्ता ठाउँमा घुमाउन सकियो भने भारतसहित विश्वका धेरै देशमा सकारात्मक सन्देश जान्छ । त्यसैले यसका लागि सरकारले सहयोग गरोस् भन्ने हाम्रो मनसाय हो । तर, यो प्रस्ताव हामीले गरिसकेका छैनौँ ।”

‘एक्स–९’ आउँदो वर्षको दसैँमा रिलिज गर्ने मुकुन्द बताउँछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!