तामिल सुपर स्टार अजित कुमारको अभिनय रहेको एक्सन थ्रिलर फिल्म ‘भलीमाई’ ले पुष्पाले बनाएको रेकर्डहरु तोड्ने फिल्म समिक्षकहरुको दाबी गरेका छन्। एक अर्ब ५० करोड लगानीमा बनेको यो फिल्मले प्रदर्शन अगाडि नै लगानी उठाइसकेको थियो।
पहिलो दिन ग्रस कलेक्सन १ अर्ब पार गरेको फिल्मको दोस्रो दिनको ब्यापार ६० करोड आशपाश गरेको हो । अजितको फिल्म हिन्दीमा समेत डब गरिएको छ।
हिन्दी फिल्म निर्माण गर्दै आएका बोनी कपुर निर्माता रहेको फिल्ममा बलिउड नायिका हुमाका कारण हिन्दीमा समेत राम्रो ब्यापार गरिरहेको छ। यो फिल्मले एक्लै तामिलनाडु बक्स अफिसबाट मात्रै पहिलो दिन ३७ करोड १७ लाखको ब्यापार गरेको थियो। दोस्रो दिन फिल्मले तामिलनाडुमा मात्रै २४ करोड ६२ लाखको ब्यापार गरेको छ।
हिन्दी र तेलगु भाषामा समेत डब भएको यसको गति हेर्दा साढे तीन अर्बको ब्यापार गरेको पुष्पालाई जित्ने आंकलन फिल्म व्यापारका जानकारहरुको अनुमान छ।
प्रतिक्रिया लेख्नुहोस्:-