बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्रोएसिया रोजगार नेपाल र बंगलादेशबाट स्थगित, यस्तो छ कारण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १०, २०७८ २१;२९ मध्यान्ह प्रकाशित
क्रोएसिया रोजगार नेपाल र बंगलादेशबाट स्थगित, यस्तो छ कारण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कात्तिक १०, काठमाडौँ | नेपालबाट वैदेशिक रोजगारीको लागि क्रोएशिया जान चाहने युवाहरुको संख्या बढेसंगै अवैध क्रियाकलाप बढेको पाईएपछि क्रोएसिया रोजगारीनै प्रभावित भएको छ । भारतस्थित नेपाल र बंगलादेश समेत हेर्ने क्रोएसियाको दुतावासले नेपाल र बंगलादेशबाट दुतावास पुगेका कागजातहरुमा स्टाम्प गर्ने कार्य रोकिएको छ ।

दुतावास स्रोतबाट प्राप्त जानकारी अनुसार दुतावासमा नेपाल र बंगलादेशबाट क्रोएसिया रोजगारको लागि भन्दै अवैधानिक कागजातहरु पेश भएको बताइएको छ । नेपालबाट पुलिस रिपोर्ट र परराष्ट्रको प्रमाणीकरणको समेत नक्कली कागजात दुतावासमा रिपोर्ट भएका छन् । त्यसो त रोजगारदाताको वर्कपरमिटहरु समेत नक्कली हुने गरेका छन् ।

क्रोएसिया रोजगारको काममा सपोर्ट गर्दै आएका एक म्यानपावर व्यवसायीले बताए अनुसार नेपालबाट रोजगारको लागि जान प्रक्रिया सुरु गरेका युवाहरु आफैले क्रोएसियाको रोजगारदाताले दिएको भनिएको वर्क परमिट सहि छ वा गलत भन्नेबारे जानकारी लिन दुतावासलाई इमेल पठाउन सकिन्छ । जसलाई दुतावासके भेरिफाइ गरि १/२ दिनमै रिप्लाई पठाउने गरेको छ । पछिल्लो समय दुतावासको इमेलमा युवाहरुले कयौं वर्कपरमिट बारे जानकारी लिने गरेका छन् । त्यसरी जानकारी लिँदा दुतावासले क्रोएसिया रोजगारको लागि आउने कयौं वर्कपरमिटहरु फेक पाएको छ ।

क्रोएसिया रोजगारमा पठाउन सक्रिय एजेन्टहरुले युवाहरुसँग आर्थिक लेनदेन गर्नको लागि तथा ठगि गर्नको लागि फेक वर्क परमिट बनाई दिने र पैसा लिने गरेका छन् । जसलाई युवाहरुले भेरिफाई गर्ने क्रममा दुतावासमा सो को जानकारी लिने गरेका छन्, यस क्रममा पनि दुतावासले नेपाल र बंगलादेशमा क्रोएसिया रोजगारको नाममा ठगि तथा अवैधानिक काम बढेको नियमित रिपोर्ट पाईरहेको छ ।

पछिल्लो समय नेपालमा कोरोना महामारीको जोखिम घटेर वैदेशिक रोजगार चलायमान भएसंगै एजेन्टहरु सक्रिय हुँदा अवैधानिक कागजातका रिपोर्ट तथा प्रक्रियाकै क्रममा फेक पुलिस रिपोर्ट र वर्क परमिटहरु दुतावासमा पुग्ने क्रम बढेको एक म्यानपावर व्यवसायीले बताए । ति व्यवसायी अनुसार फेक डकुमेन्टका कारण दुतावासमा कामको चाप बढेको छ । एकै दिनमा दुई सयको हाराहारीमा स्टाम्पको लागि डकुमेन्ट सब्मिट हुने गरेको छ । ति व्यवसायीले केहि एजेन्टहरुले पुलिस रिपोर्टमा दुतावासको छाप लगाएकै आधारमा समेत नेपालमा युवाहरुसँग पैसा अशुल्ने गरेको बताए । उनले भने ‘वर्क परमिट नआएसम्म क्रोएसिया रोजगारको लागि ग्यारेन्टी हुँदैन । केहि एजेन्टहरुले पुलिस रिपोर्टमा दुतावासको छाप लगाएको देखाएर दुतावासमा काम हुँदै गरेको भनि पैसा अशुली गरेका छन् ।’ ति व्यवसायीका अनुसार पहिले काठमाडौँ तथा भारतमा रहेको VFS ले क्रोएसियाको वर्क परमिटको भेरिफाई गरेर मात्र दुतावासमा स्टाम्पको लागि पठाउने गरेकोमा अहिले VFS कागज हेरेकै आधारमा VFS प्रक्रिया पुरा गरि दुतावासमा पठाउने गरेको कारण दुतावासमा धेरै भन्दा धेरै फेक कागजातहरु पुगेका छन् ।

क्रोएसिया रोजगारमा पठाउदै आएका अर्का एक व्यवसायीका अनुसार पछिल्लो समय नेपालका एजेन्टहरुले सिधा क्रोएसिया स्थित कम्पनीसँग नभई भारतका एजेन्टहरु मार्फत क्रोएसिया रोजगारको काम गर्दा धेरै अवैधानिक काम भएका छन् । डिमाण्डमा तेश्रो पक्ष सक्रिय हुँदा आर्थिक अशुलीको लागि अवैधानिक कामहरु बढेको उनको बुझाई छ । दुतावासले स्टाम्प हान्न रोकेसंगै झन्डै ८ सयको हाराहारीमा नेपालबाट क्रोएसिया रोजगारको प्रक्रियामा रहेका युवाहरु अन्यौलमा परेको उनले बताए ।

गत आर्थिक वर्षमा मात्र नेपालबाट एक हजार ७३ जनाले क्रोएसिया रोजगारको लागि व्यक्तिगत श्रम स्वीकृति लिएका थिए । चालु आर्थिक बर्षको साउन र भदौमा क्रमश २२४ जना र २९० जना गरि दुई महिनाको अवधिमै ५१४ जनाले क्रोएसिया रोजगारको लागि श्रम कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिएका छन् । जसमध्य महिलाको संख्या १२६ जना रहेको छ ।

क्रोएसियामा रोजगारको लागि म्यानपावरहरुले डिमाण्ड निकाल्न सकेका छैनन् । संस्थागत रुपमा डिमाण्ड पाउन सम्बन्धित देशमा नेपाली दुतावास हुनुपर्ने र दुतावासले प्रमाणीकरण गरेपछि मात्र म्यानपावरहरुले संस्थागत रुपमै क्रोएसिया रोजगारमा पठाउन पाउँछन् । तर संस्थागत रुपमा रोजगारमा पठाउन नसकेपछी व्यक्तिगत श्रम स्वीकृतिमा क्रोएसिया रोजगारमा पठाईदै आएको छ । यस कार्यमा केहि म्यानपावर व्यवसायीको समेत संलग्नता छ । वैदेशिक रोजगारीको लागि सरकारले संस्थागत रुपमा (म्यानपावर कम्पनी मार्फत)एक सय १० देश र व्यक्तिगत रुपमा जानको लागि एक सय ७२ देश खुला गरेको छ । जस अन्तर्गत क्रोएसियामा पनि संस्थागत रुपमा नै जान सकिने व्यवस्था छ । तर क्रोएसियाको लागि नेपालमा संचालित कुनै पनि म्यानपावर कम्पनीले आधिकारिक रुपमा डिमाण्डको पुर्व स्वीकृति लिएका छैनन् । हालको नीति अनुसार म्यानपावर (संस्थागत) र सरकार (जिटुजि, उदाहरण इजरायल र दक्षिण कोरिया) बाहेक अरुलाई वैदेशिक रोजगारमा पठाउन स्वीकृति छैन । यस्तो अवस्थामा क्रोएसिया जान चाहने युवाहरुले कुनै व्यक्तिलाई विश्वास गरेर उसैलाई अग्रिम ५० हजार देखि १ लाखसम्म र वर्क परमिट पाएपछि ५ देखि ८ लाखसम्म तिरेर क्रोएसिया जान पर्ने बाध्यता छ । यो बाध्यताको कारण प्रक्रिया सुरु गर्दा अग्रिम बुझाएको पैसाको कारण धेरै युवाहरु समस्यामा पर्ने गरेका छन् । कतिपयले क्रोएसिया पठाउने भन्दै पैसा लिने र प्रक्रियानै सुरु नगरेर १/२ बर्षसम्म झुलाउने गरेका छन् भने कतिपयले अवैध कागजात देखाई कयौ युवाहरुसँग आर्थिक अशुली गरेरसम्पर्क बिहिन समेत हुने गरेका छन् ।

साझा सबाल मिडियाले संचालन गरेको ‘वैदेशिक रोजगार एप’ मार्फत आएका इमेलहरुमा समेत क्रोएसियामा रोजगारीको लागि भन्दै अग्रिम रुपमा ५० हजार देखि १ लाख डिपोजिट मागिएको, डिमाण्ड तथा वर्क परमिट सहि हो कि होइन जस्ता जस्ता गुनासाहरु आउने गरेका छन् । ‘नजाउँ अरु गएका छन्, श्रम स्वीकृति लिएरै गएका छन्, जाउँ भनेर प्रक्रिया सुरु गर्यो श्रम स्वीकृति नआउँदासम्म अग्रिम बुझाएको पैसा ठगि हुन्छ कि भन्दै टाउको दुखाउनु पर्ने बाध्यता छ । संस्थागत रुपमा जान पाउने भएको भए कम्तिमा पैसा फसिहाले पनि फिर्ता लिने आधार त हुन्थ्यो ?’ एक युवाले सामाजिक संजालमा प्रतिक्रिया लेखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!