काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया खुला भएको छ । कोरोना भाइरस महामारीका कारण मलेसियाले विदेशी कामदारको प्रवेशमा लगाएको प्रतिबन्ध हटाइएको नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मलेसिया प्रवेशका लागि पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ भने मलेसिया पुगेपछि तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी क्वारेन्टाइनमा बस्नुपर्ने छ। दुतावासले मलेसिया जाँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता दिएको खोपको पूरा मात्रा लगाएको हुनुपर्ने शर्त राखेको छ ।
नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियामा हाल एक लाख असी हजारको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका छन् । नेपालमा सञ्चालनमा रहेका मध्ये आधाभन्दा बढी म्यानपावर कम्पनीले मलेसिया कामदार पठाउने गरेका छन् । हाल बन्द प्रायः रहेका म्यानपावर कम्पनी मलेसिया खुलेसंगै सक्रिय देखिन थालेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-