बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अष्ट्रेलियामा बजार खुल्न थाले, विदेशी विद्यार्थी नफर्किँदा कामदार अभाव

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १२, २०७८ १६;२६ मध्यान्ह प्रकाशित
अष्ट्रेलियामा बजार खुल्न थाले, विदेशी विद्यार्थी नफर्किँदा कामदार अभाव
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । दुई वर्षसम्म कहिले हटाइने त कहिले लगाइने लकडाउनपछि ‘जमघट’ लागि अष्ट्रेलिया तयार भएर बसेको छ । तर कामदार र विदेशी विद्यार्थी आ-आफ्नो घर गएकाले रेष्टुरेन्टदेखि खेलकुद केन्द्रसम्म कर्मचारीको अभाव देखिन थालेको छ ।

त्यस्तै, कडाइका साथ सीमा बन्द गरिएको हुँदा बजारमा अनौपचारिक कामदार (क्याजुअल वर्कर्स) को अभाव देखिन थालेको छ । अर्थतन्त्र खुला भएको छ । तर सिड्नीज अल सिजन्सजस्ता हस्पिटालिटी केन्द्रित फर्मले सेवा दिन सकेका छैनन् ।

सर्वसाधारणको भीड हुने व्यवसायमा सबैभन्दा धेरै श्रम अभाव देखिएको रोएटर्सले जनाएको छ । सरकारी तथ्याङ्कअनुसार रोजगार भिसा पाएका गैरआवासीय कामदारको संख्या गत वर्षदेखि यो वर्षको जुनसम्म दुईतिहाइले घटेको छ ।

अन्य देशबाट पढ्न आउने विद्यार्थीको संख्या समेत त्यसरी नै घटेको भिक्टोरिया विश्वविद्यालयका शिक्षा नीतिसम्बन्धी सोधकर्ता पिटर हर्लीले बताए । हाल अष्ट्रेलियामा रहेका विद्यार्थीको संख्या महामारी शुरु हुँदाको भन्दा झण्डै आधाले कम छ ।

२२ लाख अनौपचारिक कामदार बस्ने सिड्नीमा चार महिनापछि लकडाउन हटाइएको छ । तर त्यहाँ काम गर्ने मानिस फेला पार्न कठिनाइ भइरहेको छ ।

न्यू साउथ वेल्स राज्य सरकारले विदेशी विद्यार्थीलाई पुन: ल्याउने तयारी गरेको छ । श्रम अभाव पूर्ति गर्न अष्ट्रेलिया प्रवेश गर्न पाउने विद्यार्थीको संख्या महामारीपूर्वको तुलनामा दोब्बरले बढाएर हरेक वर्ष ४ लाख पुर्‍याउने राज्य सरकारको भनाइ छ ।

देशभर १६० पब (रक्सी पसल) र क्लब सञ्चालन गर्दै आएको अष्ट्रेलिया भेन्यु कम्पनीले तीन महिनाभन्दा बढी बस्ने नयाँ किचेन तथा फ्लोर स्टाफलाई एक हजार अष्ट्रेलियन डलर बराबरको भौचर दिने बताएको छ । कर्मचारी नभेटिएपछि कम्पनीले यस्तो अफर गरेको हो ।

सिड्नीमा विश्वविद्यालय, व्यवसायिक तथा सरकारी भवनलाई सुरक्षा प्रदान गर्दै आएको एमएसएस सेक्युरिटी कम्पनीले हरेक वर्ष उद्योगमा चाहिने तालिममा १० लाख डलर खर्च गर्ने बताएको छ । त्यस्तै, गत वर्षको शुरुदेखि खाली रहेको पद चार सय पद पूर्ति गर्न सघाउने कम्पनीका प्रबन्ध निर्देशक जीओफ एलकले बताए ।

यता बोन्डी बीचस्थित पोम्पेई नामक लोकप्रिय इटालियन कम्पनी आफ्ना आधा कर्मचारी देश छोडेका कारण आफ्नो सेवा सीमित पार्ने बताएको छ । लकडाउनमा समेत घर-घरमा खाना डेलिभरी गरेको सो कम्पनीका मालिक जर्ज पोम्पेईले २० वर्षपछि पहिलो पटक शनिबार र आइतबार रेन्टुरेन्ट बन्द गर्न लागेको बताए ।

सम्भावित व्यक्तिलाई रेष्टुरेन्टमा काम गर्न आएबापत् २ हजार अस्ट्रेलियन डलर अग्रीम बोनस (साइन अन बोनस) भनेर विज्ञापन गर्दा पनि अन्तर्वार्ता दिन कोही नआएको पोम्पेईले गुनासो गरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!