बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेश जाँदा ऋण, गाउँमै पशुपालनबाट सन्तुष्टि

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, बिजनेश
कार्तिक १४, २०७८ ०८;५८ बिहान प्रकाशित
विदेश जाँदा ऋण, गाउँमै पशुपालनबाट सन्तुष्टि
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

गलकोट : पछिल्लो समय युवा वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गइरहेका बेला स्वदेश फर्केर व्यावसायिक उत्पादनमा लाग्ने युवाको संख्या बढ्दो छ । करिब दुई वर्ष दुबईमा काम गरी घर फर्किएका बागलुङ नगरपालिका–८ सिगानाका टीकाबहादुर क्षत्रीले रु १७ लाख लगानीमा एक वर्षअघिदेखि गाउँमै लक्ष्मी पशु कृषि फार्म सञ्चालन गरेका थिए । २५ वर्षका क्षत्रीले विदेश बसाईपश्चात् आफ्नै गाउँ ठाउँमा केही गरौँ भन्ने सोच लिएर व्यावसायिक काम आरम्भ गरेको बताउँछन् ।

‘१२ कक्षा पास गरी दुबई पैसा कमाउने सपना बोकेर गएको थिए, तर त्यहाँ जाँदा लागेको ऋणसमेत तिर्न सकिनँ,’ क्षत्रीले भने, ‘विदेश गएपछि बल्ल महसुस भयो कि विदेशमा गर्ने दुःख आफ्नै ठाउँमा गरे यही धेरै राम्रो गर्न सकिन्छ, विदेश गएको ऋणसमेत अब पशुपालनबाटै उकास्ने योजना छ ।’

त्यसपछि गाउँ आएर भैँसीपालन थालेको उनको भनाइ छ । ‘अहिले गोठमा १६ वटा भैँसी छन्, पोखराबाट रु एक लाख ५० हजार देखि दुई लाखसम्म पैसा तिरेर ल्याइएका भँैसी छन्, अझै थप गर्ने योजना छ, मासिक रु ९० लाख आम्दानी हुन्छ, अहिलेसम्म लगानी नउठे पनि घाटा भने भएको छैन,’ उनले भने ।
दैनिक ४० लिटर दूध बागलुङ बजारमा बिक्री गर्ने क्षत्री बताउँछन् । क्षत्री भन्छन्, ‘अहिले गाउँ घरमा युवा युरोप अमेरिका जानेको लर्को छ, त्यो लर्कोका कुरा सुन्ने र देख्ने मेरा घरका परिवारलाई मैले गाउँमै आएर पशुपालन गर्छु भनेर कुरा राख्दा बुबाआमा र श्रीमती खुसी हुँदै स्वदेश फर्कने अनुमति दिनुभएको थियो ।’

विदेशबाट गाउँमा आएर रु १७ लाख ऋण लिएर काम शुरु गरेको क्षत्रीले बताए । अहिले उहाँको गोठमा १६ वटा भैँसी छ । गोलभेँडा खेती लगाइएको छ । गोठको काम गर्न बुबा मानबहादुर र श्रीमती देवीले सघाएकी छन् । करिब ३० रोपनी जग्गा भाडामा लिएर फार्म र भैँसीका लागी घाँस रोपेको क्षत्रीले बताए। आगामी दिनमा कृषिलाई पनि अगाडि बढाउने र गाउँका युवालाई रोजगार दिने योजना उनको छ । अहिलेसम्म पालिका र वडाबाट कुनै अनुदान नलिएरै अगाडि बढेको क्षत्री बताउझछन् । पालिका र वडाबाट युवा लक्षित कार्यक्रम गाउँ–गाउँमा ल्याउने हो भने युवा विदेश पलायनबाट रोक्न सकिने क्षत्री बताउँछन् ।

बागलुङ नगरपालिका–४ लामाचौर, रमेटारका झण्डै एक हजार परिवारलाई खानेपानी पुर्याउने गरी सुरु भएको योजना बजेट अभावका कारण रोकिएको छ । ट्यांकी निर्माण भएको दुई वर्ष बित्न लाग्दासमेत लिफ्टिङका लागि आवश्यक पाइप, विद्युत्का संरचनाका लागि बजेट अभाव भएको हो । पानी जम्मा गर्न तयार पारिएका र वितरणका लागि तयार पारिएका ट्यांकी प्रयोगविहीन भएका छन् । आर्थिक वर्ष २०७५/०७६ बाट सुरु भएको योजना क्रमागत योजना हो । चालु आर्थिक वर्षमा यो योजनाका लागि गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले रु ३५ लाख बजेट विनियोजन गरेको थियो तर आयोजनाको बनेका पहिलो चरणका ट्याङ्कीमा पानी पुर्याउन एक करोड १५ लाख आवश्यक पर्छ । ‘विनियोजित रकमको काम भइसक्यो, बाँकी काम अगाडि बढाउन बजेट कुरेर बसेका छौँ,’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर ईश्वरीप्रसाद शर्माले भने, ‘पाइप, विद्युत्, मोटरलगायतका कामका लागि थप रु ७० लाख अपुग हुन्छ ।’

रु ११ करोड लागत अनुमान गरिएको योजनामा हालसम्म रु एक करोड ७६ लाख ८८ हजार मात्रै खर्च भएको छ । कालीगण्डकी किनारबाट लिफ्टिङ गरेर रमेटारमा पानी तान्ने योजना हो । सिधा उचाइ २४५ मिटर माथि छ लिटर प्रतिसेकेण्ड पानी तान्ने गरी योजनाको स्टमेट छ । ३२ एचपीको विद्युतीय मोटरले पानी तान्ने योजना छ । पहिलो चरणमा तानेको पानीलाई थप ७५ मिटर माथि पुर्याएर उपभोक्ताको धारामा वितरण गरिने शर्माले बताए । कालीगण्डकी किनारमा रहेको मुहानमा २०० घनमिटरको ट्याङ्की तयार भएको छ । पहिलो चरणमा पानी सङ्कलनका लागि १०० घनमिटरका दुई ट्याङ्की र त्योभन्दा माथि १०० घनमिटरका दुई र तीस घनमिटरको एक ट्यांकी निर्माण सम्पन्न भएको उपभोक्ता समितिका सचिव गणेश प्रसाद शर्माले बताए ।

‘हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ, काम धेरै बाँकी छन्,’ शर्माले भने, ‘बजेट थोरै थोरै गर्दै आउँदा बनेका संरचना जिर्ण हुने र नयाँ संरचना नबन्ने खतरा भयो, बस्तीको विकास भइरहेको लामाचौर र रमेटार क्षेत्रमा दिनदिनै पानीको आवश्यकता बढ्दै छ,’ उपभोक्ता समितिका सहसचिव श्यामप्रसाद शर्माले भने, ‘आयोजना सुरु हुँदा उपभोक्तामा पलाएको आशा निराशामा परिणत हुँदैछ ।’

गाउँ छेउमा रहेका कुवा तथा पँधेरकाको पानीका भरमा रहेका उपभोक्ताले तत्काल आयोजना सम्पन्न गर्न माग गर्दै आएका छन् । गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले उक्त आयोजनाको निरीक्षण गर्दै प्रदेशमा उपलब्ध स्रोत साधनको उचित प्रयोग गरेर आयोजना सम्पन्न गरिने आश्वासन दिए । खानेपानी महाशाखाका प्रमुख प्रेमप्रसाद डोटेलले प्रदेशमा न्यून बजेट भएकै कारण उपभोक्ताको आवश्यकताअनुसारको बजेट दिन नसकेको बताए । रासस

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!