बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डेनमार्कमा पञ्चेबाजाको प्रवर्द्धन गर्न ८०० किमिको यात्रा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १४, २०७८ १२;३९ मध्यान्ह प्रकाशित
डेनमार्कमा पञ्चेबाजाको प्रवर्द्धन गर्न ८०० किमिको यात्रा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाली भाषा र संस्कृति अब नेपालभित्र मात्र सीमित रहेन। शिक्षा र धन आर्जन एवं कामको खोजीमा अहिले विश्वका अनेक देशमा नेपाली पुगेका छन्। यसरी विभिन्न देशमा पुगेका नेपालीबाट नेपाली भाषा, कला एवं संस्कृतिको संरक्षणस्वरूप अनेक काम हुँदै आउका छन्। युरोपको उत्तरी क्षेत्रमा पर्ने डेनमार्कमा पनि नेपालीको बाक्लो उपस्थिति छ।

सुरूसुरूमा विद्यार्थीका रूपमा यहाँ आएका कैयौं व्यक्ति अहिले यहीँ स्थायी बसोबास गर्ने अनुमतिका साथ उच्चस्तरको व्यवसायीका रूपमा स्थापित भइसकेका छन्।

उनीहरूकै सक्रियतामा अहिले नेपालीभाषीका सन्तानका लागि नेपाली भाषा पठनपाठन भइरहेको छ। यसका अतिरिक्त यहाँ बेलाबेला नेपाली कला र संस्कृतिसम्बन्धी केही काम पनि भइरहेको छ। यसै सिलसिलामा डेनमार्कमा पटक पटक पञ्चेबाजा पनि घन्किएको छ।

डेनमार्कको राजधानी कोपनहेगनवाट ४०० किलोमिटर उत्तर पश्चिममा रहेको न्युचोपिङ मुर्स आईल्याण्डमा नेपालीभाषी भुटानीमार्फत पञ्चेबाजा घन्किएको हो। यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले सुखद आश्चर्यका रूपमा लिएका छन्।

संयुक्त राष्ट्र संघको शरणार्थी पुनर्स्थापना कार्यक्रमअन्तर्गत नेपालका शरणार्थी शिविरबाट सन् २००९ मा डेनमार्क पुगेका नेपालीभाषी भुटानीहरूलाई पञ्चेबाजा एकादेशको कथाजस्तै बनिसकेको थियो। ‘हामीले नै भुल्न लागेका थियौं, हाम्रा नातिनातिनाले त उही युट्यूवमा हेरे भने न थाहा पाउने हुन्,’ ६६ वर्षीय बृखबहादुर भण्डारीले सेतोपाटीसँग भने।

नौमती बाजा घन्काएर छोराको बिहे गर्ने सपना थियो, पूर्ण कठेतको। कोपनहेगनमा पञ्चेबाजा बजाउने मानिसहरू पाइन्छन् भनेर कसैले उनलाई सुनाइदियो। नेपाली पञ्चेबाजाको संरक्षण, प्रवर्धन र सम्वर्धनको मूल उद्देश्य राखेर कोपनहेगनमा ‘नेपाली बाजा समूह, डेनमार्क’ नामको दर्ता भएकै कल्चरल संस्था छ भन्ने सुनेपछि उनले बडो उत्साहपूर्वक बाजा समूहसँग सल्लाह नै नगरी छोराको बिहेको भोजको निमन्त्रणा कार्डमा उल्लेख गरिदिए ‘नौमती बाजा सहितको कार्यक्रम’ भनेर।

‘मैले छोराको बिहेमा नौमती बाजा बज्छ भनेर कार्डमै छापिसकेको छु, तपाईँहरूलाई हुँदैन भन्ने विकल्प छैन,’ उनले पञ्चेबाजा समूहसँग सम्पर्क गरी वार्ताको प्रारम्भ नै यही वाक्यबाट गरे।

‘एकछिन त छक्कै परेँ म उहाँको कुरा सुनेर। हामीसँग कुरा नै नगरी कार्डमा छाप्न उहाँको हामीप्रति कत्रो विश्वास? कोपनहेगनमा आफ्नै काम र परिवारका लागि व्यस्त वाद्यवादकहरू त्यो दिन भ्याउँछन् भ्याउँदैनन्। त्यो पनि १००, ५० किलोमिटर सम्म भए पनि लु न त २–४ घण्टा गएर बाजा बजाएर आऊँ भन्नु, त्यति टाढा कसरी सम्भव होला? के भन्नु के नभन्नु? एक छिन त अक्क न वक्क परेँ। मैले समूहको मिटिङ राखेर खबर गरौँला भनेर फोन राखिदिएँ,’ सहनाईवादक सुरेश छन्त्यालले सेतोपाटीसँग भने, ‘संस्थामा लामो छलफल गरेपछि यो निम्तालाई स्वीकार गर्ने निर्णय भयो। यस्तो महत्त्व दिएर कसैले बाजा बजोस् भन्ने चाहेको छ भने उनीहरूको मन मारिनु हुँदैन, जसरी पनि सम्भव बनाउनु पर्छ। यो यो हाम्रो पञ्चेबाजा समूहको धर्म हो। यसको छुट्टै सामाजिक महत्त्व र सन्देश पनि छ भन्ने निष्कर्ष पुगेपछि हामीले उक्त निमन्त्रणा स्वीकार गरेका हौँ’

नेपाली बाजा समूहका परिकल्पनाकार तथा वाद्यवादक यामलाल सुवेदीका अनुसार नौ जना वाद्यवादक र बाजागाजाका साथ बिहान पाँच बजे नै पञ्चेबाजाको टोली कोपनहेगनबाट निस्कियो। बिहान एघार बजेदेखि साँझ पाँच बजेसम्म बाजा बजिरह्यो। यो गीतमा बजाइदिनुस्, त्यो गीतमा बजाइदिनुहोस् भनेर फर्माइस आई नै रहे।

नेपालका प्रसिद्ध सहनाई वादक कसिन परिवारबाट प्रशिक्षित सुरेश छन्त्यालले आफ्नो कला देखाइ नै रहे। नेपाली बाजाका टोलीका नेतृत्वकर्ता यामलाल सुवेदी कहिले नाच्न पुग्थे त कहिले कर्नाल फुक्न। टोली सदस्य प्रभात किरण पनि त्यस्तै भ्याई नभ्याईको स्थितिमा थिए। सुरूमा नेपाली बाजाको चिनारी प्रभात किरणले गराए र त्यसलाई डेनिस भाषामा उल्था गरेर विक्रम तिवारीले सुनाए भनी वाद्यवादक जयलाल न्यौपानेले यस पङ्तिकारलाई सरसर्ती बताए।

कतिपय नेपालीनै बाजाको आवाज चर्को भयो भनेर झिजो मान्छन् तर त्यहाँ उपस्थित भएका डेनिस निम्तालुहरू भने पञ्चेबाजाको धुनमा घण्टौं नाचिरहे, झुमीरहे अनि वाद्यवादकहरूको प्रशंसा गरिरहे। ‘म त सारै छक्कै परेँ, कति मन पराएका हुन् विदेशीले पनि,’ वाद्यवादक राम लामिछानेले भने।

‘बाजा बजाउने मान्छे भन्नेबित्तिकै छुट्टै हेयको दृष्टिकोणले हेर्ने नेपाली सामाजिक मनोविज्ञानमा हुर्केर हो कि? खोई कस्तो होला’ भन्ने सोचिरहेको थिएँ। वाद्यवादकहरूप्रति उहाँहरूले देखाउनु भएको माया, सद्भाव, सम्मान र सत्कारप्रति आफू त नतमस्तक नै भएको अनुभव वाद्यवादक तथा गायक कृष्ण सुवेदीले बताए।

यसैगरी पञ्चेबाजा टोलीका सदस्य मुक्तिराम चापागाईँ भन्छन्, ‘बाजा बजाउनेलाई यसरी नै सबैले सम्मान गर्ने हो भने बजाउनेको हौसला मिल्छ। यो रमाइलोले मैले ८ घण्टा ड्राइभ गरेको छु भन्ने पनि भुलेछु। यसरी नेपालभित्रै लोप हुनलागेको पञ्चेबाजा उत्तरी युरोपमा फैलिँदै गएकामा त्यहाँका अन्य नेपालीहरूले पनि खुसी व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!