लुटपाटमा संलग्न भएको आरोपमा दुई जना नेपाली विद्यार्थी जापानमा पक्राउ परेका छन् । जापानको फुकुओका सहरको चुओ कुमा रहेको एउटा कन्भिनियन्स स्टोरमा लुटपाट गरेको आरोप अभियुक्तहरुमाथि लगाईएको छ । समाचार अनुसार अक्टोबर ३१ तारिख बिहानपख रातको समयमा कन्भिनियन्स स्टोरमा कार्यरत युवतीलाई कटर चक्कु (कागज आदि काट्ने सामान्य खालको धारिलो चक्कु) देखाएर धम्क्याएपछि बियर र चुरोट चोरेर अभियुक्तहरु फरार भएका थिए ।
दुवै जना नेपाली भएको र उनिहरु विद्यार्थी भिषामा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये एक सुवेदी थरका युवा र अर्काको परिचय खुलाईएको छैन । अभियुक्तहरुमाथि शनिवार मध्यरातपछिको समयमा कियोकावा, चुओ कु, फुकुओकाको एक कन्भिनियन्स स्टोरको अगाडि ह्वीलचेयरमा बसेका एक व्यक्तिको घाँटीमा चक्कु हानेर, त्यहाँ कायरत युवतीलाई धम्की दिएर बियर र चुरोट चोरेको आरोप लगाईएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै नेपाली युवा एउटै अपार्टमेन्टमा बस्दै आएका थिए । ३० गते राति उनिहरु बस्दै आएको कोठामा चर्को स्वरले कराएको भनि परेको उजुरीपछि छिमेकीको कोठामा छिर्ने प्रयास गर्ने जस्ता हर्कत समेत गरेका थिए ।
प्रहरीले पक्राउ परेर सोधपुछ गर्दा भने अभियुक्तहरुले आरोप अस्विकार गरेका छन् । प्रहरीका अनुसार आफुमाथिको आरोपमा उनिहरुले भनेका छन्-‘मलाई एक व्यक्तिले कन्भिनियन्स स्टोरमा जान भनेका थिए । मैले चक्कु देखाएर कसैलाई धम्क्याएको छैन ।’
प्रतिक्रिया लेख्नुहोस्:-