काठमाडौं : सरकारले वैदेशिक रोजगारीका लागि जोर्डनको मागपत्र प्रमाणीकरण शुरूवात गर्ने निर्णय गरेको छ । कार्यविधिको कारणले लामोसमय रोकिएको जोर्डनको मागपत्र प्रमाणीकरणलाई सहज बनाउने निर्णय गरेको परराष्ट्र मन्त्रालयका सह–सचिव हरिश्चन्द्र घिमिरेले बताएका छन् ।
जोर्डनबाट आउने मागपत्र नेपाली कन्सुलरले प्रमाणीकरण गर्दै आएकोमा वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण निर्देशिका २०७५ ले समस्या पारेको थियोे । निर्देशिकामा नेपाली नियोगले मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा पठाउने व्यवस्था छ । उक्त व्यवस्थाका कारण जोर्डनको मागपत्र प्रमाणीकरणमा समस्या रहेको थियो ।
सहसचिव घिमिरेले इजिप्टको कायरोस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गरी फेमिसमा अपलोड गर्ने बताए । जोर्डनमा अधिकांश नेपाली गार्मेन्ट कारखानामा काम गर्न जाने गरेका छन् । नेपाली कामदारलाई न्यूनतम मासिक ३ सय अमेरिकी डलर तलबका साथै खाना र आवासलगायतको सुविधा दिने गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-