सोमबारको तुलनामा मंगलबार सेयर बजारमा सुधार देखिएको छ। आज २३.७६ अंक वृद्धिसँगै परिसूचक २८४३ अंक कायम भएको छ। हिजो कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ४३ वटाको मात्र मूल्य बढेको थियो। मंगलबार भने १३१ कम्पनीको भाउ बढेको छ। त्यस्तै ४५ कम्पनीको मूल्य कम भएको छ भने १२ कम्पनीको मूल्य स्थिर छ।
कारोबार रकम भने सोमबारकझो तुलनामा आज घटेको छ। हिजो ७ अर्ब ७७ करोड बढीको सेयर किनबेच भएकोमा आज छ अर्ब बढीको मात्र कारोबार भएको छ। आज कुनै पनि कम्पनीको मूल्य दस प्रतिशत बढेको छैन। सबभन्दा धेरै मूल्य बढ्ने कम्पनी नै साहस ऊर्जा हो जसको भाउ ९.९९ प्रतिशतले बढेको छ।
हेर्नुहोस् आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः
साहस ऊर्जाः ९.९९ प्रतिशत
गुडविल फाइनान्सः ९.१६ प्रतिशत
नेपाल रिइन्सुरेन्स कम्पनीः ८.६८ प्रतिशत
कालिका पावरः ८.२८ प्रतिशत
रिडी हाइड्रोपावरः ८.२५ प्रतिशत
आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः
बिशाल बजार कम्पनीः -२.९५ प्रतिशत
नेपाल बंगलादेश बैंकः -२.७५ प्रतिशत
एएमडिसी लघुवित्तः -२.६६ प्रतिशत
सामुदायिक लघुवित्तः -२.४२ प्रतिशत
इन्फिनिटी लघुवित्तः -२.१३ प्रतिशत
प्रतिक्रिया लेख्नुहोस्:-