इसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ। यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुबाट इसेवामनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउन सक्नेछन्।
अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जमार्फत इवामनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सकिने बताइएको छ।
यसैगरी, अलदार एक्सचेन्जमार्फत् पठाएको रकम, इसेवामनी ट्रान्सफरको देशभर रहेका ८ हजार बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ। साथै, अलदार एक्सचेन्जबाट पनि चाडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुनेछ।
उक्त सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भने, ‘इसेवामनी ट्रान्सफर र अलदार एक्सचेन्जबीचकोसम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ।’
प्रतिक्रिया लेख्नुहोस्:-