काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने बताएका छन् । मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमनपछि मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृतिको व्यवस्था हेटौंडाकै कार्यालयबाट गर्ने व्यवस्था मिलाइने बताए ।
उनले हाल जनकपुर, पोखरा, धनगढी, बुटवललगायतका स्थानबाट श्रम स्वीकृति दिइँदै आएकोमा हेटौंडाबाट पनि उक्त सेवा शुरू गर्ने बताएका हुन् । श्रम कार्यालय, हेटौंडाको समस्या बारे जानकारी लिएपछि मन्त्री श्रेष्ठले प्रदेशको राजधानीमा आवश्यकता अनुसार पूर्वाधार र कर्मचारीको व्यवस्थापन गरिने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-