काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
पोखरेलले वैदेशिक रोजगारको श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फारम भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेम प्रसाद काफ्लेमार्फत घुस २१ हजार माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा पोखरेल र बिचौलिया काफ्लेलाई पक्राउ गरेकोे अख्तियारले बताएको छ ।
उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नं. १३, सोल्टिमोड स्थित रेडक्रस मार्गको सडक किनाराबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-