बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लेबनानको लोभ देखाएर सिरिया

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १९, २०७८ ०९;११ बिहान प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं – छोरीलाई बोकेर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि शान्तकुमार (नाम परिवर्तन)ले पीरको पोको बिसाउनुभयो ।
सिरियाबाट फर्किएकी छोरी लिन सिन्धुपाल्चोकबाट शुक्रबार त्रिभुवन विमानस्थल पुगेका शान्तकुमारसँग विगतको पछुतो मात्रै छ । गरिबीले छोरी विदेश पठाउनु पर्दाको पछुतो । ‘छोरी दलालकै कुरा सुनेर विदेश जाने भनिन्, त्यो बेलामा नजाउ भन्न सकिनँ, ४५ हजार रुपैयाँ त मैले नै ऋण खोजिदिएको हुँ,’ शान्तकुमारले सम्झनुभयो ।

शान्तकुमारकी जेठी छोरी हुन्, मनमाया (नाम परिवर्तन) । घरमा आन्दानीको स्रोत केही थिएन । तीन भाइ र दुई बहिनीलाई पढाउनुपर्छ, बढाउनुपर्छ भन्ने मनमायाको सोंचमा मलजल गरे पल्लो गाउँका चिनजानकै दलालले ।

छोरीले कुरामा सन्तकुमार पनि सहमत हुनुभयो । त्योबेला उहाँले छोरीलाई विदेश जान दिनुको कारण एउटै थियो, दलालले घरेलु काममा लेबनान पठाउने भनेका थिए ।

विदेश पुगेको केही दिनसम्म त छोरीको खबर थाहा भैरहन्थ्यो । त्यसपछि छोरीको सञ्चोबिसञ्चोको खबर पनि आउन छाड्यो । अनि शान्तकुमारको काँधमा कमाउन गएकी छोरी खोज्ने जिम्मेवारी थपियो ।

लेबनानको लोभ देखाएर सिरिया
२०७१ जेठमा मनमाया दलालले भनेजस्तै घरेलु काम गर्ने सपना बोकेर लेवनान उड्नुभयो । लेवनान त पुग्नुभयो, तर एक हप्ताभन्दा त्यहाँ बस्न पाउनुभएन । लेवनानको एक हप्ते बसाईपछि मनमाया सिरिया पुग्नुभयो । ‘कसरी पुगेँ भन्ने केही थाहा छैन, त्यहाँ एउटा घरमा सबै काम गर्न पथ्र्यो,’ मनमाया सुनाउनुहुन्छ । घर बाहिर कस्तो थियो मनमायाले देख्नुभएन ।‘घरको काम बिहानदेखि राती साहु नसुत्दासम्म गर्नु पथ्र्यो, बाहिरबाट के के पड्किएको आवाज त सुनिन्थ्यो,’ मनमाया सम्झनुहुन्छ, ‘साहुले कतै ननिस्कनु, घर नजिकै एअरपोर्टमा युद्ध भयो, बम पड्कियो भनेका थिए ।’

बाहिर पड्किएको बमको आवाजले मनमयालाई घर सम्झाइरहन्थ्यो । घर छाडेर एकैपटक युद्धभूमिमा के मन मान्थ्यो र । मनमायाले साहुलाई घर फर्काइदिन अनुरोध गर्नुभयो ।

तर साथमा न पासपोर्ट, न त घरको नम्बर नै थियो । ‘पासपोर्ट र नम्बर त कहाँ हरायो पत्तै भएन, पासपोर्ट नभएपछि कसरी घर आउनु,’ मनमाया भन्नुहुन्छ । घरभित्र छिरेदेखि उहाँको सिरिया कस्तो थियो भनेर देख्न पाउनुभएन ।

‘एकदिन साहुले गाडीमा राखेर बाहिर ल्याए, कहाँ लगे भन्ने कुरा पनि थाहा थिएन, एकैपटक काठमाडौं पो आइपुगिएछ,’ अचम्म मान्दै मनमाया सुनाउनुहुन्छ, ‘यहाँ झरेपछि पो थाहा पाएँ , नेपाल रहेछ भनेर ।’

यसरी भयो उद्धार
मनमायाले विदेश पुगेपछि चार, पाँच पटक फोन गर्नुभयो । तर त्यसपछि घरमा कुनै खबर आएन । छोरीको खबर नआएपछि सिन्धुपाल्चोकमा बुवा शान्तकुमारको बेचैनी बढ्यो । ‘प्रत्येक दिन वडा कार्यलय पुगें छोरी हराइ भनेर तर कसैले सुनेनन्,’ शान्तकुमार गुनासो गर्नुहुन्छ ।

छोरीको खोजीमा चार वर्ष भौंतारिएपछि उहाँ तीन महिनाअघि काठमाडौं बानेश्वरमा रहेको सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेश्नल रिलेसन्स (सीएमआइआर)को कार्यालय पुग्नुभयो । शान्तकुमारसँग मनमायाको नागरिकता, पासपोर्ट र विदेश पुगेपछि फोन गरेको नम्बर थियो ।

वैधानिक रुपमै २०७१ सालमा रोजगारीका लागि लेबनान गएको टुङ्गो भयो । मनमायाले फोन गरेको नम्बर दुईवटा लेबनानको र तीनवटा सिरियाको थियो ।

सीएमआइआरको निरन्तर प्रयासमा १५ दिनपछि सिरियाको नम्बरमा फोन उठ्यो । फोन उठाउने व्यक्ति सिरियामा महिलालाई घरेलु काममा पठाउने काम गर्ने कर्मचारी थिए । तिनै कर्मचारीले मनमायलाई नेपाल फर्काउन सहयोग त गर्ने भए, तर साथमा पासपोर्ट नभएकाले समस्या भयो । इजिप्टमा रहेको नेपाली दूतावासले मनमायालाई यात्रा अनुमती पत्र बनाएर सिरिया पठाउन सहयोग गर्‍यो । ट्राभल डकुमेन्ट उपलब्ध भएपछि मनमाया गएको शुक्रबार नेपाल फर्किनुभयो ।

झण्डै पाँच वर्ष विदेशमा बसेकी मनमायासँग साहुले हिँड्ने बेलामा दिएको १७ सय सिरियाली पाउण्ड (नेपाली करिब तीनसय ५० रुपैयाँ), प्लाष्टिकको थैलीमा झुण्ड्याएर ल्याएको ट्राभल डकुमेण्ट, बोर्डिङ पास, संघर्षको पाँच वर्ष र परिवारसँगको विछोडका वेदना बाहेक अरु केही छैन ।नेपाली महिलाहरु विभिन्न देशको बाटो हँुदै नेपाल सरकारले रोक लगाएको देशहरु जस्तै इराक, सिरिया तथा विभिन्न युद्धग्रस्त देशहरुमा पुगेको घटना यो नौलो हैन । अहिले नेपाल सरकारले विदेशमा घरेलु कामदारका रुपमा जान रोक लगाएको छ । तर भारतको बाटो हुँदै विभिन्न देशमा घरेलु कामरको रुपमा जाने क्रम भने रोकिएको छैन ।केही महिनाअघि मात्र भारत हुँदै विभिन्न देशमा पठाउनको लागि दिल्ली पुर्‍याइएका ५० भन्दा धेरै नेपाली महिलाहरुलाई दिल्ली महिला आयोगले नेपाल फर्काएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!