काठमाडौं : तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेप्से दोहोरो अंकले घटेको छ। यसदिन नेप्से परिसूचक १९.२० अंकले घटेर २८ सय २९.६४ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि प्रभावित भएको छ। सेन्सेटिभ इण्डेक्स पनि २ अंकभन्दा बढीले ओरालो लागेको छ।
२३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर ४ अर्ब ४२ करोड ७ लाख बराबर मूल्यमा खरिद बिक्री भयो। कारोबारमा आएका १३ समूहमध्ये ३ समूहको मात्र परिसूचक बढेको छ। वित्तको ०.७८, सामूहिक लगानी कोषको ०.५१ र लगानीको ०.६७ प्रतिशतले परिसूचक बढेको हो।
यसदिन विकास बैंकको सर्वाधिक १.२४ प्रतिशतले परिसूचक घटेको छ। पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा महालक्ष्मी बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५२ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर किनबेच भयो।
प्रतिक्रिया लेख्नुहोस्:-