मलेशिया स्वास्थ्य मन्त्रालय (MOH) ले डेल्टा AY 4.2 सब भेरियंट बाट संक्रमित कोविद १९ को पहिलो दुई घटनाहरू पत्ता लगाएको छ।
स्वास्थ्य महानिर्देशक, तान श्री डा नूर हिशाम अब्दुल्लाले भने कि सब भेरियंट युनाइटेड किंगडम (युके) बाट भर्खरै फर्केका मलेशियन विद्यार्थीहरू मा केसहरू फेला परेको थियो।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) को अन्तर्राष्ट्रिय गेटवे (PMA) मा दुई केस आइपुगेको र उनीहरुको आरटी-पीसीआर स्मीयर परीक्षण गर्दा AY 4.2 सबभेरियनबाट संक्रमित भएको उनले बताए।
विलियम हानागे, हार्वर्ड विश्वविद्यालयका महामारी विशेषज्ञले भन्छन् यो AY.4.2 नया भेरियंट डेल्टाको मूल संस्करण भन्दा 10% बढी ट्रान्समिसिबल हुन सक्छ।
प्रतिक्रिया लेख्नुहोस्:-