बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मंसिर २ गतेदेखि इ–पासपोर्ट जारी गरिँदै, के छन् विशेषता?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २५, २०७८ १३;४१ मध्यान्ह प्रकाशित
अर्को महिनादेखि ई–पासपोर्ट जारी हुने, यस्तो छ विशेषता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

राहदानी विभागले आगामी मंसिर २ गतेदेखि विद्युतीय राहदानी (इलेक्ट्रिक पासपोर्ट) जारी गर्ने तयारी गरेको छ। हाल विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको छ।

विभागका निर्देशक शरदराज आरनकाअनुसार मंसिर १ गते परीक्षणपछि पहिलो चरणमा सीमित संख्यामा इ–पासपोर्ट जारी गरिनेछ। मंसिर १५ गतेदेखि भने पूर्ण रूपमा इ–पासपोर्ट जारी हुनेछ। त्यसका लागि विभागले सक्दो काम गरिरहेको उनले बताए। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनमा त्यसका लागि काम भइरहेको पनि उनले जानकारी दिए।

विभागका अनुसार अब जारी गरिने पोलिकार्बोनेटसहितको इ–पासपोर्ट हो। यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ। चिपमा औंठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरण राखिन्छन्। ती विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न नसक्ने हुने भएकाले पनि इ–पासपोर्ट निकै विश्वासिलो हुने निर्देशक शरदराज बताउँछन्।

‘इ–पासपोर्ट विश्वमा सबभन्दा सुरक्षित र भरपर्दो हुने भयो। त्यसले विश्वका जुनसुकै मुलुकमा अब यात्रा गर्दा सहज हुन्छ,’ उनले सेतोपाटीसँग भने। विद्युतीय गेटहरूमा पनि आफैं स्क्यान गरेर जान सकिने तथा तस्बिरहरू नमिलेर दुःख पाउनुपर्ने अवस्था त्यसमा नहुने भएकाले पनि सहज हुने विभागको विश्वास छ।

यसलाई बायोमेट्रिक पासपोर्ट पनि भनिन्छ। अब जारी हुने राहदानीहरू कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण अन्तर्गत ३४ र ६६ पृष्ठको, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुनेछन्। सिम्यान्स अभिलेख किताब जारी गर्न भने केही बढी समय लाग्ने विभागले बताएको छ। साधारणका लागि जारी हुने इ–पासपोर्टको रङ चकलेटी खैरो हुने विभागको भनाइ छ।

विभागले इ– पासपोर्ट जारी गर्ने तयारी गरिरहँदा अत्यावश्यक बाहेक एमआरपी नलिन आग्रह गरिरहेको छ। तर पनि पछिल्लो समय एमआरपी लिनेको निकै भिड बढेको छ।

विभागका अनुसार गत असोजदेखि अत्यधिक भिड बढेको हो। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) भर्नेहरूका कारण एमआरपी लिनेको भिड बढेको विभागको भनाइ छ। अमेरिकी सरकारले डिभी भर्न पासपोर्ट अनिवार्य गरेको छ। सन् २०२३ को डिभी खुला भएयता क्षमताभन्दा बढी भिड भएको विभागले जनाएको छ।

कतिपय सेवाग्राही विदेश जान आवश्यक नपरे पनि राहदानीको बहाल अवधि सकिन लागेको भन्दै नवीकरण गर्न पुग्ने पनि पाइएको छ। सवारी चालक अनुमतिपत्र जसरी बहाल अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने विभागले बताएको छ। त्यस्तै म्याद सकिए पनि कुनै थप दस्तुर नलाग्ने उल्लेख छ।

त्यसो हुँदा अत्यावश्यकबाहेक बनाएर घरमा राख्न मात्र हालको मेसिन रिडेबल राहदानी नबनाउन विभागले अनुरोध गरेको छ। विभागको तथ्यांक हेर्दा सन् २०२० मा नेपालबाट र बाहिर रहेका नियोगबाट दुई लाख ४३ हजार ३ सय १४ मात्र राहदानी जारी गरेको देखिन्छ।

नेपालले सन् २०१० डिसेम्बर २६ देखि एमआरपी प्रयोगमा ल्याएको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) ले सन् २०१५ नोभेम्बर २४ पछि हस्तलिखित राहदानीको सट्टा एमआरपी प्रयोगमा ल्याउनुपर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि नेपालमा एमआरपी प्रयोगमा आउन थालेको हो। हालसम्म ७० लाखभन्दा बढी एमआरपी वितरण भइसकेको छ।

विभागले इ–पासपोर्ट छपाइका लागि पहिलोपटक २०७६ भदौ १० मा ग्लोबल टेन्डर आह्वान गरेको थियो। बोलपत्र बुझाउने अन्तिम दिनसम्म विभिन्न देशका १५ कम्पनीले टेन्डर हालेका थिए।

तर, सरकारले आफ्नै सेक्युरिटी प्रेस स्थापना गर्न लागेको र सोही प्रेसबाट छाप्ने बताउँदै विभागलाई टेन्डर रद्द गर्न निर्देशन दियो। रद्द भयो पनि। तर विवादित खरिद प्रक्रिया र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ‘बार्गेनिङ गरिरहेको अडिओ’ सार्वजनिक भएसँगै सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोकिएको थियो।

२०७६ फागुनमा फेरि टेन्डर खोलियो। तीन वर्षमा बीस लाख इ–पासपोर्ट छाप्न खोलिएको टेन्डरमा चार कम्पनीले आवेदन दिएका थिए। सहभागी कम्पनीको कागजात अपूरो भएको, प्रक्रियामा कमजोरी भएको भन्दै पुनः रद्द गरिएको थियो। असोज ८ गते पुनः २१ दिने सूचना जारी गर्दै ग्लोबल टेन्डर आह्वान भयो।

तेस्रोपटकको प्रयासपछि विभागले २०७७ कात्तिकमा फ्रान्सेली कम्पनीलाई बीस लाख इ–पासपोर्ट छपाइएको ठेक्का दिएको थियो।

विभागले आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनी फ्रान्सलाई दुई करोड ११ लाख अमेरिकी डलर (दुई अर्ब ४८ करोड नेपाली रूपैयाँ) बराबरमा इ–पासपोर्ट छपाइको ठेक्का दिएको थियो। सम्झौताअनुसार दस महिनाभित्र इ–पासपोर्ट वितरणको सबै काम सकाउनुपर्ने उल्लेख छ। हाल विश्वमा एक सयभन्दा बढी मुलुकले इ–पासपोर्ट जारी गर्दै आएका छन् । यो समाचार सेतोपाटि मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!