बैदेशिक पोष्ट
२०८२ फाल्गुन २१, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जग्गा किन्न कर्मचारी सञ्चय कोषबाट ५० लाख सापटी कसले पाउँछन्?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
मंसिर ५, २०७८ १७;५४ मध्यान्ह प्रकाशित
जग्गा किन्न कर्मचारी सञ्चय कोषबाट ५० लाख सापटी कसले पाउँछन्?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूलाई जग्गा किन्नका लागि सापटी दिने भएको छ। ‘सञ्चयकर्ता सापटी कार्यविधि-२०७८’ स्वीकृत भएसँगै जग्गा किन्न सञ्चयकर्ताले ५० लाख रूपैयाँसम्म सापटी पाउने कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए।

कोषले यसअघि सञ्चयकर्तालाई घर किन्न र बनाउन पनि सापटी दिँदै आएको थियो। अब जग्गा किन्न ५० लाख रूपैयाँ ऋण दिने भएको हो। तर यो सापटी यसै पाइँदैन। प्रवक्ता सुवेदीका अनुसार यो ऋण पाउन केही सर्त लागू हुने छन्।

कस्ता सञ्चयकर्ताले पाउँछन् कोषबाट पचास लाखसम्म सापटी?
सापटीका लागि कोषमा एक वर्ष वा सोभन्दा बढी समय नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ता हुनुपर्नेछ। त्यस्तै उमेर वा पदावधिको आधारमा दुई वर्ष सेवाअवधि बाँकी भएका सञ्चयकर्तालाई जग्गा किन्न यो सापटी प्रदान गर्न सकिने प्रवक्ता सुवेदी बताउँछन्।

यो सापटीको अधिकतम सीमा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरू तलबमान र सेवा अवधिका आधारमा दस वर्षको तलब वा अधिकतम पचास (५०) लाख रूपैयाँ हुनेछ।

तर धितो रहने जग्गाको मूल्यांकनबाट कायम भएको मूल्यभन्दा बढी ऋण रकम तथा जग्गा खरिद/बिक्री गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यभन्दा बढी ऋण प्रदान गरिने छैन।

सञ्चयकर्ताको बाँकी नोकरी अवधिमा नबढ्ने गरी सापटी चुक्ता गर्ने अवधि अधिकतम दस वर्षको हुनेछ। यो सापटीमा ग्रेस अवधि कायम हुने छैन। सापटीको ब्याजदर ७.९ प्रतिशत कायम गरिएको छ।

पहिले घर सापटी, घरमर्मत सापटी र सरल चक्रकर्जा लिएका सञ्चयकर्ताले त्यस किसिमका सापटी चुक्ता नगरेसम्म यो जग्गा खरिद सापटी पाउने छैनन्।
तर, शैक्षिक सापटी लिएका सञ्चयकर्ताले कर्जा नियमित गरेको अवस्थामा भने यो सापटी पाउने कोषले जानकारी दिएको छ।

सञ्चयकर्ताले लिएको जग्गा खरिद सापटी चुक्ता गरेमा पुनः दुईपटक जग्गा खरिद सापटी दिन सकिने कोषका प्रवक्ता सुवेदी बताउँछन्। यो सापटी पाउन न्यूनतम चार मिटरको बाटो भएको जग्गा हुनु पर्नेछ।

‘जग्गाको क्षेत्रफल काठमाडौं उपत्यकामा कम्तीमा तीन आना र उपत्यका बाहिर कम्तीमा आठ धुर वा पाँच आना हुनुपर्छ,’ प्रवक्ता सुवेदीले सेतोपाटीसँग भने।

जग्गा खरिद कर्जाका लागि पेश गरिने जग्गाको साँध-सीमाना छुट्टिने गरी जमिनबाट कम्तीमा एक फिट उचाइ र कम्तीमा नौ इन्च मोटाइको पक्की पर्खालले सीमांकन भएको हुनु पर्ने कोषको सर्त छ।

त्यस्तै धितो राखिने जग्गा कित्ताकाट गर्नपर्ने भए सञ्चयकर्ताका श्रीमान, श्रीमती वा दुवैको संयुक्त नाममा जग्गा धनिपूर्जा प्राप्त भएको एक महिनाभित्र कोषमा सम्पूर्ण कागजात पेश गर्नुपर्नेछ।

जग्गा खरिद सापटीमा आफूले किन्ने जग्गाको स्वामित्व तोकिएको अवधि पूरा भएको हुनुपर्नेछ। सञ्चयकर्ताले सापटी माग गर्दा कोषले तोकिएका कागजात अनिवार्य पेश गर्नुपर्नेछ। यो कर्जाका लागि सञ्चयकर्ता कर्जा विभाग, लगनखेल र कोषका सबै शाखा कार्यालयमा सम्पर्क गरी आवेदन गर्न सकिने छ।

कोषले कम्तीमा एक वर्षसम्म नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ता र उमेर वा पदावधिका आधारमा दुई वर्ष सेवा अवधि बाँकी भएका सञ्चयकर्तालाई विभिन्न पाँच किसिमका सापटी प्रदान गर्दै आएको छ। जसमा सञ्चयकर्ता घर सापटी, सञ्चयकर्ता घरमर्मत सापटी, सञ्चयकर्ता शैक्षिक सापटी, सञ्चयकर्ता सरल चक्रकर्जा र सञ्चयकर्ता जग्गा खरिद सापटी छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!