बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रममन्त्रीको एक्सन : सफलता कि विफलता ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर ९, २०७८ ०९;३१ बिहान प्रकाशित
श्रममन्त्रीको एक्सन : सफलता कि विफलता ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) बुधबार बिहानै सिनामंगलस्थित होटेल बाल्टिक इन पुगे । ईपीएस पास गरी रोजगारीका लागि दक्षिणा कोरिया जाने तयारीमा रहेका कामदारलाई कोरिया रोजगार संघर्ष समितिको अध्यक्ष बताउने अजय सोडारीले कम्तीमा हप्ता दिन क्वारेन्टिन अनिवार्य बस्नुपर्छ भनी दुई–तीन दिन होटलमा बसेका युवालाई समेत ७ दिनको बसे बराबरको रकम असुली गरेका थिए ।

मंगलबार साँझ खबर पाएका मन्त्री श्रेष्ठ सुरक्षाकर्मी, वैदेशिक रोजगार विभागका अधिकारीसहित बुधबार बिहानै अनुगमनका लागि उक्त होटल गएका थिए । मन्त्री श्रेष्ठको निजी सचिवालयले मंगलबार साँझ कोरिया जान लागेका शंकर नेपालमार्फत युवाहरुलाई होटलमा बन्धकझैँ बनाएर राखेको र युवाहरुबाट रकम असुलेको सूचना पाएको थियो । होटलमा पीडितको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले बन्धक बनाउने शैलीमा राख्ने र रकम असुल्न खोज्ने कार्यमा संलग्न एजेन्टसहित सबैलाई कारबाही गर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठले बन्धक बनाएर फिरौती असुली गर्न खोज्ने भन्दै तत्काल रकम फिर्ता गरिदिन भन्दै सोडारीलाई थर्काए । मन्त्रीले भने, ‘इमान्दारपूर्वक क–कस्को कति रकम लिएको छ, सबै फिर्ता गरिदिनु । कोरिया उड्ने दिन एयरपोर्टमा पीडितले कम्प्लेन गरेको खण्डमा सिधै थुनामा जानुपर्ने छ, क्लियर हुनुस् ।’

साथमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवाहरुसँग उनीहरूले खेप्नुपरेको अनावश्यक तनाव र हैरानीप्रति माफी मागे । मन्त्री श्रेष्ठले भने, ‘भाइहरूले अहिलेसम्म जति तनाव लिनुभयो त्यसका लागि मन्त्रीको हैसियतले क्षमाप्रार्थी छु, आगामी दिनमा यस्तो नचाहिँदो तनाव झेल्नुपर्ने छैन ।’

तनहुँ निर्वाचन श्रेत्र नं १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठ मन्त्री भएदेखि नै अत्यन्तै सक्रिय देखिएका छन् । मन्त्री भएको डेढ महिनाको अवधिमा उनले मन्त्रालय मातहतका धेरै कार्यालयको छड्के निरीक्षणसमेत गरिसकेका छन् । निरीक्षणमा गएका सबै कार्यालयमा सेवाग्राहीको गुनासो सुनेपछि उनले तत्काल सुधारको आश्वासन दिने गरेका छन् ।

वैदेशिक रोजगार कार्यालय ताहाचलमा आश्वासन अनुसार सुधारको काम शुरू भएको दाबी मन्त्री श्रेष्ठको निजी सचिवालयले गरेको छ । मन्त्रीले चासो दिँदा ठगीबाट कसरी बचिने रहेछ भनी बुधबार कोरिया जाने तयारीमा रहेका युवाले पनि सुखद अनुभुति गरे । सुशासनको अभाव रहेको मुलुकमा मन्त्री नै उपस्थित भई असुविधाप्रति क्षमायाचना गर्नु विरलै देखिने घटनाको रूपमा धेरैले सामाजिक सञ्जालमा टिप्पणी गरेको र मन्त्री श्रेष्ठको कार्यशैलीको खुलेर प्रशंसासमेत गरेका छन् ।

सँगसँगै कतिपयको टिप्पणी भने केही फरक देखिएको छ । उनीहरूले सुझाव दिँदै भनेका छन्, ‘राजधानी लगायत देशैभरी ठगीका यस्ता घटना अनगिन्ती छन् । त्यसका लागि मन्त्री एक्लै कुदेर हुँदैन । राजस्व अनुसन्धान विभाग जस्तो कर्मचारी र प्रहरीसहितको बलियो र इमानदार टिम चाहिन्छ । स्थायीरूपमा परिणाम देखाउन मन्त्री आफू एक्लै कुद्नु भन्दा बलियो संरचनामा ध्यान दिन जरुरी छ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!