बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ग्रिसमा सडक दुर्घटनामा परेका नेपालीहरु सकुशल

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १०, २०७८ १२;३६ मध्यान्ह प्रकाशित
ग्रिसमा सडक दुर्घटनामा परेका नेपालीहरु सकुशल

टर्कीका दुर्घटनामा परेका लोकराज आचार्य (दाँया) र मनु लामा ।

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बार्सिलोना । भीमेश्वर नगरपालिका-९ दोलखा घर बताउने ३३ बर्षीय मनु लामा र गौरीगंगा नगरपालिका -४ राजीपुर कैलालीका ३० बर्षीय लोकराज आचार्य अहिले ग्रिसको एथेन्स सहर पुगेका छन् । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा शुक्रबार भएको सवारी दुर्घटनामा यी दुवै घाइते भएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएका यी दुई जनालाई लिन एथेन्स बस्दै आएका कैलालीका जीवलाल कंडेल सोलोनिकी पुगेका थिए । ‘कतिपय नेपाली मिडियामा उहाँहरुको नामसहित अन्य केही नेपालीहरुको मरेको खबर आयो । घर परिवारबाट बारम्बार फोन आइरहन्थ्यो । केही दिन तनावमा भयौं । उहाँहरु सकुशल हुनुहुन्छ’ कँडेलले भने ।

मनु र लोकराजका अनुसार सोही गाडीमा शर्मिला तामाङ, ओमबहादुर थापा मगर, राजु लामा र लक्ष्मण सापकोटाले पनि यात्रा गरेका थिए । उनीहरुको स्थायी ठेगाना भने खुल्न सकेको छैन ।

१३ बर्षदेखि ग्रिसमा बस्दै आएका होटल ब्यवसायी सन्तोष आचार्यका अनुसार अन्य ४ जना नेपाली पनि अस्पतालबाट डिस्चार्ज भएका छन्। ‘घाइतेमध्ये दुईजना कोमोतिनीमा र अर्का दुई जनाको छान्ति जनरल अस्पतालमा उपाचार भएको रहेछ । बुधबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ’ उनले भने ।

अस्पतालसँग सम्पर्क गर्दा उनीहरु डिस्चार्ज भएको खबर पाएपनि घाइतेहरुसँग आफ्नो अहिलेसम्म प्रत्यक्ष संवाद भने नभएको उनले बताए । ‘हिजो अस्पतालबाट डिस्चार्ज भएपछि पुलिसले क्याम्पमा छोडेको हुनुपर्छ । अब मात्रै उहाँहरु घर परिवार र अन्य नेपालीहरुसँग सम्पर्कमा आउनुहुनेछ । अस्पतालसँगको सम्पर्कको आधारमा नै उहाँहरु सकुशल हुनुहुन्छ’ आचार्यले भने ।

एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङले दुर्घटनामा घाइते भएका सबै नेपालीहरु सकुशल रहेको जानकारी प्राप्त भएको बताए । ‘हामी अहिले टर्कीमा छौं । सम्पर्क र जानकारी लिने माध्यम नै ग्रिसमा रहेका नेपालीहरुसँग छ । उहाँहरुका अनुसार घाइते ६ जना नै अस्पतालबाट डिस्चार्ज भएको खबर पाएका छौं’ उनले भने ।

घाइते भन्छन् : भाग्यले बाँच्यौं
अनलाइनखबरको सम्पर्कमा आएका मनु लामा र लोकराज आचार्यले आफूहरु भाग्यले बाँचेको बताएका छन् । ‘टर्कीबाट १३ दिन जंगलको बाटो हिँडेर १४ दिनको दिनमा हामीले गाडी चढेको हो । त्यसको केही मिनेटमा नै दुर्घटनामा पर्‍यौं’ लामाले अनलाइनखबरसँग भने ।

‘लक्ष्मण, राजु, लोकराज, म र एकजना अफगानी गरी हामी पाँच जना गाडीको डिक्कीमा थियौं । शर्मिला, ओम अन्य पाकिस्तानी अफगानी र ड्राइभरसहित १० जना अगाडि थिए’ उनले घटना स्मरण गर्दै भने, ‘गाडी हिँडेको आधा घण्टामा दुर्घटना भएको हो । लौ पुलिसले गाडी पछ्यायो भन्दै पाकिस्तानी बोलेको मैले डिक्कीमा सुनेको थिएँ । त्यसपछि गाडी झनै स्पिडमा गुड्यो । कन्ट्रोल भएन । एक्कासी ठोक्किएको आवाज आयो ।’

घटनापछि आफू बेहोस भएको उनले सुनाए । ‘अस्पताल पुगेको भोलिपल्ट मात्रै मेरो होश आएको हो । शरीर एकदमै दुख्यो । कानमा अलि चोट लागेको हो । तर अहिले सबै सामान्य नै छ’ लामाले भने।

अर्का घाइते आचार्यको भने देब्रे हात भाँच्चिएको छ । ‘हामी ड्राइभरपट्टीकै साइडमा थियौं । त्यही साइडमा ठोक्किएको चर्को आवाज आयो । त्यसपछि मलाई केहि थाहा छैन । म बेहोस भएछु’ उनले सुनाए । हातमा अहिले केही दुखाई भएपनि अरु अवस्था सामान्य नै रहेको आचार्य बताउँछन् । उनीहरुका अनुसार गाडी पल्टिएको नभई प्रहरीको अवरोधबाट बच्न खोज्दा नियन्त्रण गुमाएर ठोक्किएको मात्रै हो ।

‘गाडी त्यति ठूलो आकारको होइन । यहाँका पहेलो ट्याक्सी जत्रै आकारको तर कालो रंगको गाडी थियो’ उनले भने । ओभरलोड त्यसमाथि तीब्र गतिमा गाडी गुडेको हुँदा दुर्घटनामा परेको आंशका गरिएको छ ।

नेपाली एजेन्टहरु को – को थिए ?
टर्कीमा रहेका नेपाली एजेन्टहरु अनिता गुरुङ र सुरज लामिछाने नै आफूलाई ग्रिस पठाएको उनीहरु बताउँछन् । ‘उहाँ दिदीभाइ भन्नुहुन्थ्यो । उहाँहरुकै रुमबाट हामी सबै ६ जना नै निस्किएको हो’ लामाले भने ।

एक दुई घण्टा मात्रै हिँड्नुपर्छ त्यसपछि त ट्याक्सीमा नै जाने हो भनेर उहाँहरुले भनेकाले बिना तयारी नै निस्किएको उनले सुनाए । ‘हामी त गाडीमा नै जाने होला भनेर न त खाना बोकेका थियौं। न न्यायो लत्ताकपडा नै । बिना तयारी निस्कियौं । १३ दिन जंगलको बाटो हिँड्यौं । १४ दिनमा दुर्घटनामा पर्‍यौं’ भाइटीकाको राति टर्कीबाट ग्रिस जाने भन्दै निस्किएको उनी बताउँछन् ।

उनीहरु नेपालदेखि टर्की आएको तीन महिना मात्रै भएको छ । टर्कीमा बस्ने उनीहरुको लक्ष्य नरहेकाले अबैध रुपमा टर्कीदेखि युरोप छिर्न भन्दै हिँडेका थिए ।

नेपालदेखि टर्की आउँदा धरान घर बताउने सुरज लिम्बुलाई ४ लाख रुपैयाँ बुझाएको बताउँछन् लोकराज । उनले श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएर नै टर्की आएका थिए । ‘कम्पनीमा हामी जाँदै गएनौं । त्यो हिसाबले यहाँ आएको पनि होइन । युरोप छिर्ने नै नेपालदेखि कै लक्ष्य हो’ उनले सुनाए ।

लोकराजले टर्कीदेखि ग्रिस प्रवेशका लागि छुट्टै ३ हजार युरो एजेन्टलाई टर्कीमा बुझाए । मनुको कुरा भने अर्कै छ । उनले आफन्त शम्भु लामालाई एकमुष्ट १० लाख रुपैयाँ नेपालमा नै बुझाएका हुन् । टर्कीमा उनले एजेन्टलाई पैसा बुझाउनु परेन । यी घटनाहरुले पनि टर्कीदेखि नेपालसम्म एजेण्टहरुको कनेक्सन नराम्रोसँग झाङ्गिएको संकेत गर्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!